डब्ल्यूएचओले भन्यो, ‘२०२१ अघि भ्याक्सिन बन्ने आशा छैन’: ब्राजिलका राष्ट्रपतिको तेस्रो परीक्षण पनि पोजेटिभ

संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डोमिटर्सका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६ सय ३२ ठिक भइसकेका छन् भने ६ लाख २३ हजार ५ सय ७६ को मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार सन् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएका छन् । संगठनले भनेको छ, ‘यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको सुरुवाती अघि आशा गर्न सकिँदैन । ’
डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन बन्न थोरै अबेर भएपनि सुरक्षा मानकमा कुनै कमी हुन नहुने बताएका छन् ।
उता ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यद्यपि, उनको स्थिती अहिले सुधारोन्मुख रहेको छ । राष्ट्रपतिको सञ्चार मन्त्रालयले २१ जुलाईमा उनको परीक्षण गरेको जानकारी दिएको थियो । यसअघि १४ जुलाईमा पनि भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । बोल्सोनारोले जुलाई ७ मा कोरोनाको हल्का लक्षण पाइएको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ राष्ट्रका खेलाडी
-
नवराज सुवेदीको ‘नजरबन्द’ हट्यो
-
दक्षिण पूर्वी एशियाबाट आउने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१ प्रतिशत ट्यारिफ
-
ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेका छन्: प्रचण्ड
-
प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
-
तीन हजार भन्दा बढी करदाताले बुझाएनन् विवरण