स्पष्ट होऔँ : लकडाउन अन्त्य भएको हो, कोरोनाको जोखिम होइन !
कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको करिब १२० दिन लामो बन्दाबन्दी (लकडाउन) अन्त्य भएको छ । नेपालमा भाइरसको संक्रमण नियन्त्रणमा नआउँदै गरिएको लकडाउनको अन्त्यले आम जनतामा अन्यौलता, भ्रम र त्रास देखिएको छ । लकडाउनको अन्त्यसँगै अब जीवन सामान्यरुपमा फर्कियो, अब कोरोनाभाइरसको जोखिम छैन भन्ने एक वर्गमा भ्रम फैलिएको पाइएको छ । उता, यसरी एकाएक लकडाउनलाई खुकुलो बनाउँदा कोरोनाभाइरसको संक्रमण समुदायमा फैलिएर झनै भयावह स्थिति आउने त होइन भनेर चिन्तित हुनेहरु पनि छन् । यही विषयमा जनस्वास्थ्य विज्ञहरुसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।
सरकारले कोरोना संक्रमणको दर शुन्यमा झारेर लकडाउन खुल्ला गरेको होइन
डा. शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइका प्रमुख
लकडाउन अन्त्य भएसँगै मानिसको दैनिकी बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । लकडाउनका बेलामा विभिन्न प्रतिबन्ध लागू गरिएकोमा अब ती पालना गर्न नपर्ने भएको छ । योसँगै लकडाउन सुरु भएपछि आ–आफ्नो घर पुगेकाहरु उपत्यका लगायतका देशका मुख्य शहरमा फर्कने क्रम बढेको छ । यद्यपि, अझै पनि कोरोनाभाइरसको संक्रमणको जोखिम भने कम भएको छैन । अहिले पनि दिनहूँ सयौँको संख्यामा संक्रमितहरु फेला परी नै रहेका छन् । अब संक्रमणको जोखिम उच्च भएर गएको छ । त्यसैले हामी आफैले सावधानी अपनाउनुको विकल्प छैन । संक्रमितको संख्या बढ्दै जान सक्ने भएकाले अबका दिनमा झनै चुनौतीपूर्ण हुनसक्छ ।
हामीलाई कोरोनासंक्रमण कसरी हुन्छ र संक्रमण हुनबाट कसरी बाच्ने भन्ने बारेमा थाहा छ । तर त्यसलाई व्यवहारमा लागू गर्न सकिरहेका छैनौँ । घर बाहिर निस्कदा भौतिक दुरी कायम नगरेको तथा मास्क लगाए पनि चिउँडो र नाक मुनी लगाएर देख्न पाइन्छ । एक्लै हिँड्दा मास्कको प्रयोग गर्ने तर एक आपसमा कुरा गर्दा मास्क खोलेर कुराकानी गर्ने यहाँ चलन नै बनेको छ ।
सरकारले यसभन्दा अघि मुख्यरुपमा भारत लगायत अन्य देशबाट नेपाल प्रवेश गर्नेलाई कोरोनापरीक्षणको दायरामा ल्याउने काम ग-यो । अहिले पनि मुख्य रुपमा विदेशबाट स्वादेश फर्किनेलाई नै प्राथमिकता दिएर परीक्षण गरेको छ । अब विदेशबाट स्वदेश आउनेको संख्या कम हुँदै गएको छ । तर लकडाउनको अन्त्यसँगै भारत लगायत तेस्रो मुलुकबाट आएका मानिस चलायमान हुन थालेका छन् । त्यसैले अब कोरोना परीक्षणको लागि समुदायतिर फर्कनुपर्छ । कोरोना प्रभावित क्षेत्रबाट आएका मानिस रोजीरोटीको लागि जनघनत्व बढी भएका सहरमा प्रवेश गर्न थाल्ने भएकाले समुदायलाई सबैले अर्जुनदृष्टिले हेर्ने बेला आएको छ । केही समयअघि काठमाडौँलाई टार्गेट गरेर एक पटक कोरोना परीक्षण गर्दा धेरै न्यून संख्यामा संक्रमित भेटिए । तर अहिले पनि स्थालमार्ग र हवाइ मार्ग हुँदै मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम जारी रहेकोले ठाउँ, समुह पहिचान गरेर कुन स्थानमा कोरोनासंक्रमण फैलिने डर छ, त्यहाँ परीक्षणको दायरा बढाएर कोरोना संक्रमित छन् वा छैनन् भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
हामीलाई कोरोनासंक्रमण कसरी हुन्छ र संक्रमण हुनबाट कसरी बाच्ने भन्ने बारेमा थाहा छ । तर त्यसलाई व्यवहारमा लागू गर्न सकिरहेका छैनौँ । घर बाहिर निस्कदा भौतिक दुरी कायम नगरेको तथा मास्क लगाए पनि चिउँडो र नाक मुनी लगाएर देख्न पाइन्छ । एक्लै हिँड्दा मास्कको प्रयोग गर्ने तर एक आपसमा कुरा गर्दा मास्क खोलेर कुराकानी गर्ने यहाँ चलन नै बनेको छ । उनीहरु रोगसँग नडराएर पो यसो गरेका हुन् भनेर भन्न पनि मिल्दैन किनभने टेकुमा कोरोनासंक्रमण भए नभएको बारेमा परीक्षण गर्न आउनेहरु धेरै छन् । अस्पताल आउँदा उनीहरु आत्तिने– डराउने गर्छन्, मबाट कतै परिवारका दीर्घरोगी, वृद्धावृद्धमा कोरोना त सर्दैन । वास्तवमा शिक्षित वर्गदेखि सर्वसाधरण समेतलाई संक्रमण हुनबाट बाच्ने सामान्य नियम थाहा भएर पनि त्यसलाई पालना नगरेको कारण लकडाउनमा पनि संक्रमितको संख्या बढेको हो । हाम्रो बानी अरुले नियम पालना गर्नुपर्छ भन्ने तर आफुले चाहिँ नियम पालना गर्नुपर्दैन भन्ने छ ।
अझै तयारी गरेर लकडाउनको अन्त्य गरेको भए जनतामा भ्रम सिर्जना हुने थिएन होला । विदेशबाट आउनेलाई परीक्षण गरे झैँ अबका दिनमा समुदाय तहमा पनि परीक्षण गरेर समुदायको अवस्था कस्तो भन्ने कुरा यकिन गरेर लकडाउन अन्त्य गर्नुपथ्यो । त्यस्तै, लकडाउन अन्त्य गर्दा केही कडा खालका नियम बनाएर लकडाउनको अन्त्यको घोषणा गरेको भए जोखिम कम हुने थियो ।
हुनत लकडाउनले मात्रै सबै समस्याको समाधान हुने होइन । तर, लकडाउन खुलेपछि अब झनै सावधानी अपनाएर अगाडि बढ्नुपर्छ । पछिल्लो समय संक्रमितको संख्या कम भएको अवस्था र लकडाउनको अन्त्यको घोषणा गर्दा जनतामा कोरोनासंक्रमणको जोखिम कम भएको भ्रम जनतामा देखिएको छ । यहाँ बुझ्नुपर्ने कुरा भनेको सरकारले कोरोना संक्रमणको दर शुन्यमा झारेर लकडाउन खुल्ला गरेको होइन । त्यसैले कोरोना संक्रमणको जोखिम अझै पनि छ । लकडाउनलाई एकै पटकमा अन्त्य गर्दा मानिसमा संक्रमणको जोखिम छैन भन्ने भ्रम परेको हुनसक्छ ।
अझै तयारी गरेर लकडाउनको अन्त्य गरेको भए जनतामा भ्रम सिर्जना हुने थिएन होला । विदेशबाट आउनेलाई परीक्षण गरे झैँ अबका दिनमा समुदाय तहमा पनि परीक्षण गरेर समुदायको अवस्था कस्तो भन्ने कुरा यकिन गरेर लकडाउन अन्त्य गर्नुपथ्यो । त्यस्तै, लकडाउन अन्त्य गर्दा केही कडा खालका नियम बनाएर लकडाउनको अन्त्यको घोषणा गरेको भए जोखिम कम हुने थियो । जस्तै मास्कको प्रयोग नगर्नेलाई विदेशमा जस्तै ५/७ हजार जरिवाना, दुरी कायम नगर्नेलाई कारर्वाही गर्ने व्यवस्था गरेर लकडाउनलाई अन्त्य गरेको भए राम्रो हुन्थ्यो ।
समुदायस्तरमा परीक्षणको दायरा नबढाएसम्म केही भन्न सकिँदैन
डाक्टर रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
नेपालमा कोरोनाभाइरसको संक्रमण भएर मृत्यु भए पनि मुटु, फोक्सो, क्यान्सर जस्ता अन्य रोग कारण मरेको भन्ने बुझाइ छ । तर, कोरोनासंक्रमण नभएका भए उनीहरु सम्भवतः अझ केही वर्ष बाँच्थे होला भन्ने कुरा पनि हामीले बिर्सन हुँदैन ।
वर्तमान समयमा सरकारले भारत लगाएत तेस्रो मुलुकबाट स्वादेश फर्किएकाको मात्रै व्यापक कोरोना परीक्षण गरेका छ । रोजगारीका लागि देशबाहिर गएर स्वदेश फर्किनेहरुको औसत उमेर समूह २० वर्ष देखि ५० वर्ष रहेका छन् । युवाहरुमा कोरोनासँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता हुन्छ । संक्रमित युवाबाट नेपालमा जोखिम वर्गमा रहेका जेष्ठ नागरिक, दीर्घरोगी फैलिन नपाएका कारण मृत्यु दर कम भयो । त्यसैले आम जनतामा नेपालमा कोरोना फैलिए पनि खासै केही भएन भन्ने खालको धारणा सिर्जना भएको छ । अर्को कुरा चाहिँ सरकारले परीक्षणको दायरा घटाउँदै लगेपछि संक्रमितको संख्या पनि घट्दै गएको देखिन्छ ।
समुदायस्तरमा परीक्षणको दायरा बढाएर त्यहाँको स्थिति पत्ता नलागएसम्म केहि भन्न सकिँदैन । मंगलबार मात्रै राजविराजमा संक्रमितसँग सम्पर्कमा आएको थाहा नपाइन स्वास्थ्यकर्मीसहित ७ जनामा संक्रमण देखियो त्यसैले कतैकतै यसरी कोरोना संक्रमणको स्रोत पत्ता नलाग्दा हाम्रो समुदायमा कोरोनाभाइरस संक्रमण छिटफुट रुपमा देखिरहेको छ ।
काठमाडौँमा ५ हजार जनाको कोरोना परीक्षण गर्ने भनिए पनि त्यो भएको छैन् । जहाँ गरियो, ती सुरक्षित स्थानहरु थिए । जहाँ सुरक्षित वर्ग छन् जस्तै मास्कको लगाउँछन् सामाजिक दुरी कायम गर्छन्, हात धुन्छन, जस्तै बैङ्क, अस्पताल, सरकारी कार्यालयहरुमा सरकारले परीक्षण ग-यो ।
विश्व स्वास्थ्य संगठनले संक्रमितको संख्या तीव्ररुप घट्दै गएमा, आइसोलेशन, भेन्टिलेटर, अक्सिजन, क्वारेन्टिन, स्वास्थ्य जनशक्ति पूर्ण व्यवस्थापन भएमा र व्यापकरुपमा समुदायस्तरमा परीक्षणको दायरा बढाएमा र संक्रमित भेटिन छाडेको अवस्थामा लकडाउनको अन्त्य गर्नुपर्छ भनेको छ । प्रायः विदेशी राष्ट्रहरुले पनि यस नियमलाई पालना गरेर लकडाउनलाई खुकुलो तथा अन्त्य गरेको पाइन्छ । नेपालको सन्दर्भमा भने यी तीनवटै कुरा मध्ये एउटा कुरामा पनि टेकेर लकडाउनको अन्त्य गरेको पाइँदैन ।
नेपालको लागि लक्षित वर्ग भनेको सुकुम्वासी बस्ती, फोहोर संकलन गर्ने, कवाडी संकलन गर्ने मजदुर, मासु काट्ने विभिन्न वधशाला तथा पसल, स–साना गल्ली भएका समुदाय, जहाँ सामाजिक दुरी कायम गर्न असम्भव हुन्छ, तरकारी तथा फलफूल बजार आदि स्थानमा कोरोना परीक्षणको दायरा नबढाएका कारण संक्रमितको कम देखिएको हुन सक्छन् । त्यसैले उपत्यकावासी कोरोनासंक्रमितको संख्या कम भयो भनेर ढुक्क भएर बस्ने अवस्था छैन ।
दुई जना संक्रमित भेटिदा लकडाउन भएको र १८ हजार संक्रमित पुग्दा लकडाउनको अन्त्य हुँदा जनताको मनमा भ्रम पैदा भएको हुन सक्छ । लकडाउन अन्त्य भन्ने शब्दले पनि जनताको मनमा अब कोरोनाको जोखिम छैन भन्ने धारणा बन्न सक्छ । तर लकाडाउनको अन्त्यसँगै संक्रमणको जोखिम घटेको छैन । राज्यले नै लकडाउनको व्यवस्थालाई केही खुकुलो बनाएको भनेर जनतालाई बुझाउन सक्नुपर्छ । राज्यले लकडाउन अन्त्य भर्ने भनेपछि सावधानी नअपनाउनेलाई दण्ड तथा जरिवानाको व्यवस्था गरेर डर देखाउन पर्थ्यो । भीडभाड हुने चोक सडक, बजारमा महानगरका कर्मचारी तथा सुरक्षकर्मीलाई खटाएर अनुगमन र कारवाही गर्ने व्यवस्था मिलाएमा घर बाहिर सावधानी नअपनाइ निस्कने परिपार्टी अन्य हुने थियो ।
सार्वजनिक सवारी सञ्चालन गरेपछि भारतमा कोरोना संक्रमितको संख्या तीव्रव्ररुपमा वृद्धि भयो । मंगलबारबाट छोटो दुरीका यातयात चल्न सुरु भएसँगै सामाजिक दुरी कायम नगरिकन यात्रु राख्ने तथा चढ्ने गरेका देखियो । लकडाउन अन्त्य गर्नका लागि निश्चित मापदण्ड पालना गर्नुपर्थ्यो ।
विश्व स्वास्थ्य संगठनले संक्रमितको संख्या तीव्ररुप घट्दै गएमा, आइसोलेशन, भेन्टिलेटर, अक्सिजन, क्वारेन्टिन, स्वास्थ्य जनशक्ति पूर्ण व्यवस्थापन भएमा र व्यापकरुपमा समुदायस्तरमा परीक्षणको दायरा बढाएमा र संक्रमित भेटिन छाडेको अवस्थामा लकडाउनको अन्त्य गर्नुपर्छ भनेको छ । प्रायः विदेशी राष्ट्रहरुले पनि यस नियमलाई पालना गरेर लकडाउनलाई खुकुलो तथा अन्त्य गरेको पाइन्छ । नेपालको सन्दर्भमा भने यी तीनवटै कुरा मध्ये एउटा कुरामा पनि टेकेर लकडाउनको अन्त्य गरेको पाइँदैन । अगामी दिनमा लामो दुरीको सवारी चलाउने कुरा भइरहेको छ । लामो दुरीका साधन सञ्चालन भएपछि झन छिटो समुदायमा संक्रमितको संख्या बढ्छ । सरकारले लकडाउन अन्त्यको गर्नुभन्दा पहिला समुदायस्तरमा परीक्षणको दायरा बढाएर पहेलो, हरियो, रातो क्षेत्र निर्धारण गरेर लामो तथा छोटो सवारी सञ्चालन गर्ने व्यवस्था मिलाएको खण्डमा भारतीय नाका क्षेत्र तथा अन्य जिल्लाका प्रभावित क्षेत्रबाट यात्रा ओहोदोहोर गर्दा कोरोना संक्रमणको अबका दिनमा जोखिम कम हुने थियो । सरकारले आन्तिरिक उडान सुरु गदै छ । देशका कोरोना प्रभावित क्षेत्रमा आन्तरिक उडान गर्नहुँदैन । साथै सरकारले अन्तर्राष्ट्रिय उडान पनि संचालन गर्दै छ । यस्तो अवस्थामा नेपालमा पर्यटक आउने सम्भावना न्यून रहन सक्छ । साथै नेपाली पनि महामारीको बेलामा विदेश घुम्न जाँदैनन् होला ।
गर्मीमा भन्दा जाडो महिनामा रुघाखोकीका बिरामी बढी हुन्छन् । त्यस समयमा कोरोना हो कि रुघाखोकी भनेर छुट्याउनका लागि धेरैले परीक्षण गर्ने चाहन्छन् । त्यसैले अब समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउन र पछिको अवस्थाका लागि सरकारले तयारी गर्नुपर्छ । चाडपर्व नकिदैँ गर्दा अझै पनि विदेशबाट धेरै नेपाली फर्कने सम्भावना छ । सरकारले क्वोरेन्टिन, होल्डिङ सेन्टर र परीक्षणको लागि योजना व्यवस्थापन तर्फ लागेका भविष्यमा आउन सक्ने चुनौतीको सामना गर्न सकिन्छ ।
यो महामारीको समयमा हरेक स्थानमा असुरक्षा हुन्छ । सरकारले नेपालमा रोकिएका विदेश जानुपर्ने र विदशबाट नेपाल आउनका लागि रोकिएकाहरुलाई उडान मार्फत ल्याउँने लैजाने व्यवस्था मिलाएर क्रमशः अवस्था अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकता दिए झै जोखिम कम हुने थियो । भारतमा कोरोना संक्रमणको गति बढिरहँदा त्यहाँ अस्पतालमा आइसोलेशन, भेन्टिलेटर र अक्सिजन प्रयाप्त नभएको समाचार सार्वजनिक भइरहेको छ । भारतमा सरकारी अस्पतालका भुइँ तथा गल्लीमा समेत कोरोना संक्रमितको उपचार भइरहेको छ । उडान भरेसँगै अगामी दिनमा छिमेकी राष्ट्रहरुबाट उपचारको लागि नेपाला आउन सक्ने सम्भावना धेरै छ । अर्को कुरा संसारमा कोरोनासंक्रमणको ‘सेकेन्ड वेभ’ आउने र धेरै जनाको ज्यान जान सक्ने विज्ञहरु बताइरहेका छन् ।
गर्मीमा भन्दा जाडो महिनामा रुघाखोकीका बिरामी बढी हुन्छन् । त्यस समयमा कोरोना हो कि रुघाखोकी भनेर छुट्याउनका लागि धेरैले परीक्षण गर्ने चाहन्छन् । त्यसैले अब समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउन र पछिको अवस्थाका लागि सरकारले तयारी गर्नुपर्छ । चाडपर्व नकिदैँ गर्दा अझै पनि विदेशबाट धेरै नेपाली फर्कने सम्भावना छ । सरकारले क्वोरेन्टिन, होल्डिङ सेन्टर र परीक्षणको लागि योजना व्यवस्थापन तर्फ लागेका भविष्यमा आउन सक्ने चुनौतीको सामना गर्न सकिन्छ ।
लकडाउनको खुकुलोपनसँगै सरकारले अब निगरानी राख्नुपर्छ । कोरोना संक्रमण कहाँ कुन अवस्था सर्छ भन्ने कुरा थाहा नभएको अवस्थामा वर्तमान समयमा हामी पनि सावधानी अपनाएर हिँड्नुपर्छ । समुदायस्तरमा परीक्षणको दायरा बढाउनै पर्छ । सरकारले दिनमा ५ हजार परीक्षण गरेका छ भने पुलिङ प्रणालीबाट त्यही लागतमा १० हजार जनाको कोरोना परीक्षण गर्न सकिन्छ । नेपालमा केही व्यक्तिको फाइदाका लागि पुलिङ प्रणालीबाट परीक्षण गर्न तत्परता देखाएको पाइँदैन । पीसीआर परीक्षण गर्दा किट लगाएतका सामाग्री खरिद गर्दा फाइदा लिन पाइने हुँदा यस प्रणालीलाई बेवास्ता गरेको पाइन्छ ।
सरकारले ३ लाख भन्दा बढीमा आरडीटी परीक्षण ग-यो । आरडीटी परीक्षण गर्न नपर्ने बेलमा परीक्षण ग-यो । अहिले कुनै समुदायमा आरडीटी परीक्षण गरेर कति प्रतिशत संक्रमित आफै निको भएछन्, समुदायमा पहिला कोरोना संक्रमणको अवस्था कस्तो थियो भन्ने बारेमा पत्ता लगाउन सकिन्थ्यो, त्यो भएको छैन । कोरोनाविरुद्ध उपयोगी खोप पत्ता लागेसँगै विभिन्न अन्तर्राष्ट्रिय मुलुकहरुले खरिदका लागि कदम चालिसकेको अवस्था छ । नेपालले पनि यस्ता कुरा चासो लिएर कदम चाल्नुपर्छ ।
सावधानी नअपनाउनेलाई कारवाहीको कडा नियम लागू गरौँ
डा. बाबुराम मरासिनी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक
लकडाउन अन्त्य भएसँगै कोरोना रोकथामको जिम्मेवारी अब आम नागरिकको हातमा आएको छ । लकडाउन अन्त्यको घोषणा गर्नुभन्दा अगाडि सरकारले यो काम गर्दा, यस्तो स्थानमा जाँदा यसरी सजकता अपनाउनपर्छ भनेर नियम बनाउनु तथा जनतालाई बुझाउन सक्नुपर्थ्यो । हतार–हतार गरेर लकडाउनको अन्त्य गरियो । मास्कको प्रयोग, सावुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग, सामाजिक दुरी कायम गरेर हिँड्ने, काम गर्दा अपनाउने सावधानीका बारेमा व्यापक रुपमा समुदायमाझ अझै पुगेको छैन । घरबाहिर निस्कने रोग प्रतिरोधात्मक क्षमता भएका युवाले भ्रममा परेर सावधानी नअपनाउँदा घरमा रहेका दीर्घरोगी तथा वृद्धवृद्धामा कोरोना संक्रमण हुनसक्छ ।
त्यस्तै, सावधानी अपनाउनुपर्छ भन्ने थाहा हुँदा पनि सावधानी नअपनाउनेलाई कारवाही गर्ने कडा नियम लकडाउनको अन्त्य गर्नुभन्दा अगाडि ल्याउनुपर्थ्यो । एक दुई जनाको असावधानीको कारण पनि ठूलो समस्या आउन सक्छ । सरकारले जनतालाई प्रष्ट नपारी लकडाउन अन्त्य गर्दा कोरोनासंक्रमणको जोखिम झन् उच्च भयो ।
लक्षित क्षेत्रमा कोरोना परीक्षणको दायरा बढाएर कहाँ संक्रमित छन्, सम्भावित स्थल कुन हुन् भन्ने कुरा छुट्याएर सरकारले लकडाउन अन्त्यको घोषणा गरेको भए राम्रो हुने थियो । कामको शिलशिलामा पसल, कार्यालय, अस्पताल, बैकं जाँदा दुरी कायम गरेर लाइनमा बस्ने नियमलाई नेपाली जनताले स्वीकार गरेको पाइँदैन । सबैलाई हतार हुन्छ । करिब १६७५ सालतिर पँधेरामा पानी भर्न लाइन जो अघि बस्छ उसले पानी भर्ने नियम थियो । पँधेरामा पानी भर्दा नियम मिचेर हतार गर्ने, झगडा गर्ने र पानी भर्न जर्वरजस्ती गर्नेलाई कार्वाही गर्नु भनेर नियम बनाइएको रहेछ । त्यसैगरी अहिलेको सरकारले पनि महामारीको बेलामा थाहा पाएर पनि सावधानी नपआउनेलाई कार्वाहीको व्यवस्था गर्नुपथ्यो । सजाय तथा जरिवानाका कारण सडक, बजार र कार्य क्षेत्र अनुशासित हुने थिए ।
मानिस अनुशासनहिन भएको देख्दा कोरोना संक्रमणको उच्च जोखिम भयो । भारतीय सीमा नाका भएर नेपाल छिर्ने कारण संक्रमण जोखिम पहिल्लैदेखि छँदैछ । लकडाउनको अन्त्य भएसँगै मानिस चलायमान हुँदा जोखिम उच्च भयो । त्यसैले, लकडाउन अन्त्यलाई कोरोना संक्रमणको जोखिम घटेको ठान्न हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने