बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार छ : सञ्चारमन्त्री खतिवडा

शुक्रबार, ०९ साउन २०७७, १९ : १२
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् । चलचित्र विकास वोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताए ।

उनले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुंगोमा पुग्ने बताए । चलचित्र क्षेत्रलाई खुलाई गतिविधि अगाडि बढाउन सके चलचित्रकर्मीहरु र लगानीकर्ता सबैलाई उत्साहको वातावरण बन्न सक्ने उनले बताए ।

चलचित्र क्षेत्र अति प्रभावित क्षेत्र भएकाले लकडाउनका कारण परेको असरलाई न्यूनीकरण गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताए । उनले चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन नीतिगत रुपमा मिलाउने कामहरु भइसकेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप