शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्तको फिल्म हेरेपछि ७ कक्षाकी छात्राले गरिन् आत्महत्या, छोडिन् यस्तो नोट

शुक्रबार, ०९ साउन २०७७, ०९ : १७
शुक्रबार, ०९ साउन २०७७

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा प्रहरीको अनुसन्धान जारी छ भने अर्कोतर्फ सुशान्तका थुप्रै प्रशंसकद्वारा आफ्नो जीवन लीला समाप्त गरिरहेको खबर पनि लगातार आइरहेको छ । यसै क्रममा सुशान्तले आत्महत्या गरेपछि दुःखी भएकी भारतकी एक १३ वर्षकी छात्राले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

एएनआईको एक रिपोर्ट अनुसार ती बालिकाले आत्महत्या अघि सुसाइड नोट पनि लेखेकी छिन् जसमा उनले सुशान्त यो संसारबाट गएको राम्रो नलागेका कारण आत्महत्या गरेको जानकारी दिएकी छिन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । आत्महत्या गर्ने बालिकाको नाम जे. एन्जेला हो र उनी ७ औं कक्षाकी विद्यार्थी थिइन् । आत्महत्या गर्नु ठिक अघि सुशान्त सिंह राजपूतको फिल्म छिछोरे हेरेकी थिइन् ।

घटनाका बेला बालिका एक्लै घरमा थिइन् । बुधबार बेलुका करिब ५ बजे टिभीमा फिल्म छिछोरे आइरहेको थियो । मृतक जे. एन्जेला निकै खुसी हुँदै फिल्म हेरिरहेकी थिइन् । त्यतिबेला उनका पिता एस. सतीश पनि घरमा नै थिए । यसैबीच केही आवश्यक कामका लागि सतिश बजार जानुपरेको थियो । केही समयपछि बजारबाट फिर्ता भएपछि एंजिलाले ढोका खोलिनन् । त्यसपछि उनी पछाडिबाट कोठामा हाम फालेर छिरेका थिए ।

भित्र गएपछि एंजिला टिभीको अघिल्तिर नै झुण्डिएको अवस्थामा फेला परिन् । त्यतिबेला पनि सुशान्तको फिल्म चलि नै रहेको छ । सतिश कोठाभित्र प्रवेश गर्नेबित्तिकै उनले छोरीको घाँटीको पासो काटेर अस्पताल पुरयाए, जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप