शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा कोरोना महामारीः ९ जनाको मृत्यु, थप ३२ जना संक्रमित

शुक्रबार, ०९ साउन २०७७, १८ : ४३
शुक्रबार, ०९ साउन २०७७

जनकपुर । कोरोना महामारीका कारण प्रदेश नम्बर २ मा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्यामा पनि वृद्धि हुने क्रम जारी छ । पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । पर्सामा ३१ र बारामा १ गरी ३२ जनामा संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । संक्रमितमध्ये ४ हजार २२ पुरुष र ३ सय ३१ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । पर्सामा संक्रमण पुष्टी भएकाहरुमा श्रीपुरस्थित वडा प्रहरी कार्यालयमा रहेका २२ देखि ४७ वर्ष उमेर समूहका ५ जना भारतीय थुनुवा, नारायणी अस्पताल वीरगञ्जको क्वाटरमा रहेका २३ र ३५ वर्षीय २ जना पुरुष, पकहा मैनपुर वडानम्बर ३ सबैठुवाका २७ र ५० वर्षीय २ पुरुष, भौराटार वडा नम्बर ३ पर्साका ३३ वर्षीय १ पुरुष, छपकैया नम्बर २ वीरगञ्जका ३० र ३४ वर्षीय २ पुरुष, वीरगञ्जको मुरली वडा नम्बर १२ की ३८ वर्षीया १ महिला र ९ देखि १६ वर्ष उमेर समूहका ३ पुरुष, छिपहरमाई गाउँपालिका–३ का २३ वर्षीय युवक रहेका छन् ।  

त्यस्तै अन्य संक्रमितहरुमा वीरगञ्जकै वडा नम्बर ९ बस्ने २५ वर्षीय १ पुरुष, राष्ट्रिय वाणिज्य बैंकका ३३ वर्षीय प्रबन्धक, वीरगञ्ज महानगरपालिका–१० का १४ देखि ६० वर्ष उमेर समूहका ४ जना महिला र २२ र २९ वर्षीय २ पुरुष, वीरगञ्ज महानगरपालिका–१३ की ४८ वर्षीया १ महिला र ९ महिनाका एक बालक रहेका छन् । त्यस्तै ३० वर्षीय १ पुरुष तथा वीरगञ्ज महानगरपालिका १४, २० र २९ का २५ वर्षीया १ महिला र २३ र ३२ वर्षीय २ पुरुष रहेका छन् ।
त्यसैगरी बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ का १९ वर्षीय एक किशोरमा समेत कोरोना संक्रमित पुष्टि भएको छ ।

प्रदेशमा शुक्रबारसम्म सप्तरीमा ६ हजार ६ सय ७७, सिरहामा ३ हजार ७ सय ६६, धनुषामा ५ हजार २ सय ३४, महोत्तरीमा ३ हजार ७ सय ८५, सर्लाहीमा ६ हजार ३२, रौतहटमा १४ हजार ९ सय २४, बारामा ४ हजार ६ सय ५० र पर्सामा ८ हजार ३ सय १ जना गरि कुल ५३ हजार ३ सय ६९ जनाको स्वाब परीक्षण गरिएकोमा ४ हजार ३ सय ५३ जना संक्रमित भएका छन् भने ४६ हजार ९ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

त्यस्तै, सप्तरीमा ४ सय ६६, सिरहामा २ सय १९, धनुषामा १ सय ६०, महोत्तरीमा १ सय ६५, सर्लाहीमा १ सय ३३, रौतहटमा ४ सय ८८, बारामा २ सय ७ र पर्सामा २ सय ५८ जना गरि कुल २ हजार ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार सप्तरीमा ५ सय ३१, धनुषामा ३०, बारामा ६७ र पर्सामा १ सय ६५ जना गरि ७ सय ९३ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा २५, महोत्तरीमा २, बारामा ५० र पर्सामा २८ गरि जम्मा १ सय ५ जनाको आरडिटी परीक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

आरडिटीतर्फ अहिलेसम्म २६ हजार १ सय ८९ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ४२, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ४, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४५ र पर्सामा २४ जना गरि कुल १ हजार १ सय ७५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नम्बर २ को ८ वटै जिल्लाका विभिन्न ठाउँहरुमा निर्माण गरिएको २३ हजार ६ सय ७७ बेड क्षमताका ३ सय ७७ वटा क्वारेन्टाइनमा अहिले २ हजार ६ सय ४७ जनालाई राखिएको छ भने ६ हजार ४ सय ९२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका आठवटै जिल्लाका विभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार २ सय ३३ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ८९, सिरहामा २६, धनुषामा ७७, महोत्तरीमा १३, सर्लाहीमा ६४, रौतहटमा ७७, बारामा ५१ र पर्सामा ४९ जना गरि ४ सय ४६ जना बिरामीलाई भर्ना गरिएको छ ।

प्रदेश नम्बर २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय ५२, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय १९, सप्तरीमा ४ सय ९, पर्सामा २ सय ३७, सिरहामा २ सय ९ र बारामा १ सय ६६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा प्रदेशमा धनुषाका ८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ४ सय ८८, महोत्तरीका ३ सय ३७, सर्लाहीका ६ सय २१, रौतहटका ६ सय ७०, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरि २ हजार ८ सय ८८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै पर्सामा ३, बारामा २, रौतहटमा २, महोत्तरीमा १ र  सप्तरीमा १ जना गरि ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप