रकम लुटिएको नाटक गर्नेसहित तीन पक्राउ

जनकपुर । धनुषा प्रहरीले लुटिएको भनिएको रकमसहित त्यसमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बुधबार करिब ४ लाख रुपैयाँ लुटिएको सुचनापछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । कमला नगरपालिका वडानम्बर २ बस्ने २० वर्षीय धिरजकुमार अधिकारीले बैंकमा जम्मा गर्न लागेको रकम पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटेको बताएपछि उनीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित कपिलेश्वर नजिक जलाद पुलमा रहेको टिभिएस सोरुममा कार्यरत ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
सोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरको एक बैँक खातामा जम्मा गर्न आउने क्रममा धिरजले अज्ञात समुहले रकम लुटेर भागेको बताएका थिए । पक्राउ पर्नेमा धिरजसहित
धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ७ स्थित ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने २१ वर्षीय छोटु झा छन् ।
उनीहरु तीनै जनाले सोरुमलाई झुक्याएर रकम बाडफाड गर्ने सहमती गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले लुटिएको भनिएको छोटु झाको घरमा लुकाई राखेको अवस्थामा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट
-
करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का