शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय दूतावासको सहयोगमा दक्षिणकाली नगरपालिकामा २४ कोठाको सुविधा सम्पन्न विद्यालय बन्ने

शुक्रबार, ०९ साउन २०७७, १५ : १८
शुक्रबार, ०९ साउन २०७७

भारतीय दूतावासको आर्थिक सहयोगमा दक्षिणकाली नगरपालिका वडा–१ बोसनमा रहेको श्री चम्पादेवी माध्यामिक विद्यालयको सुविधा सम्पन्न २४ कोठाको भवन निर्माण हुने भएको छ । १० करोड १३ लाख लागतमा डेढ वर्षमा सम्पन्न गरिसक्नु पर्ने उक्त भवन निर्माणको निर्माण सम्पन्नका लागि सबैजना जुट्नु पर्ने दक्षिणकाली नगरपालिकाको मेयर मोहन बस्नेतले बताए । 

त्यस्तै, विभिन्न समस्याको बाबजुत पनि यति ठूलो अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यो योजनालाई समयमानै एकजुट भइ सम्पन्न गर्नु हामी सबैको दायित्व रहेको दक्षिणकाली नगरपालिकाको उपमेयर बसन्ती डंगोल तामाङ्गले बताइन् । 

उक्त कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यालय इकाई शिक्षा प्रमुख अर्जुन रायमाझीले दक्षिणकाली नगरपालिकाको विद्यालय भवन निर्माणका लागि यो सबैभन्दा ठूलो रकम पहिलो पटक विनियोजीत भएको बताए । 

आफ्नो वडामा यति ठूलो सुविधा सम्पन्न विद्यालय भन निर्माण हुनेमा खुशी व्यक्त गर्दै पार्टी, स्वार्थ र समस्यालाई पर राख्दै सबै मिलेर यो गैरभमय अवसरलाई समयमानै सम्पन्न गर्न सबै लाग्नु पर्ने दक्षिणकाली नगरपालिका वडा नं १ को वडा अध्यक्ष जय थापा मगरले बताए । 

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवहरी थापाले यति ठूलो गौरवको योजनालाई सबैको सहकार्यमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप