आसाममा भीषण बाढी, ९३ जनाको मृत्यु
एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।
आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको छ । उनीहरु बाढीका कारण कोही बगेर र केहीको डुबेर ज्यान गएको हो । यहाँका २५ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।
उक्त विभागले दिएको जानकारीमा यहाँ ३०० भन्दा बढी चौपाया पनि मरेका छन् । सो विभागले गएको हप्ता दिन देखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ । यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।
उक्त विभागले यहाँका बढी मात्रामा प्रभावित भएका जिल्लाहरु कम्तीमा पनि २६ ओटा रहेका जनाएको छ । यहाँ वर्षा अझै रोकिएको छैन र खतरा पनि नटरेको सो विभागले जनाएको छ ।
यहाँ वर्षेनी बाढीले सयभन्दा बढी नागरिकको ज्यान लिने गरेको छ । गत वर्ष पनि यहाँ यस्तै भिषण वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म