शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएकी युवतीको मृत्यु

शुक्रबार, ०९ साउन २०७७, १९ : १५
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमतको आशंका गरिएकी एक युवतीको मृत्यु भएको छ ।

बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिएका हुन् । 

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । 

ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो । 

आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ । 


पखाला र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या रहे छ, डाक्टर सिंहले भने, पीसीआर परीक्षणका लागि स्वाब गएपनि रिपोर्ट आईसकेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप