शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपद्मा परी कर्णालीमा २५ को मृत्यु

बुधबार, ०७ साउन २०७७, २० : ०७
बुधबार, ०७ साउन २०७७

विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार÷चार जना तथा कालीकोट र सुर्खेतमा दुई÷दुई जनाको मृत्यु भएको छ । हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । 

प्राकृतिक विपद्का कारण यस अवधिमा करिब रु छ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप