आजदेखि वर्षा कम हुँदै जाने
काठमाडौँ – मनसुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
देशभर मनसुनी वायुको प्रभाव बिहीबार पनि कायमै रह्यो । मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरे पनि पूर्वमा नेपाल नजिक रहेको छ । जसका कारण बदली जारी रहेको हो ।
मौसमविद् मानन्धरका अनुसार मौसम शुक्रबारबाट खुल्न थाले पनि तत्काल सुधार हुने छैन । एक–दुुई दिनको सुधारपछि फेरि अर्को मौसमी प्रणालीले वर्षा गराउने सङ्केत देखिएको उनले स्पष्ट पारिन् ।
वर्षा न्यूून हुँदै गए पनि देशभर आंशिकदेखि सामान्य बदलीका साथ हल्कादेखि मध्यम वर्षा हुने क्रम निरन्तर छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा जारी छ । आगामी तीन दिन यी क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावनासमेत औँल्याइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’