एसिड आक्रमणमा परेकी युवती ब्याग कारखानाकै पूर्वकर्मचारी
काठमाडौं । ओखलढुंगा घर भएकी २२ वर्षीया युवतीमाथि सीतापाइलामा एसिड आक्रमण भयो । डल्लुस्थित ब्याग कारखानाका संचालक मोहम्मद आलमले कारखानाका कालिगढलाई प्रयोग गरेर एसिड आक्रमण गरेका हुन् ।
ओखलढुङ्गा घर भएकी युवती र आलमबीच त्यही ब्याग कारखानामा भेटघाट र चिनजान भएको थियो । युवतीका तीन दिदीबहिनी लामो सयम आलमको कारखानामा काम गर्थे । तीन वर्षअघि पीडित युवतीले पनि त्यही कारखानामा काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
‘पीडित युवती ब्याग कारखानाकी पूर्वकर्मचारी हुन् .’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकृतले भने, ‘आक्रमणका योजनाकार र पीडितको बीचमा पारिवारिक सम्बन्ध थियो ।’
पछिल्लो सयम युवती काठमाडौँको एक तारे होटलमा लेखापालको काम गर्थिन् । ब्याग कारखानाका पूर्व कर्मचारीसँग आलम एकतर्फी प्रेममा थिए ।
रौतहट लक्ष्मिपुरका आलमको उमेर ४६ वर्ष रहेको । सीतापाइलामा साइँली दिदीसँग बस्ने २२ वर्षीया युवतीलाई आलमले आफ्नै सम्पर्कमा राख्न खोजे । तर, जब उनले अरु केटा मनपराएको थाहा पाए, आलम बेचैन बनेका थिए । केही दिनअघि आलमले उनलाई प्रेम प्रस्ताव राखे, तर युवतीले अस्वीकार गरिन् ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने–‘आफूभन्दा दोब्वर उमेरको पुरुषको प्रस्ताव उनले अस्वीकार गरिन्, त्यसपछि आलमले एसिड आक्रमणको योजना बुने ।’
अनि, नागार्जुन नगरपालिका–४ सिर्जनशील टोलमा भारतीय नागरिक मुन्ना मोहम्मदलाई प्रयोग गरेर उनको अनुहार कुरुप बनाउन एसिड आक्रमण गरे ।
एसिड आक्रमण गरेर अनुहार कुरुप बनाउनेलाई ५ देखि ८ वर्ष कैद र १ देखि ५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । शरीरका अङ्गमा क्षति गर्नेगरी एसिड आक्रमण गर्नेलाई ३ देखी ५ वर्ष कैद र ५० हजारदेखि ३ लाख सम्म जरिवाना हुने र जरिवाना रकम पिडीतलाई क्षतिपुर्ति दिने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
