शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, ०८ साउन २०७७, १५ : ५६
बिहीबार, ०८ साउन २०७७

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  बिहीबार गरिएको परिक्षणमा ५ महिला र २१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमण हुनेमा कञ्चनपुर बेलौरी का ८ वर्षीया बालिका र २१ वर्षीया महिला गरी २,४६,३१, ३५ वर्षका ३ पुरुष, कञ्चनपुर बेल्डाडीका २३, २१, २२, २६, २६, ३९, २७, २८ वर्षीय पुरुष र ८ वर्षका बालक समेत रहेका छन । त्यसैगरी कञ्चनपुर शुक्लाफाटा का १४, ३२, २१ वर्षका ३ महिला र ३८, ३४, २४, ३५, २१, २४, २१, २३, ३२, २२ वर्षका १० पुरुष गरी २६ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप