शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – इजिप्टमा बम बिस्फोट, ८८ जनाको मृत्यु

बिहीबार, ०८ साउन २०७७, ०७ : २३
बिहीबार, ०८ साउन २०७७

आज जुलाई २३ । सन् २००५ मा इजिप्टको पर्यटकीय शहर सर्म अल सेखमा (समून्द्री किनारमा अवस्थित) बम बिस्फोट हुँदा ८८ जना मारिए भने १ सय ५० जना घाइते भए । इजिप्टको क्रान्ति दिवसका दिन सार्वजनिक विदाको अवसर यो बिस्फोट गराइएको थियो । र, इजिप्टको अर्थतन्त्रको प्रमुख हिस्सा पर्यटन क्षेत्रलाई अवरोध पु¥याउने यसको लक्ष्य थियो ।

जसअन्तर्गत वर्ल्ड मार्केटमा पहिलो बिस्फोट भएको थियो भने त्यसपछि नामा बेइमा दुईवटा बिस्फोट भए । एक होटलमा ठूलो क्षति भयो ।

यस घटनापछि निरीक्षणका लागि गएका इजिप्टेली राष्ट्रपति होस्नी मुबारकले आतंकवादसँगको लडाइँ निरन्तर रहने घोषणा गरे । आक्रमणपछि प्रहरीले धेरैलाई पक्राउ ग¥यो ।

यस घटनामा अधिकांश इजिप्टकै नागरिक र केही विदेशीको पनि मृत्यु भएको थियो । हनिमुनमा रहेका ३४ वर्षीय एक इटालियन र चेक गणतन्त्रका अर्का उक नागरिकको पनि मृत्यु भयो । कम्तिमा २० विदेशी पर्यटक यस घटनमा घाइते भएका थिए ।  सन् २०१७ मा सिनाईमा ३ सय ३२ जनाको ज्यान लिनेगरी मस्जिद आक्रमण हुनअघि यो घटना नै इजिप्टमा भएको सबैभन्दा ठूलो आतंकवादी बिस्फोट थियो ।

अन्य घटनाक्रम

सन् १९७४– ग्रिसमा सैन्य शासन समाप्त भयो र पूर्व प्रधानमन्त्री कौन्सटैनटाइन कारमनासिलाई दोस्रोपटक सत्ता सम्हाल्ने अवसर मिल्यो ।

सन् १९८३– आजैका दिन एलटिटीई विद्रोही अर्थात् तमिल टाइगर्सले श्रीलंकामा विद्रोह थाल्यो, सरकारविरुद्ध २६ वर्षसम्म चलेको गृहयुद्धमा हजारौँ मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप