अपहरणको नाटक गरी होटलमा युवतीसँग बस्दै आएका व्यक्ति पक्राउ

काठमाडौं । ऋण तिर्नबाट जोगिने उद्देश्यले आफू अपहरणमा परेको नाटक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार गत असार २४ गते काठमाडौं महानगरपालिका–४, चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी बेपत्ता भएका थिए ।
बिहान ६ बजे घरबाट निस्किएका उनी सम्पर्कविहीन भएर अपहरणमा परेको नाटक गरेको प्रहरीको भनाइ छ । महाशाखामा भने उनी अपहरणमा परेको भनेर यही साउन २ गते जानकारी गराइएको थियो । अपहरणमा परेको सूचनापछि खोजी गर्दा उनी काठमाडौंको नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीका साथ बसेको अवस्थामा फेला पारिएको महाशाखाले जनाएको छ ।
जग्गा व्यवसाय गर्छु भनेर कयौंसँग उनले करोडौँ रुपैया लिएको र पैसा तिर्नु नपरोस् भनेर आफू अपहरणमा परेको नाटक गरेको प्रारम्भिक बयान रेग्मीले दिएको प्रहरीको भनाइ छ । अपहरणमा नपरीकनै प्रहरीलाई झुटो सूचनामार्फत हैरानी दिइ राज्यका स्रोत–साधनको दूरुपयोग गराएकाले आवश्यक कारवाहीका लागि उनलाई सम्बन्धित कार्यालयमा पठाइएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ