केन्द्रीय संस्करण

जनस्वास्थ्य : व्यथा, कथा र समाधानका उपाय

person explore access_timeसाउन ९, २०७७ chat_bubble_outline0

कमजोर सामाजिक सुरक्षा, स्वास्थ सेवा र शिक्षा पद्धति भएको देशले दैवीप्रकोप, युद्ध, भोकमरी, रोगव्याधी झेल्न पर्यो भने धेरै गाह्रो पर्छ l विकसित देशलाई समेत हम्मेहम्मे परेको कोभिड-१९ को जोखिम व्यवस्थापनमा नेपाल चुके पनि सामान्य रूपमा बुझ्नेको खाँचो हुने छैन l कमजोर अर्थतन्त्र, संसारभरि छरिएर रहेका नेपाली फर्किंदा भित्रिने जोखिम र भारतसितको खुला सीमानाले गर्दा कोरोनाभाइरस नियन्त्रण गर्न कठिन हुने कुरालाई स्वीकार गर्नैपर्ने हुन्छ l हामीले कोरोना नियन्त्रणमा सही पद्धति छनोट गरेको भए पनि असफल हुन सक्थ्यौं l

कोभिड-१९ को निचोड निकालिहाल्ने समय त भएको छैन, तर अहिलेसम्मको अनुभवले देखाएका केही शिक्षाबारे नेपाली विद्वत्वर्गबीच छलफल हुनु यसैपटकको स्वास्थ्य चुनौती हल गर्नको लागि र भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरण र विपत् व्यवस्थापनको लागि पनि सहायकसिद्ध हुनसक्छ l

पहिलो पाठ – चीनको उहानमा कोभिड-१९ का विरामी देखा परेका समाचार बाहिरिएसँगै नेपाली अध्येताहरूले मिडिया र सामाजिक सन्जालमार्फत् सरोकारवालाहरूसमक्ष त्यसले नेपाली स्वास्थ्यमा पार्नसक्ने असरबारे जानकारी दिने काम र सचेत रहन अपिल गरेका थिए l चीनले वरिपरिका शहरहरूसहित उहानलाई आफ्नै देशका अन्य भूभागबाट छुट्टयाएको अवस्थामा हामीले नेपालमा पर्यटन वर्षको नारा रटिरह्यौं, अन्तको त कुरै छोडौं चीनसितको सीधा हवाई उडान समेत बन्द गरेनौं l चीनमा हाहाकार हुन थाल्दा समेत नेपालमा मास्क, सेनिटाइजर, सुरक्षाकवचको व्यवस्थापनमा ध्यान दिनतिर लागेनौँ l


चीनले वरिपरिका शहरहरूसहित उहानलाई आफ्नै देशका अन्य भूभागबाट छुट्टयाएको अवस्थामा हामीले नेपालमा पर्यटन वर्षको नारा रटिरह्यौं, अन्तको त कुरै छोडौं चीनसितको सीधा हवाई उडान समेत बन्द गरेनौं l चीनमा हाहाकार हुन थाल्दा समेत नेपालमा मास्क, सेनिटाइजर, सुरक्षाकवचको व्यवस्थापनमा ध्यान दिनतिर लागेनौँ l


दोस्रो पाठ –नेपालमा देखल रूपमा कोरोनाभाइरस फैलिनुअघि फरवरी २३ मै  दक्षिण कोरियाको डेगु शहरस्थित एक चर्चमा प्रार्थनाको क्रममा एउटी सङ्क्रमित महिलाले ३७ जनालाई कोरोनाभाइरस सारेको र त्यसबेलासम्म त्यहाँ देखिएका ६०२ जना सङ्क्रमितमध्ये आधा संख्या त्यही चर्चसित सम्बद्ध रहेको खबर आएको थियो l त्यस्तै मार्च ५ सम्म हंगकंगमा देखिएका १०२ जना सङ्क्रमितमध्ये १८ जना एउटा बौद्ध गुम्बासित सम्बन्धित रहेको खबर आएको थियो l यी तथ्यबाट नेपालले समयमै सावधानी अपनाउन सक्थ्यो l पछि आएर निकै पहिलेदेखि नेपाल भित्रिएर मस्जिदमा बसेका धेरै जमातीमा सङ्क्रमण देखियो l

तेस्रो पाठ –कोभिड-१९ विश्वभरि फैलिने सङ्केत देखिँदासम्म चीनले मुख्यतः क्वारेन्टिन (निगरानी) र आइसोलेसन (एकान्त) मा राख्ने पद्धतिद्वारा सफलता हासिल गर्न थालेको कुरा प्रष्ट भैसकेको थियो l पछि आएर ताइवान, हंगकंग, सिङ्गापुर, दक्षिण कोरियाले पनि निगरानीमा जोड दिएका थिए l सङ्क्रमणको शङ्का भएकालाई क्वारेन्टिनमा राख्ने होभने उनीहरूलाई सुरक्षित बसोबास, उचित खानपिन र स्वास्थ्य अवस्थाअनुसारको औषधोपचारको व्यवस्था मिलाउनेतिर सरकारले समयमै सोच्न पर्थ्यो l आइसोलेसनमा राखिएकाको त पूर्ण व्यवस्थापन गर्नुपर्ने प्रष्टै थियो l रोकथाममा जोड दिई सबै जनतालाई जोखिममुक्त गर्ने, क्वारेन्टिनमा रहेकामध्ये कसैलाई सङ्क्रमण रहेछभने एकापसमा नसर्ने वातावरण मिलाउने, संक्रमितलाई उचित आहारविहारसहित उच्च मनोबलसाथ रोगसित लड्न सक्ने बनाई राख्ने कुरामा ध्यान केन्द्रित गर्नु नेपालजस्तो आर्थिक अविकसित देशलाई सस्तो पर्थ्यो l


आइसोलेसनमा राखिएकाको त पूर्ण व्यवस्थापन गर्नुपर्ने प्रष्टै थियो l रोकथाममा जोड दिई सबै जनतालाई जोखिममुक्त गर्ने, क्वारेन्टिनमा रहेकामध्ये कसैलाई सङ्क्रमण रहेछभने एकापसमा नसर्ने वातावरण मिलाउने, संक्रमितलाई उचित आहारविहारसहित उच्च मनोबलसाथ रोगसित लड्न सक्ने बनाई राख्ने कुरामा ध्यान केन्द्रित गर्नु नेपालजस्तो आर्थिक अविकसित देशलाई सस्तो पर्थ्यो l


चौथो पाठ – हाम्रो सभ्यतामा सरसफाई, योगाभ्यास, आहारविहार, भक्ष्यअभक्ष्य, गम्यअगम्यको उच्च स्थान थियो l हरेक छाक खाना पकाउनुअघि र खाएपछि भान्सा लिपपोत गरी सफा गर्नुपर्ने, बाहिर लगाएका लुगा अशुद्ध हुने भएकोले सफा लुगा फेरेर मात्र भान्सामा जान हुने, हरेक बिहान नुहाईधुवाई गर्नैपर्ने, बासी खान नहुने, मलाम गएर घर फर्किंदा नुहाउन र लुगा फेर्नैपर्ने, तेह्र दिनसम्म मृतकका परिवारलाई जोपाई बाहिरियाले छुन नहुने र मृतकका घरमा बाहिरियाले केही खान नहुने, काजक्रिया बस्तीदेखि पर खुला हावा चल्ने स्थानमा गर्नुपर्ने, मृतकको घरका धुन मिल्नेसम्मका लुगाफाटा खरानीपानीमा उमालेर धुने, धुन नमिल्नेलाई, सुनपानी, गहुँतद्वारा निर्मलीकरण गर्ने लगायतका विधि अपनाइन्थे l हात धुन अहिलेजस्तो साबुनको विकास भएको थिएन, तर खरानी, रिठ्ठा, घिरौंलाको पात लगायत वनस्पति, सफा माटो, पिनाको प्रयोग गरिन्थ्यो l भोजनपूर्व औसनी हाल्नाले किराफट्यांग्रा सीधा खानामा आइपुग्दैनथे l मानिसलाई खाना पस्किनुपूर्व गाई र कागलाई खाना खुवाइन्थ्यो, अहिलेको विज्ञानको अंग्रेजी भाषामा “एनिमल टेष्ट” (पशुमा परीक्षण ) गरिएको रहेछ l अंग्रेजसित सम्पर्क भएपछि हामीले सजिलो रोज्यौं, “रुढीवाद” छाड्यौँ, आधुनिकताको महाभियानमा जुट्यौं l फल जे भएको छ, त्यो हामीसामु छ l

पाँचौं पाठ –चाणक्य नीति भन्छ, व्यक्तिहितभन्दा माथि सामूहिक हित राख l यो भनाइ पूर्वीय समाजको राज्य संचालनको दार्शनिक आधार हो l समयक्रममा स्वास्थ्यकर्मीले पेशागत सेवाको क्रममा प्राप्त विरामीका व्यक्तिगत सूचनाको दुरुपयोग गर्न नपाउन् भनेर संसारैभरि विरामीको गोपनीयताको अधिकार स्थापित गर्ने प्रावधान शुरु भए l यद्यपि मानिसबाट मानिसमा सर्न सक्ने सरुवा रोगको सबालमा अहिले धेरै विरामीको रेकर्डमा मोबाइल कम्पनी, डाटाबेस कम्पनीहरुको पहुँच पुगेको कुरा प्रष्टै छ l वास्तवमा स्थिति कस्तो भएको छ भने सङ्क्रमित विरामीबाट सबैभन्दा जोखिममा रहेको छिमेकी अनभिज्ञ छ तर सूचना प्रविधिका धनीहरू कानूनी-गैरकानूनी पहुँच मार्फत् ती सूचना व्यापारिक प्रयोजनमा प्रयोग गर्दै छन् l चीन, सिंगापुर, दक्षिण कोरिया, इजरायल, पोल्याण्ड, स्लोभाकिया, अमेरिका लगायतले सङ्क्रमित व्यक्तिको आवतजावत र उपस्थितिबारे जानकारी दिने एप बनाएका वा संचालन गरेका छन् l व्यक्तिगत गोप्यता सेप्टेम्बर ११ को घटनापछि राष्ट्रिय सुरक्षाको अगाडि गौण बनेको थियो भने अहिले कोभिड-१९ स्वास्थ्य सङ्कटले जनस्वास्थ्यको अगाडि l


पूरै संसारले क्युबाले एचआईभी/एड्स नियन्त्रणमा र चीनले अहिलेको कोरोनाभाइरस नियन्त्रणमा अपनाएका जस्ता अग्रस्थानमा जनस्वास्थ्यलाई राखेको भए अहिलेसम्म यी दुई मात्र हैन, अरू धेरै सङ्क्रामक रोगहरूबाट हामी मुक्त भएका हुन्थ्यौँ l


पूरै संसारले क्युबाले एचआईभी/एड्स नियन्त्रणमा र चीनले अहिलेको कोरोनाभाइरस नियन्त्रणमा अपनाएका जस्ता अग्रस्थानमा जनस्वास्थ्यलाई राखेको भए अहिलेसम्म यी दुई मात्र हैन, अरू धेरै सङ्क्रामक रोगहरूबाट हामी मुक्त भएका हुन्थ्यौँ l

यसबाट हामी अहिले एउटा वैचारिक दोबाटोमा आइपुगेका छौँ l एकातिर शिक्षा र जनचेतना मार्फत् सङ्क्रमित हुनु कुनै व्यक्तिको अपराध हैन भन्ने कुरा स्थापित गरेर रोग सर्ने छैन भन्ने कुरामा ढुक्क हुन आवश्यक पर्ने सजगताबाहेक उसप्रति समाजले कुनै पनि विभेदकारी नीति/व्यवहार गर्दैन, बरू उसलाई माया गर्छ भन्ने कुराको निश्चिति गर्नुछ भने अर्कातिर अन्य मानिसमा सर्न सक्ने सरुवा रोग लुकाउनु समाजप्रतिको अन्याय हो भन्ने कुरा स्थापित गर्नुछ l यी दुबै पक्षलाई सम्बोधन गर्न सक्ने शैक्षिक, न्यायिक, नैतिक पद्धति विकास गर्नु आजको चुनौती बन्न आएको छ l

छैठौँ पाठ –नयाँ रोग देखा पर्दा चिन्ता लाग्नु स्वाभाविक हो l यस्तो समयमा देश र समाज हाँक्ने नेतृत्व, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवाका पेशाकर्मीहरू, कुल/परिवारको थकाली, प्राज्ञ/शिक्षक/बुद्धिजीवी/वैज्ञानिक सर्वसाधारणभन्दा माथि उठ्नुपर्छ, रोगले पार्नसक्ने बहुआयामिक असरको बारेमा ध्यान दिँदै रोगसित लड्ने योजना बनाउनमा र सोको कार्यन्वयनमा आआफ्नो स्थानबाट भूमिका खेल्नपर्छ l तर व्यवहारले अन्यथा पनि देखाए l


कोरोनाभाइरससित डराएर कतिपय अस्पताल विरामीलाई सेवा दिनबाट पन्छिन खोजे, कतिपय भेन्टिलेटर भएका अस्पतालले विरामी लिन मानेनन्, कतिपय चालकले एम्बुलेन्स चलाउन मानेनन् l उसो त यो आम घटना हैन, यही समयमा आफैं गाडी चलाएर, रक्तदान गरेर विरामीको सेवा गर्ने स्वास्थ्यकर्मी र वडा सदस्य पनि देखिए l


कोरोनाभाइरससित डराएर कतिपय अस्पताल विरामीलाई सेवा दिनबाट पन्छिन खोजे, कतिपय भेन्टिलेटर भएका अस्पतालले विरामी लिन मानेनन्, कतिपय चालकले एम्बुलेन्स चलाउन मानेनन् l उसो त यो आम घटना हैन, यही समयमा आफैं गाडी चलाएर, रक्तदान गरेर विरामीको सेवा गर्ने स्वास्थ्यकर्मी र वडा सदस्य पनि देखिए l सेवाको क्रममा सहकर्मीलाई सङ्क्रमण भएको देख्दादेख्दै पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, सफाईकर्मी, चालक, समाजसेवीहरू आफ्नो काममा खटिरहेका छन् l

सातौँ पाठ –नेपाली समाजमा भ्रम, आतंकित मनस्थिति र संवेदनहीनता देखा पर्यो l नाना हण्डर खाँदै घर फर्किंदा होमबहादुर रानामगरले आफ्नै गाउँछेउ नदीको पुलमा हालिएको छेकबारको कारणले लडेर ज्यान गुमाउनु, जोधीराम गोडियाले क्वारेन्टिनमा एक गिलास पानीसम्म खान नपाई मृत्युवरण गर्नु, औषधि किनेर फर्किएका व्यक्तिले बन्दाबन्दी उल्लङ्घन गरेको अभियोगमा कुटाइ खानु – यी असहिष्णुताका प्रतिनिधि घटना हुन् l कताकति स्वास्थ्यकर्मीलाई डेरामा बस्न नदिने घटना पनि देखिए l बिनाकारण सेवा र सामानमा मूल्य बढाउने जमर्को, कोरोना भित्रिन्छ भन्दै तरकारी/फलफूल बहिष्कार गर्ने काम पनि भए l सरकारको निर्देशन र अनुरोधविपरित सङ्कटको समयमा महसुल भुक्तानी नभएको भन्दै फोन सेवा बन्द गरेको पनि भेटियो; अरु त अरु सरकारी स्वामित्वको नेपाल टेलिकमले समेत फोन नै नगरे पनि “नियम” अनुसार मासिक न्यूनतम शुल्क असुलिरह्यो l

आठौँ पाठ –हवाईजहाज चढेर आउने र पैदल हिँडेर आउनेप्रति भएको वर्गभेदी व्यवहारले देशको समाजवादउन्मुख संविधानलाई गिज्याउन पुग्यो l परिपक्कता प्रदर्शनमा हामी चुक्यौं l सुरक्षित रूपमा उहानमा रहेका खान पुग्ने नेपालीलाई देशको खर्चमा “उद्धार” गर्ने सरकार सीमामा अलपत्र परेका खानलाउन नपुग्ने देशवासीलाई “तगारो” लगाउन पुग्यौँ l सबैभन्दा कठिनाईमा परेका विपन्न नेपाली भगुवाको शैलीमा शहर छोडी गाउँ फर्किंदा, महाकालीमा पौडी खेलेर घर फर्किंदा, रातिराति सीमा पार गरेर नेपाल आउँदा हामीले उनीहरूलाई आर्थिक राहत, कूटनीतिक प्रयास, भौतिक सहयोगद्वारा नेपाली हुनुको आत्मसम्मान दिन सकेनौँ l कोरोना व्यवस्थापनको हाम्रो नीति मुख्यतः अनिर्णित, ढुलमुले र निष्प्रभावी रह्यो l


सबैभन्दा कठिनाईमा परेका विपन्न नेपाली भगुवाको शैलीमा शहर छोडी गाउँ फर्किंदा, महाकालीमा पौडी खेलेर घर फर्किंदा, रातिराति सीमा पार गरेर नेपाल आउँदा हामीले उनीहरूलाई आर्थिक राहत, कूटनीतिक प्रयास, भौतिक सहयोगद्वारा नेपाली हुनुको आत्मसम्मान दिन सकेनौँ l कोरोना व्यवस्थापनको हाम्रो नीति मुख्यतः अनिर्णित, ढुलमुले र निष्प्रभावी रह्यो l


अबको बाटो

हामी पहिलेभन्दा बढी अप्ठेरोमा आइपुगेका छौँ l कमजोरी हटाएर अघि बढ्न आवश्यक छ l प्राथमिकतामा बहुसंख्यक नेपालीको मानसिक स्वास्थ्य सहितको जनस्वास्थ्य, खाद्यसुरक्षा, नजिकिएको गर्मी र वर्षाले ल्याउनसक्ने विपत् न्यूनीकरण र व्यवस्थापन हुनुपर्छ l कृषि, उद्योग, निर्माण कार्य र पीडित वर्गलाई रोजगारी सिर्जना गर्नमा हाम्रो सारा प्रयास केन्द्रित हुनुपर्छ l देशको भएभरको स्रोत दश हजार व्यक्तिलाई भेन्टिलेटर व्यवस्था गर्नमा हैन दशौँ लाख प्रभावित व्यक्तिको न्यूनतम व्यवस्थापनमा लगाउनु पर्छ l

साथै, तत्कालीन र दीर्घकालीन हिसाबले पनि भैपरी आउने समस्या हल गर्न सरकारी सेवाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, भूतपूर्व सुरक्षाकर्मी, अन्य स्वयंसेवकहरूमध्येबाट छरितो उद्धार समूह (र्यापिड रेस्पोन्स टिम) गठन गर्न आवश्यक छ l त्यस्तै, यातायातका पास जस्ता सुविधा र राज्यबाट उपलब्ध गराइने राहत सेवा न्यूनतम आवश्यकता पूर्तिको आधारमा उपलब्ध गराइने व्यवस्था अवलम्बन गरिनुपर्छ l

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.