बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य फेरि बढ्यो, तोलामा ९४ हजार ५०० पुग्यो

बिहीबार, ०८ साउन २०७७, ११ : २३
बिहीबार, ०८ साउन २०७७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार फेरि ५०० रुपैयाँले बढेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्यमा यो हालसम्मै उच्च हो । 

बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा ११४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी तोलामा ११३५ रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप