शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघको चुनाव स्थगित, अर्को मिति अनिश्चित

बिहीबार, ०८ साउन २०७७, १८ : ४७
बिहीबार, ०८ साउन २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएको छ । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले साउन २६ र २७ गतेका लागि घोषणा गरिएको साधारणसभा स्थगित गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्  ।

महासंघको बिहीबार बसेको कार्यसमिति बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत भएको १५ दिनभित्र साधारणसभा बोलाउनेगरी घोषित साधारणसभा स्थगित गर्ने निर्णय गरेको समितिका एक सदस्यले बताए । तर मन्त्रिपरिषद्को निर्णय अनिश्चित रहेकोले महासंघको चुनाव पनि अनिश्चित बनेको छ । 

सरकारले बिहीबारदेखि लागु हुनेगरी ४ महिनादेखिको लकडाउन अन्त्य गरे पनि हाललाई सभा समारोह तथा लामो दूरीका सवारीसाधन सञ्चालन गरेको छैन । सोही कारणले हालसम्म सरकारले साधारणसभाको स्वीकृति नदिएको हुनसक्ने कार्यसमिति बैठकले निष्कर्ष समेत निकालेको छ । 

यद्यपि साधारणसभा स्थगित गर्ने विषयमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार तथा हालका कार्यसमितिका उपाध्यक्ष चन्द्र ढकाल पक्षको असहमति रहेको बताइन्छ । तर, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष लगायत बहुमत पदाधिकारीले चुनाव स्थगित गर्ने पक्षमा देखिएपछि महासंघले यस्तो निर्णय गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप