छलफल गरेर मात्र परीक्षा तालिका निकाल्न त्रिविलाई आग्रह

काठमाडौं । अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
‘‘बन्दाबन्दीको बेला आआफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीको आफ्नो शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्युनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको प्रष्ट छ’’, उनले भनेका छन्, ‘‘लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीलाई यसले थप मानसिक तनाब दिएको छ । परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौँ ।’’
उनले विद्यार्थीको कोभिड–१९ को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गर्न माग गरेका छन् । यसैगरी आफ्नी श्रीमतीको वर्वरतापूर्ण ढङ्गले हत्या गरी जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालालाई बिना आधार आठ वर्ष छ महिनामै थुनामुक्त गर्ने आदेश दिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई विशेष अधिवेशन बोलाई संसद्मा महाअभियोगको प्रस्ताव अघि बढाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने
-
दुई तिहाइको सरकारको नालायकीका कारण निरङ्कुशतन्त्रे टाउको उठाउन खोज्यो : वर्षमान पुन