शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एयरलाइन्सहरुको आन्तरिक तयारी तिव्र

बिहीबार, ०८ साउन २०७७, १५ : २१
बिहीबार, ०८ साउन २०७७

काठमाडौं । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तिव्र पारेका छन् ।  लकडाउन अघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन् । संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन् ।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न आग्रह गरे । सम्पूर्ण सुरक्षाका उपाय आफुहरुले अपनाएकाले ढुक्क भएर यात्रा गर्न उनले आग्रह गरे । उनले भने, ‘प्यासेन्जर ढुक्क भए हुन्छ । सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ । मास्क, स्यानिटाइजर, डिसइन्फेक्सन भएको जहाजमा चढ्दा कोभिडको हिसाबले कुनै असुरक्षा हुने अवस्था छैन् ।’

कोभिड अगाडीको अवस्था भन्दा अहिले १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको छ । सुरक्षा जाँच देखि लिएर सम्पूर्ण प्रोटोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको हो । यात्रुहरुले कोभिड अगाडी कै मूल्यमा विमानमा यात्रा गर्न पाउने उनले बताएका छन् ।

यति एयरलाइन्सले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उनले बताए । विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, चेक इन गर्दा १ सय दशमलव ४ डिग्रीभन्दा बढी तापक्रम भएमा यात्रा प्रतिबन्ध लगाइने गरि यसअघि नै प्राटोकल बनिसकेको छ । कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएमा यात्रा गर्न नपाइने भएको छ ।

यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरु निषेध गर्दै शौचालय प्रयोगमा पनि पूर्ण निषेध गरिएको छ । यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्यानीटाइटर प्रयोग गर्नुपर्ने छ । कुकुर बिरालो जस्ता कुनै पनि घर पालुवा जनावर ओसार पोसार गर्न पाइने छैन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप