शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाहको आश्वासन दिएर बलात्कार गरेको नायिकाको आरोप

शुक्रबार, ०९ साउन २०७७, १३ : २२
शुक्रबार, ०९ साउन २०७७

भारतको मुम्बईस्थित सान्ताक्रुज इलाकामा नायिकासँग विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा एक कन्ट्र्याक्टरविरुद्ध मुद्दा दर्ता गरिएको छ । मुम्बई प्रहरीको तर्फबाट सुदीप कुमार शाह नामका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

प्रहरीको दुई ऊजुरीमा नायिकाले उनी ओशिवारा इलाकामा बस्ने र उनले सुदीपलाई सन् २०१६ देखि नै चिनेको जानकारी लेखेकी छिन् । सुदीपले आफूलाई विवाहको आश्वासन दिएको र आफूहरु बीच शारीरिक सम्बन्ध पनि स्थापित भएको उनले बताइन् । तर पछि उनलाई सुदीप पहिले नै विवाहित भएको थाहा भएपछि नायिकाले बलात्कारको मुद्दा हालेकी हुन् ।

आरोपीले नायिकासँग घर खरिद गर्नका लागि पैसासमेत लिएको आरोपः

भारतीय मिडिया दैनिक भास्करसँगको कुराकानीमा नायिकाले सुदीपले एक अपपार्टमेन्ट खरिद गर्नका लागि आफूसँग पैसासमेत लिएको भन्ने जानकारी दिएको बताए ।

आरोपीविरुद्ध मुद्दा दर्ता भएपनि उनलाई पक्राउ भने गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप