बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् कंगना रनौतसँग जोडिएका ठूला विवाद

बिहीबार, ०८ साउन २०७७, ११ : ००
बिहीबार, ०८ साउन २०७७

एजेन्सी – फिल्मभन्दा बढी फिल्म क्षेत्रका विषयलाई लिएर आवाज उठाएका कारण चर्चामा रहने अभिनेत्री कंगना रनौतले कतिपय समयमा अभिनेता तथा अभिनेत्रीमाथि लगाएको आरोप र अनावश्यक बयान पनि दिएकी छिन् । 

त्यति मात्र होइन कंगना केही सम्बन्धका कारण पनि विवादमा आइन् । कहिले कंगनाको नाम आदित्य पञ्चोलीसँग जोडियो भने कहिले सुपरस्टार ऋतिक रोशनसँग । 

फिल्म उद्योगमा डेब्यु गरेपछि कंगनाको नाम करिब २० वर्ष जेठो उमेरका आदित्य पञ्चोलीसँग जोडियो । दुवै प्रायः सञ्चार माध्यममा एकसाथ देखिन थाले । तर, पाँच वर्षपछि दुवैको सम्बन्ध सकियो । तर, सम्बन्ध सकिएपछि एक अर्कालाई आरोप र प्रत्यारोप गर्न थाले । केही समय अघि मात्रै कंगनाले पञ्चोलीविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । 

आदित्य पञ्चोलीपछि कंगनाको नाम शेखर सुमनका छोरा अध्ययन सुमनसँग जोडियो । दुवैले सम्बन्ध सकाए तर विवाद उस्तै भयो । कंगनाले अध्ययनमाथि जादुटुना गरेको आरोप लगाएकी थिइन् । 

अध्ययन सुमनपछि कंगनाको नाम ऋतिक रोशनसँग जोडियो । यो सम्बन्धको अन्त्य पनि निकै ठूलो विवादसँग नै भयो । उनीहरुको सम्बन्धको विवाद अदालतसम्म पुगेको छ । उनीहरु मुद्दा लडिरहेका छन् । 

यस्तै, नेपोटिज्मको विरुद्ध खरो भएर लागेको कंगनाको करण जौहरसँग पनि थुप्रैपटक विवाद भइरहन्छ । कंगनाले करणको शो ‘कफि विथ करण’ मा करणलाई विभिन्न आरोप लगाएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप