सीतापाइला एसिड प्रहार प्रकरण : अर्को केटा मन पराएको भन्दै एसिड प्रहार

काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहमद आलम र सोही स्थान बस्ने मुन्ना मोहमद हुन् । मुन्ना भारतीय नागरिक हुन् । उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
दही किन्न भनि डेराबाट बाहिर निस्केकी ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी ती युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको थियो ।
महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले उनको मुखमा एसिड परेको र कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु