शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको चुनाव स्थगनबारे उपाध्यक्ष ढकालको औपचारिक असन्तुष्टि : ‘स्याल पल्किँदा चिन्ता लाग्यो’

शुक्रबार, ०९ साउन २०७७, १४ : ५४
शुक्रबार, ०९ साउन २०७७

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएकोमा उपाध्यक्ष चन्द्रप्रसाद ढकालले औपचारिक रुपमै असन्तुष्टि जनाएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले महासंघको साधारणसभा स्थगित हुनुलाई ‘कुखुरा हराउनुभन्दा स्याल पल्किनु चिन्ताको विषय’ भन्दै कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारी बैठकबाट निर्वाचन सार्ने निर्णय हुनु उचित नभएको बताएका हुन् ।

उनले लकडाउनको अवस्था सहज हुँदा पनि स्वास्थ्य मापडण्ड पूरा गरेर तोकिएकै मितिमा निर्वाचन गरौँ भन्दा आफूमाथि अनर्गल प्रचार गरिएको भन्दै त्यो कार्य खेदपूर्ण रहेको बताए । ‘संस्थाको साख, गरिमा छ त्यसलाई बचाइ राख्नुपर्छ भन्ने मेरो भनाइ हो । साथीहरुको मनोबल पनि उच्च हुने थियो । चैतमा हुने अधिवेशन आहिलेसम्म हुन सकेन । पुरानो समितिले चासो नराख्ने र अब हुने नयाँ नेतृत्व साधारणसभा गर्न इच्छा नराख्ने. यसकारण लामो इतिहास बोकेको संस्था कतै धरासायी पो हुन्ने हो कि भन्ने मेरो चिन्ता हो,’ ढकालले भने, ‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन । विधानलाई सबैले मान्नुपर्छ, समस्या समाधानको हुन्छ । तर, १२ घण्टाको नोटिसमा हतारमा पदाधिकारी मिटिङ बसेर कार्यसमितिको अधिकार क्षेत्र मिचेर निर्णय भएको छ, जुन दुःखद छ ।’

उनले सहमतिबिना नै पधादिकारी बैठकबाट भएको निर्णयमा आफ्नो असहमति रहेको स्पष्ट पारे । निर्वाचनमा को आउन सक्छ÷सक्दैन भन्ने आधारमा नियोजित रुपमा साधारणसभाको मिति सार्ने काम भएको भन्दै उनले पदाधिकारी बैठकको निर्णयमा आफ्नो ‘नोट अफ डिसेन्ट’ भएपनि निर्णयलाई भने आफूले मानेर जाने बताए । 

ढकालले कार्यसमिति बैठक सामान्यतया १५ दिन र आकस्मिक अवस्थामा ७ दिनको सूचना दिएर बोलाउनुपर्ने व्यवस्था रहेपनि २४ घण्टाकै सूचनामा हठात बैठक बोलाएर निर्णय गर्नुले महासंघलाई दुर्घटनातर्फ उन्मुख गराउन सक्ने समेत बताए । 

उनले अध्यक्षको हैसियतमा चण्डिराज ढकाललाई कार्यसमितिमा राख्नुपर्छ भन्ने आफ्नो रायलाई कुल्चिने काम भएकोमा समेत गुनासो गरे । उनले ढिलोमा २ महिनाभन्दा साधारणसभा गर्नुहुन्न भन्ने नियमावलीको व्यवस्था स्मरण समेत गरे ।

सोही कार्याक्रममा महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले एक दिन भए पनि पदमा बसिरहुँ भन्ने मानसिकताका कारण नियोजित रुपमा साधारणसभा स्थगित गरिएको आरोप लगाए । महासंघको बिहीबारको पदाधिकारी बैठकले महासंघको ५४ औँ साधारणसभा स्थगित गर्दै सरकारले सभा समारोह गर्न खुला गरेपछि मात्रै नयाँ मिति घोषणा गर्ने जनाएको थियो । सो निर्णयसँगै महासंघको साधारणसभा र नयाँ नेतृत्व हस्तान्तरण प्रक्रिया अनिश्चित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप