बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकको “चाडपर्व विशेष कर्जा योजना”, घर कर्जा ८.२५%, व्यक्तिगत कर्जा ९.५५% ब्याजदरमा उपलब्ध

बिहीबार, ०८ साउन २०७७, २१ : १८
बिहीबार, ०८ साउन २०७७

काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै “चाडपर्व विशेष कर्जा योजना” ल्याएको छ ।

यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा”, आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रयोजनको लागि “व्यक्तिगत कर्जा”, योजना ल्याएको छ । 

यहि आउँदो श्रावण १५ देखि कार्तिक १४ सम्म लागु हुने यस कर्जा योजनामा घर कर्जा ८.२५% , साना तथा मझौला उद्योग कर्जा ८.२५%,  गाडी कर्जा ९.५५%, मोटरसाइकल कर्जा १०.५५% तथा व्यक्तिगत कर्जा ९.५५% ब्याजदरमा उपलब्ध हुनेछ । 

यस चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क ०.५०%  मात्र हुने साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लोन स्वेप गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुनेछ ।

यस योजनामा सहभागी हुने ग्राहकहरुलाई क्रेडिट कार्ड लिदा ५०.००% छुट समेत उपलब्ध हुनेछ । यस कर्जा योजनाबाट ग्राहकहरुलाई भरपुर फाइदा पुग्ने तथा आउँदै गरेको चाडपर्वहरुमा थप खुसियाली थपिने छ भन्ने बैंकले विश्वास लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप