बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आज पृथ्वी नजिकैबाट यात्रा गर्नेछ क्षुद्रग्रह, नासाले यसलाई मान्यो खतरनाक

शुक्रबार, ०९ साउन २०७७, ०८ : २३
शुक्रबार, ०९ साउन २०७७

अमेरिकी अंतरिक्ष एजेन्सी नासाले शुक्रबार एउटा ठूलो एस्टेरोयड (क्षुद्रग्रह) पृथ्वी नजिकैबाट यात्रा गर्ने जानकारी दिएको छ । ‘२०२० एनडी’ नामको यो एस्टेरोयड करिब १७० मिटर (करिब ५५७ फिट) लामो छ र यो पृथ्वीबाट .०३४ एस्ट्रोनोमिकल युनिट (५० लाख ८६ हजार ३ सय २८ किलोमिटर) टाढाबाट यात्रा गर्नेछ । नासाले यति नजिकबाट यात्रा गर्ने एस्टेरोयडलाई सम्भावित खतराको सूचीमा राख्ने गर्छ । एस्टेरोयडको गती ४८ हजार किलोमिटर प्रतिघण्टा छ ।

नासाका अनुसार ०.०५ एस्ट्रोनोमिकल युनिट वा सोभन्दा कमबाट यात्रा गर्ने एस्टेरोयड पृथ्वी नजिक आउनु खतरापूर्ण हो । यद्यपि, यसको असर पृथ्वीमा पर्छ भन्ने जरुरी छैन ।

हरेक वर्ष ३० एस्टेरोयड पृथ्वीसँग ठोक्किन्छन्ः

द प्लेनेटरी सोसाइटीका अनुसार तीन फिटका १ अर्ब एस्टेरोयड रहेका छन् तर यसबाट पृथ्वीलाई कुनै खतरा छैन । ९० फिटभन्दा ठूला एस्टेरोइडले पृथ्वीलाई निकै क्षती पुर्याउने खतरा छ । हरेक वर्ष करिब ३० साना एस्टेरोयड पृथ्वीसँग ठोक्किन्छन् तर पृथ्वीमा खासै ठूलो क्षती भने हुँदैन ।

पृथ्वी नजिकैबाट यात्रा गरेको थियो एस्टेरोयड ‘२०२० एलडी’:

यसअघि जून ५ मा एउटा एस्टेरोयड पृथ्वीभन्दा १ लाख ९० हजार मिल टाढा भएर गुज्रिएको थियो र कसैलाई यसको कुनै खबर थिएन । एस्टेरोयड ‘२०२० एलडी’ ले पृथ्वी र चन्द्रमाको बीचबाट यात्रा गरेको थियो । वैज्ञानिकका अनुसार यो एस्टेरोइड खासै ठूलो थिएन तर यो सन् २०१३ मा साइबेरियामा क्षती पुर्याउने चेल्याबिन्स्क सेटलाइटभन्दा ठूलो थियो ।

१३ अप्रिल २०२९ मा एउटा ठूलो एस्टेरोयड पृथ्वीसँग ठोक्किने आशंकाः

खगोलविदका अनुसार १६ सय ४० फिट वा सोभन्दा ठूलो एस्टेरोयड एक लाख ३० हजार वर्षको एक पटक पृथ्वीसँग ठोक्किने अनुमान गरिन्छ । १३ अप्रिल २०२९ मा एस्टेरोइड ‘९९९४२ एपोफिस’ पृथ्वीको निकै नजिकबाट निस्कनेछ । यो पृथ्वीसँग ठोक्किन पनि सक्छ वा केही उपग्रहलाई क्षती पुर्याउन सक्छ । यो एस्टेरोयडको आकार ११ सय फिटको छ ।

अर्को एस्टेरोयड बेन्नू हो । यसको आकार १६ सय १० फिट छ । यो सन् २१७५ देखि २१९९ को बीच पृथ्वीको नजिक भएर यात्रा गर्नेछ । नासाले काइनेटिक इम्प्याक्टरमार्फत् यी एस्टेरोयडलाई पृथ्वी नजिक आउनुभन्दा अघि नै नष्ट गरिदिने जानकारी दिएको छ । यसमा एस्टेरोयडको बाटोमा स्पेस क्राफ्ट पठाइनेछ जसले एस्टेरोयडलाई कि त नष्ट गरिदिन्छ कि उनको दिशा परिवर्तन गरिदिनेछ । नासाले यो प्रविधिको पहिलो प्रयोग सन् २०२६ मा गर्ने तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप