किसानले पाए प्रतिफलमा आधारित प्रोत्साहन रकम
चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो ।
मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए ।
प्रतिहेक्टर रु छ हजारका दरले भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका किसानलाई रु ३५ लाख ३२८ रकम हस्तान्तरण गरिएको उनले बताए । विगतमा गरिएको खेतीका आधारमा किसानलाई रकम उपलब्ध गराइएको हो । लाभान्वित समूहबाट ६६, सहकारीबाट ५४ र उद्यमीबाट ४६ किसानले अनुदान रकम प्राप्त गरेका छन् ।
केराखेती गर्ने किसानलाई प्रतिफलका आधारमा अनुदान गर्ने योजना रहेको परियोजनाका कार्यान्वयन प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले जानकारी दिए । उनले किसानलाई व्यावसायिकरूपमा केराखेतीमा लाग्न आग्रहसमेत गरे । “पछिल्लो समय किसानको आकर्षण बढ्दो छ”, उनले भने, “किसानलाई स्थापित हुने खालका कार्यक्रम परियोजनामार्फत ल्याएका छौँ ।”
सो अवसरमा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले केरा व्यवसायीले गरेको मेहनतको फलस्वरुप अनुदान रकम हस्तान्तरण गर्न पाउँदा खुशी भएको बताए । नगरपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अझै केराको विस्तार गर्दै जान किसानलाई आग्रह गरे । खेतीयोग्य जमीनको संरक्षण गर्दै कृषि उत्पादन बढाउन नगरपालिकाले ध्यान केन्द्रित गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै