केन्द्रीय संस्करण
सन्दर्भ : पुष्पलाल स्मृतिदिवस

पुष्पलाललाई गरिएको ‘डिथ्रोन’ले भट्किएको नेपाली कम्युनिष्ट आन्दोलन

अराजनीतिक आधारमा पुष्पलालमाथि गरिएको अन्यायलाई यसरी सच्याइनुपर्छ

person explore access_timeसाउन ७, २०७७ chat_bubble_outline0

नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष हुन् पुष्पलाल । पुष्पलाल हुँदैनथे भने अरु कोही व्यक्ति निस्कन्थे वा आउँथे त होलान् । राजनीतिमा उनको उपस्थिति र भूमिकाले नै नेपालमा कम्युनिस्ट संगठन विस्तारका लागि उत्प्रेरक (क्याटालिष्ट) को काम गर्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालको आगमन पनि बडो रोचक छ । उनी अहिलेको जस्तो बनिबनाउ, तयारी संरचनाभित्र आफ्ना रुचि र स्वार्थ पूरा गर्ने ढंगले नेतृत्वमा आएका व्यक्तित्व होइनन् । उनी स्वयं कम्युनिष्ट पार्टीको गठन गरेर, विशुद्ध वैचारिक प्रष्टता ल्याउँदै राजनीतिमा आएका हुन् ।

नेपालमा मार्क्सवाद

सन् १९४७ को कुरो हो, काल मार्क्स र एंगेल्स लिखित कम्युनिस्ट पार्टीको  घोषणापत्र पुष्पलालले अनुवाद गरेपछि नेपालमा पहिलो पटक नेपाली भाषामा कम्युनिस्ट साहित्य भित्रिन्छ । सामान्य रुपमा सोच्दा कम्युनिष्ट घोषणापत्रको नेपाली भाषामा अनुवाद गरेर पुष्पलालले त्यस्तो के उत्पात योगदान गरे भन्ने लाग्न सक्छ । तर रोचक कुरा के छ भने, त्यो अनुवादको भूमिकामा उनले नेपाली कम्युनिष्ट आन्दोलनको भावी रुपरेखा प्रस्तुत गरेका छन् । मेट्रिक मात्रै पास गरेका  २५ वर्षे अल्लारे उमेरका ठिटाले आफ्नो फराकिलो वैचारिक क्षितिजको प्रदर्शन गर्दै त्यसमा तत्कालीन नेपालको सामाजिक आर्थिक व्यवस्थाको चित्रण, राजनीतिक व्यवस्थाबारेको प्रगतिशील विवेचनासहित साम्यवादी समाजसमेतको परिकल्पना गरेका छन् ।

घोषणापत्रको अनुवाद प्रकाशित भएको दुई वर्ष पछाडि नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुन्छ । राणाहरूको निरंकुश शासनको उत्कर्ष बेलामा कम्युनिष्ट अभियानलाई संगठित गर्न उनले गरेको संरचना आकारमा सानो तर एउटा विशाल सन्देशसहित नेपालको भावी राजनीतिको खाका कोर्ने एउटा महान सुरुवात थियो । त्यस अनुवादको भूमिकामा नेपाली समाजको चरित्र र त्यसको गन्तव्यको प्रक्षेपण पनि छ ।


घोषणापत्रको अनुवाद प्रकाशित भएको दुई वर्ष पछाडि नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुन्छ । राणाहरूको निरंकुश शासनको उत्कर्ष बेलामा कम्युनिष्ट अभियानलाई संगठित गर्न उनले गरेको संरचना आकारमा सानो तर एउटा विशाल सन्देशसहित नेपालको भावी राजनीतिको खाका कोर्ने एउटा महान सुरुवात थियो । त्यस अनुवादको भूमिकामा नेपाली समाजको चरित्र र त्यसको गन्तव्यको प्रक्षेपण पनि छ । यसैको अनुपालनाको क्रममा घोषणापत्रसहित नेपाल कम्युनिष्ट पार्टीको गठन नेपालको राजनीतिक क्षितिजमा एउटा युगान्तकारी कदम थियो । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्रको भूमिका र नेकपाको घोषणापत्रमा कोरेका सैद्धान्तिक–वैचारिक प्रावधानहरुकै मियोमा मूलतः नेपाली कम्युनिष्ट आन्दोलन  आज पनि अघि बढिरहेको छ । त्यसो भन्नु अतिशयोक्ति नहोला ।यसको यो अर्थ यस बीचमा सामयिक सुधार भएको छैन या त्यसमा थोर बहुत विकास र प्रष्टता ल्याउने काम भएकै छैन भन्ने होइन ।

सात सालको राजनीतिक परिवर्तनपछि राजनीतिक दलहरु खुला भए । प्रजातान्त्रिक राजनीतिक प्रणाली स्थापना गर्ने दिशामा मुलुक अघि बढिरहँदा कम्युनिष्ट पार्टी पनि आफ्ना गतिविधिहरू तेज गर्दै थियो  । स्थापना यता छोटो समयमात्रै भएको थियो, तर पुँजीवादी शक्तिको रुपमा स्थापित नेपाली कांग्रेसलाई वैचारिक रुपमा सशक्त  चुनौती दिनसक्ने शक्तिको रुपमा नेपाल कम्युनिष्ट पार्टीले इतिहासमा आफूलाई दर्ज गराउन सफल भइसकेको थियो । सांगठनिक रुपमा सानो भए पनि सशक्त वैचारिक–सैद्धान्तिक प्रभावसहितको उपस्थितिले मुलुकले एउटा  तरङ्ग अनुभव गरिसकेको  थियो ।

ठीक त्यहीबेला अर्थात् २००८ सालमा पुष्पलाललाई पार्टीको महासचिवबाट हटाउने काम हुन्छ– उग्रवामपन्थी भएको आरोपमा । सम्भवतः सातसालको परिवर्तनपछि त्रिभुवनको ‘क्रान्तिमा योगदान’ को रमरममा रमाइरहेको तत्कालीन राजनीतिक परिवेशमा पुष्पलालले अघि सारेको गणतन्त्रको नाराकै कारण पुष्पलाललाई उग्रवामपन्थी आरोपित गर्न पुगेका हुन् । रोचक कुरा चाहिँ के छ भने सात सालको परिवर्तनपछि राजा त्रिभुवनले जारी गरेको घोषणा आफैंमा चाहिँ ‘संविधान सभाको निर्वाचनबाट गणतन्त्रात्मक  राज्य प्रणाली निर्माण गर्ने’ कुरा प्रतिविम्बित छ । त्रिभुवन स्वयंले गणतन्त्रात्मक राज्य व्यवस्थाभित्र जाने भनेर घोषणा गरिसकेको परिप्रेक्ष्यमा पुष्पलालले अघि सारेको ‘गणतन्त्रको नारा’लाई दोष दिँदै उनलाई उग्रवामपन्थी आरोपित गर्नु आफैंमा उदेकलाग्दो थियो ।


ठीक त्यहीबेला अर्थात् २००८ सालमा पुष्पलाललाई पार्टीको महासचिवबाट हटाउने काम हुन्छ– उग्रवामपन्थी भएको आरोपमा । सम्भवतः सातसालको परिवर्तनपछि त्रिभुवनको ‘क्रान्तिमा योगदान’ को रमरममा रमाइरहेको तत्कालीन राजनीतिक परिवेशमा पुष्पलालले अघि सारेको गणतन्त्रको नाराकै कारण पुष्पलाललाई उग्रवामपन्थी आरोपित गर्न पुगेका हुन् । रोचक कुरा चाहिँ के छ भने सात सालको परिवर्तनपछि राजा त्रिभुवनले जारी गरेको घोषणा आफैंमा चाहिँ ‘संविधान सभाको निर्वाचनबाट गणतन्त्रात्मक  राज्य प्रणाली निर्माण गर्ने’ कुरा प्रतिविम्बित छ ।


त्यसबाहेक, पुष्पलाल माथि लागेको एउटा गौण आरोप उनी ‘कम पढेलेखेका’ भन्ने पनि थियो । खासमा, त्यसबेला  मनमोहन तुल्सीलाल जस्ता उच्च अध्ययन गरेका मानिसहरु पार्टी नेतृत्वमा आइसकेको स्थितिबीच पुष्पलाल जस्ता तुलनात्मक रुपमा कम शैक्षिक योग्यता भएका मानिसले कसरी नेतृत्व गर्न सक्छ भनेर भित्रभित्र कान फुक्ने काम भइरहेको थियो । आजको हाम्रो राजनीतिमा व्यापक प्रयोग भइरहेको कान फुक्ने प्रवृत्ति त्यसबेला पनि जब्बर रुपमा विद्यमान थियो ।

शैक्षिक योग्यतालाई आधार बनाएर उनलाई महासचिवबाट हटाइएको हो भने त्यो पनि निरर्थक देखिन्छ । माथि भनिएका कृतिमा अभिव्यक्त विचारलाई हेर्दा उनको वैचारिक–सैद्धान्तिक ज्ञानको धरातल समकालिकहरुमा अद्वितीय रुपमा श्रेष्ठ थियो थियो, कसैले नकार्ने स्थिति छैन । इमान्दार भएर भन्ने हो भने त्यतिखेर पुष्पलालसमानको वैचारिक–सैद्धान्तिक स्तरका कुनै अर्को दोस्रो नेता नै थिएन। उनले अघि सारेका प्रस्तावनाहरुलाई आजको मितिसम्म आइपुग्दा पनि अवमूल्यन गर्न सक्ने आधारहरु देखापर्दैन । उनको अर्को विशेषता विचारअनुरुप रुपान्तरण भएको नेता पनि हो ।

वास्तवमा, पुष्पलाल त्यतिखेर असैद्धान्तिक आरोपहरु र कान फुकाइको शिकार बने । उनलाई महासचिव पदबाट गलत र अप्राकृतिक ढंगले हटाउने जुन कदम उठाइयो, त्यो पूर्णतः अराजनीतिक नै थियो । वास्तवमा, पुष्पलाललाई पदच्यूत गर्ने त्यो कदमबाटै नेपाली कम्युनिष्ट आन्दोलनले मूलबाटोबाट भट्किने प्रक्रियाको थालनी भयो ।

राजतन्त्रको विषालु प्रभाव

२००७ सालको परिवर्तनपछि आलंकारिक राजतन्त्र सक्रिय राजतन्त्रमा रुपान्तरण हुन खोज्दै थियो । गणतन्त्रको नाराको मूल प्रहारको निशाना   सक्रिय हुन खोजिरहेको राजतन्त्र बन्ने पक्का थियो । यो पृष्ठभूमिमा,  पुष्पलालले अघि सारेको गणतन्त्रको नारालाई लिएर उनलाई ‘उग्रवामपन्थी’ आरोपित गर्दै बहुमतको बलमा महासचिवबाट पदच्यूत गर्ने घटना आफैंमा प्रश्नचिन्हको घेराभित्र रहन्छ । कतै कम्युनिष्टको आवरणमा पार्टीभित्र घुसेका राजतन्त्रलाई पक्षपोषण गर्नेहरुले नै त पुष्पलाललाई प्रहारको निशाना बनाएका त थिएनन् ? त्यसबेला पुष्पलाललाई आरोप लगाउनेहरुमध्ये अधिकांश पछि राजतन्त्रवादीमा रुपान्तरण भएको घटनाले स्वतः प्रश्न उब्जन्छ ।


२००७ सालको परिवर्तनपछि आलंकारिक राजतन्त्र सक्रिय राजतन्त्रमा रुपान्तरण हुन खोज्दै थियो । गणतन्त्रको नाराको मूल प्रहारको निशाना   सक्रिय हुन खोजिरहेको राजतन्त्र बन्ने पक्का थियो । यो पृष्ठभूमिमा,  पुष्पलालले अघि सारेको गणतन्त्रको नारालाई लिएर उनलाई ‘उग्रवामपन्थी’ आरोपित गर्दै बहुमतको बलमा महासचिवबाट पदच्यूत गर्ने घटना आफैंमा प्रश्नचिन्हको घेराभित्र रहन्छ । कतै कम्युनिष्टको आवरणमा पार्टीभित्र घुसेका राजतन्त्रलाई पक्षपोषण गर्नेहरुले नै त पुष्पलाललाई प्रहारको निशाना बनाएका त थिएनन् ?


त्यसो त राजतन्त्रको घूसपैठ मात्रै त्यसका निर्णायक पक्ष नहुन पनि सक्छ । खासगरी, भरखरै भरखरै उदाउँदो पार्टीबाट गणतन्त्रको कार्यनीतिक नारा अघि बढाउन सम्भव नहुने डर वा भयले पनि काम गरेको हुन सक्छ । त्यसबाहेक, राणाहरूबाट भर्खर छुट्याएको देशलाई अब केही समय राजालाई पनि साथ दिनुपर्छ भन्ने मनोविज्ञानले नजानिँदो ढंगले काम गरेको हुनुपर्छ ।

अन्तर्य जेहोस्, पुष्पलाललाई पदबाट हटाउने कामले राजतन्त्रलाई बलियो बनाउने काम गर्यो । २०१० सालमा पहिलो महाधिवेशनमा आइपुग्दा वैधानिक राजतन्त्रलाई मान्ने भन्ने निर्णय नै गरिएको छ । दोस्रो महाधिवेशनमा नेतृत्वमा केशरजंग रायमाझीको नेतृत्वमा स्थापना भयो । घटनाक्रमलाई हेर्दा २०१७ साल ल्याउनको लागि कतै त्यसबेलादेखि नै पृष्ठभूमि निर्माण गरिन पो थालिएको थियो कि भन्ने सोच्ने आधार प्रदान गर्छ ।  सम्भवत: त्यसका लागि भावभूमि तयार गर्दै लैजाने वातावरण निर्माण गरिएको थियो । 

पुष्पलाललाई २००८ सालमा पदच्यूत गरिएपछि पुष्पलालले स्थापना गरेको ‘कम्युनिष्ट आन्दोलनको आदर्शलाई अगाडि बढाउनुपर्छ’ भन्ने धार कमजोर भयो । गणतन्त्र, कम्युनिष्ट आदर्श, सिद्धान्तहरु देखाउने कुरा मात्रै भए, पार्टी नेतृत्वमा छकापन्जा जान्नेहरू नै हावी भए ।

पुष्पलाललाई पदच्यूत गर्न विदेशी शक्ति पनि लागेका हुन् कि भन्ने आशंका गर्ने आधार पनि देखिन्छ ।

तत्कालीन सोभियत रुस र चीनबीच चलेको महान विवादको असर विश्वभरि परिरहेको थियो र विश्व कम्युनिष्ट आन्दोलन विभिाजित अवस्थामा पुगेको थियो । भारतको कम्युनिष्ट पार्टीभित्र पनि सोही सवाललाई लिएर द्वन्द थियो । सोहीक्रममा भारतीय कम्युनिस्ट पार्टीभित्र रणनीतिक परिवर्तन पनि भएको छ ।  त्यो स्थितिमा भारतीय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी भएर शैलेन्द्रकुमार उपाध्याय फर्किन्छन्  र पुष्पलाललाई पदच्यूत गरिन्छ । भाकपामा आएको परिवर्तनको धारासँग सायद पुष्पलाल सहमत थिएनन् । पुष्पलाल 'अर्ध औपनिवेशिक अर्ध सामन्ती समाज'मा गरिने जनवादी क्रान्तिको पक्षमा थिए, जुन माओका लाइनसँग नजिक थियो । यो पक्ष अध्ययन  अनुसन्धानकै विषय हुन सक्छ ।


आफूले नै जन्माएको कम्युनिष्ट पार्टीभित्र संस्थापक पुष्पलाल प्रताडित हुनुका पछाडि अर्को एउटा फ्याक्टरले पनि काम गरेको देखिन्छ, त्यो हो– जातीयता । पुष्पलाल जातीवादभन्दा माथि उठेका मानिस थिए । कतिसम्म भने, उनले आफ्नो थरसमेत लेख्दैन थिए । जाति विशेषलाई प्राथमिकता दिने होइन, समग्र नेपालीको पक्षधरतासहित श्रमजीवि वर्गसँगको सम्बन्धको चेतनाबोध राख्ने मान्छे हुन् उनी ।


आफूले नै जन्माएको कम्युनिष्ट पार्टीभित्र संस्थापक पुष्पलाल प्रताडित हुनुका पछाडि अर्को एउटा फ्याक्टरले पनि काम गरेको देखिन्छ, त्यो हो– जातीयता । पुष्पलाल जातीवादभन्दा माथि उठेका मानिस थिए । कतिसम्म भने, उनले आफ्नो थरसमेत लेख्दैन थिए । जाति विशेषलाई प्राथमिकता दिने होइन, समग्र नेपालीको पक्षधरतासहित श्रमजीवि वर्गसँगको सम्बन्धको चेतनाबोध राख्ने मान्छे हुन् उनी ।

२००७ साल अगाडि हाम्रो राज्य व्यवस्थाको चरित्रको विश्लेषण गर्दा देखिन्छ– करिब करिब विगत दुई हजार  वर्षको इतिहासमा  क्षेत्रीले कार्यपालिका चलाउने र बाहुनले  विधायिका तथा न्याय प्रशासन हेर्ने बाँकी अरुले अरु काम गर्ने राज्यप्रणाली स्थापित भएको देखिन्छ । कम्युनिष्ट पार्टीको स्थापना र त्यसको सशक्तीकरणले त्यो  राज्य प्रणालीमाथि हस्तक्षेप र प्रजातान्त्रिक रूपान्तरणको थालनी हुँदैथियो । राज्यका काममा अन्य जातजातिमा समेत हस्तान्तरण गर्ने, राज्यसत्ता, पार्टी सत्ताको नेतृत्वबाट बञ्चित तथा सीमान्तकृत गरिएकाहरुलाई  समेत मूलधारमा समावेश गराउने उद्देश्यसहित पार्टी संगठन निर्माणको थालनी हुँदैथियो । त्यसबीचमा जनजाति समुदायबाट आएका, नेवार पुष्पलाललाई महासचिवबाट हटाउने प्रक्रियामा  कार्यकारी पद तथा न्याय सम्पादन प्रशासनमा पनि अनुभव नभएको जातिलाई नेतृत्वमा राख्न नहुने, उनीहरुलाई पछाडि पार्ने मनोविज्ञानले पनि पो काम गरेको त थिएन ?! प्रश्नचिन्ह खड हुन्छ । फलतः पुष्पलाललाई ‘अराजनीतिक तरिका’ले महासचिवबाट हटाउने कामले एकातिर राजावादीहरुलाई  खुसामत गर्ने अवस्था देखियो । अर्कोतिर पार्टीमा भित्रभित्र खास जाति विशेषलाई बलियो र संरक्षित गर्ने काम त भएन ?! पुरा नकार्न सकिँदैन ।

जेहोस्, पुष्पलाललाई महासचिवबाट ‘डिथ्रोन’ गरिएपछि मुलुकले पक्रन खोजिरहेको एउटा अग्रगामी दिशा तर्फको यात्रामा आघात पुग्यो ।

पुष्पलाललाई पदच्यूत गरिएपछिको कम्युनिष्ट आन्दोलन

पुष्पलाललाई हटाइसकेपछि  कम्युनिष्ट आन्दोलनमा बिस्तारै बिस्तारै राजावादीहरु हावी भएको देखिन्छ ।

१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्थाको हत्या गरे र शासनसत्ता आफ्नो हातमा लिए । त्यस घटनापछि पनि उनी राजनीतिमा एउटा परिपक्व नेताका रुपमा देखिए ।

१७ सालको काण्डपश्चात नेपालमा कम्युनिष्ट आन्दोलन विखण्डित अवस्थामा पुगिसकेको थियो । २०१७ सालको काण्डपछि नेपाली कम्युनिष्ट आन्दोलनमा सनक देखा पर्यो । महासचिव रायमाझी दरवारमा पलायन भए ।  उक्त काण्डको सन्दर्भमा भावी दिशा र कदमलाई लिएर मूलतः  दुइटा धार सशक्त रुपमा देखापरे ।   २००७  सालमा उठाएको संविधान सभाको निर्वाचनलाई अगाडि बढाउनुपर्छ भन्दै एउटा धार थियो,  त्यसलाई मोहनविक्रमले नेतृत्व गरे । अर्कोतर्फ १७ सालको काण्डले एउटा सिस्टम नै भताभुङ्ग पारेको अवस्थामा विघठित संसद पुनर्स्थापनाको नारालाई बोकेर देखापर्यो, त्यो शक्ति सन्तुलनलाई हेरेर रणनीति तर्जुमा गर्नु पर्ने वकालत गर्दथ्यो - पुँजीवादी शक्ति, नेपाली कांग्रेस समेतलाई यस रणनीतिमा स्पेस दिनु पर्ने व्यवहारिक तर्क गर्दथ्यो । त्यसको निम्ति विगठित संसदको पुनर्स्थापना उपयुक्त रणनीति मान्दथ्यो । यो धारको नेतृत्व पुष्पलालले गरेका थिए । त्यसबाहेक, अर्को धारको रुपमा रायमाझीहरुको लाइन संसदको पुर्नस्थापना थियो , जसले अप्रत्यक्षतः राजाका स्वार्थलाई सेवा गर्दथ्यो ।।  तर मूलभूत रुपमा अघिल्ला दुई वैचारिक धारका बीचको अन्तरविरोध र संघर्षका बीच तत्कालीन कम्युनिष्ट पार्टी अगाडि बढेको देखिन्छ । यसै बीच सोभियतसंघ र चीन बीचको महा वादविवाद हामीभित्र पनि छिर्यो ।

‘गद्दार’ पुष्पलाल

२०१९ सालमा भएको तेश्रो महाधिवेशन पछि त पार्टी लगभग छिन्न भिन्न भयो । यस अवस्थामा २०२५ सालमा पुष्पलालले तेश्रो राष्ट्रिय सम्मेलन गरे । त्यहाँ उनले आफ्ना सिद्धान्त विचारहरुलाई अझ परिष्कृत गरेर स्पष्ट बनाउँदै संयुक्त जनआन्दोलनको कार्यदिशालाई अघि बढाएका थिए । हाम्रोजस्तो अर्ध औपनिवेशिक अर्धसामन्ती मुलुकमा निरंकुश राजतन्त्र विरुद्धको संघर्षमा विजय हासिल गर्न कम्युनिष्टहरुको शक्ति मात्र पर्याप्त हुँदैन, अरु गैर कम्युनिष्ट वर्गहरुलाई पनि क्रान्तिको अहितमा नजानेगरिकन एक बनाएर अगाडि लानुपर्छ, त्यो बुद्धिमत्तापूर्ण हुन्छ भनेका थिए । त्यसआधारमा राजतन्त्र विरुद्धको संघर्षमा कांग्रेसलाई दुश्मनको कित्तामा राख्नु सही हुन्न, त्यसलाई मित्रशक्तिको रुपमा व्यवहार गरेर अघि बढ्नुपर्ने कार्यनीति पुष्पलालले अघि सारेका थिए । उनले लिएको संयुक्त जनआन्दोलनको यही कार्यदिशाको कारण उनीमाथि कांग्रेसको पुच्छर भएर आरोप लगाउन थालियो । कतिसम्म भने, मोहनविक्रम सिंहहरुले त उनलाई गद्दार नै घोषित गर्न पुगे । त्यसको सिको पछि अरुले पनि गरे ।


पुष्पलालमाथि लागेको त्यो गद्दारको आरोप सही थिएन, गल्ती थियो भन्ने कुरा हिजो उनलाई गद्दार घोषित गर्ने मोहनविक्रम सिंहहरुले नै पछि फिर्ता लिएबाट  पुष्टि हुन्छ । तर त्यो गल्तीले यो बीचमा कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुग्यो, कम्युनिष्ट पार्टीका संस्थापक तथा आजीवन कम्युनिष्ट आदर्श र लक्ष बोकेर निरंकुश राजतन्त्र एवं पञ्चायती शासन व्यवस्थाका विरुद्ध कठिन संघर्षमा जीवन अर्पेका नेताको नाजायज ढंगले हुर्मत लिने काम भयो ।


पुष्पलालमाथि लागेको त्यो गद्दारको आरोप सही थिएन, गल्ती थियो भन्ने कुरा हिजो उनलाई गद्दार घोषित गर्ने मोहनविक्रम सिंहहरुले नै पछि फिर्ता लिएबाट  पुष्टि हुन्छ । तर त्यो गल्तीले यो बीचमा कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुग्यो, कम्युनिष्ट पार्टीका संस्थापक तथा आजीवन कम्युनिष्ट आदर्श र लक्ष बोकेर निरंकुश राजतन्त्र एवं पञ्चायती शासन व्यवस्थाका विरुद्ध कठिन संघर्षमा जीवन अर्पेका नेताको नाजायज ढंगले हुर्मत लिने काम भयो ।

यद्यपि, पुष्पलालले लिएका संयुक्त जनआन्दोलन वा कांग्रेसलाई मित्रशक्ति मानेर सहकार्य गर्ने नीति सही थिए, उनीमाथि लागेको आरोपहरु गलत थिए भन्ने कुरा २०४६ सालको आन्दोलनको सफलताले पुष्टि गर्यो । त्यसो त आज पनि नेपालले भोग्नु परेका संकटहरुलाई सम्बोधन गर्नका लागि दुई तिहाई बहुमत ल्याएको कम्युनिस्ट पार्टीमात्र सक्षम छैन । संकटसँग जुध्नका लागि अरु शक्तिहरुलाई पनि पनि साथमै लिएर जानुपर्ने परिस्थिति छ । यस अर्थमा पनि पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यदिशाले हामीलाई एउटा  कालजयी नेतृत्व गरिरहन सक्छ  जस्तो मलाई लाग्छ ।

नीतिप्रधान पुष्पलाल

पार्टी गठनका प्रक्रियामा पनि पुष्पलाल नेताप्रधान कहिले बनेनन् । यद्यपि आजपर्यन्त पुष्पलालको उचाइका विराट व्यक्तित्व कम्युनिस्ट आन्दोलनभित्र थिएन भन्ने कुरा नकार्न सक्ने अवस्थामा छैन । त्यस्तो विराट व्यक्तित्वका  पुष्पलालले व्यक्ति होइन, नीति प्रधान हुने कुरामा सदैव जोड दिए । कमिटी निर्माणको सन्दर्भमा पुष्पलालले धेरै ठाउँमा ‘स्थानीय जनजाति, दलित, पछौटे जातजातिका मानिस, महिलाहरुलाई यथासक्य कमिटीमा समावेश गर्न  कुनै कसर बाँकी राख्नु हुँदैन भनेर लेखेका छन् ।

सिद्धान्त र आदर्शको जतिसुकै ठूलो बखान छाँटेपनि अझैसम्म नेपालको कम्युनिष्ट आन्दोलनमा द्वैध स्थितिको अन्त्य हुन सकेको छैन । विभिन्न समुदायमा मुलरुपमा द्वैध वर्गीय स्वरुप देखिन्छ । महिला समुदाय भित्रै कुरा गरौँ, त्यसभित्र एउटा सिफनको साडी लाउने अर्को छिटको सारी लाउने गरी महिलाहरु दुई तप्कामा विभाजित छन् । दलित तथा जाति जनजातिकै सवालमा पनि त्यहाँ दुइटा वर्ग छ । सिंगो समुदाय नै विपन्न वर्गको हैसियत राख्ने राउटे, चेपांग मुसहर, दुसहर  जस्ता  जातिहरु पनि समाजमा विद्यमान छन् । सिफनको साडी लाउनेलाई मात्रै रोज्न छोडेर छिटको सारी लाउनेहरुलाई पनि राजनीतिक प्रक्रियामा कसरी सक्रिय बनाउने तथा सीमान्तकृत गरिएका दलित तथा जातजातिहरुलाई मूल प्रवाहमा समावेश गर्ने कुरामा अझै गम्भीर खडेरी देखिन्छ । पार्टी संगठनमा अहिले हेर्दाखेरि संगठनमा पिछडिएका, सीमान्तकृत तुल्याइएकाहरुलाई अगाडि बढाउनेभन्दा पनि मेरो गुटको, मेरा मान्छेले प्रधानता पाइरहेको दुःखद परिदृश्य देखापर्छ । पुष्पलाल यो किसिमको दलदलका विरुद्धमा थिए, त्यसभन्दा माथि उठेका नेता थिए ।


सिफनको साडी लाउनेलाई मात्रै रोज्न छोडेर छिटको सारी लाउनेहरुलाई पनि राजनीतिक प्रक्रियामा कसरी सक्रिय बनाउने तथा सीमान्तकृत गरिएका दलित तथा जातजातिहरुलाई मूल प्रवाहमा समावेश गर्ने कुरामा अझै गम्भीर खडेरी देखिन्छ । पार्टी संगठनमा अहिले हेर्दाखेरि संगठनमा पिछडिएका, सीमान्तकृत तुल्याइएकाहरुलाई अगाडि बढाउनेभन्दा पनि मेरो गुटको, मेरा मान्छेले प्रधानता पाइरहेको दुःखद परिदृश्य देखापर्छ । पुष्पलाल यो किसिमको दलदलका विरुद्धमा थिए, त्यसभन्दा माथि उठेका नेता थिए ।


यतिखेर मुलुकमा एउटा  बलियो र नेतृत्वदायी सामाजिक आन्दोलनका रूपमा कम्युनिष्ट आन्दोलनको बलियो उपस्थिति छ । ४–५ जना मिलेर २००६ सालको सेरोफेरोमा स्थापना गरेको कम्युनिष्ट पार्टी  अहिले दुई तिहाई बहुमत ल्याउने हैसियतमा पुग्नु भनेको लरतरो सामाजिक आन्दोलन हैन । सत्ताइस अठाइस सालदेखि चालीस पैतालीस सालको बीचको अवधि वास्तवमा यो बीचमा आन्दोलनलाई जनस्तरसम्म लैजानका लागि राम्रो काम पनि भएका छन् । नभएका हैनन् । झापा विद्रोह पनि त्यसरी नै भयो । ५२ मा भएको जनयुद्ध पनि त्यसको उदाहरण हो । कम्युनिष्ट आन्दोलनलाई जनस्तरसम्म लैजानुपर्छ भन्ने अभिप्रायबाट नै यी आन्दोलन भएका थिए । पछि गएर जब त्यसले एउटा राष्ट्रिय आकार ग्रहण गर्यो, तब वेथितिहरुले बढी नै गिजोल्न थाल्यो ।

तर साथसाथै यो भन्नलाई कुनै आइतबार कुर्नु पर्दैन – एमाले र माओवादी मिले पछि विभाजित कम्युनिष आन्दोलनले कोल्टे फेरेको छ । त्यसको निम्ति जनसमर्थन उत्साहजनक छ । यहीं कारण अघिलो निर्वाचनमा झन्डै दुई तिहाई  जनमतसहितको पार्टी राज्यमा स्थापित भएको छ । कम्युनिष्ट आन्दोलन यतिखेर नेपाली राजनीतिको मूलप्रवाह त बनेको छ, तर पुष्पलाललगायतका कम्युनिष्ट अग्रजहरुले देखेको सपना र ती सपनाहरुलाई कार्यान्वयन गर्नका लागि अंगालेका सिद्धान्त विचारहरुको आधारमा रुपान्तरण हुन सकेको छैन । फलतः  सिंगो पार्टी नै पार्टी सञ्चालनका थिति, मूल्य र मान्यताहरुबाट टाढा हुँदै गइरहेको छ । पार्टी सञ्चालनको प्रक्रिया विधि, विधान र सामुहिक पद्दतिबाट विचलित भएको छ । पार्टी पद्दतिका मेरुदण्ड केन्द्रीय कमिटी एवं भुइँतहका कमिटीहरु माथिल्लो तहको आदेशको तामेली गर्ने निकायमा रुपान्तरित गर्ने काम भइरहेको छ । समग्रमा, मुखिया  र कारिन्दाको जस्तो सम्बन्ध भएको संगठन हामी बनाइरहेका छौं । यो पटक्कै कम्युनिष्ट संगठन पद्दति होइन, पुष्पलालहरुले परिकल्पना गरेका कम्युनिष्ट पार्टीको संगठन पद्दति पनि होइन ।

यो स्थितिमा समयको माग के हो भने नेकपाको आफै भित्रबाट पुनर्जन्म हुनुपर्छ, कम्युनिष्ट सिद्धान्त, आदर्श र नीतिहरुमा पूर्णत आधारित रहेर यसका सम्पूर्ण संरचनाहरुमा कायापलट गर्नुपर्छ । कम्युनिष्ट आन्दोलनको मूल प्रवाहलाई बचाउने हो भने त्यो बाहेक हामीसँग अर्को बाटो छैन ।


इतिहासमा अराजनीतिक निर्णयका आधारमा उनलाई पदच्यूत गरेर तथा गद्दार घोषित गरेर उनको अनुहारमा कालो पोत्ने काम भएको छ । अन्यायपूर्ण रुपमा उनको अनुहारमा पोतिएको त्यो कालो दागलाई पूर्णतः नमेटेसम्म उनको सम्झनामा फोटो राखेर पूजा गर्नुको कुनै अर्थ छैन । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालमाथि गरिएका उक्त ऐतिहासिक गल्ती र अन्यायहरुलाई सच्चाइनै पर्छ  । त्यसका लागि नेकपाका आगामी महाधिवेशनले पुष्पलाललाई २००८ सालमा हटाइको घटना राजनीतिक रुपले गलत कदम थियो भनेर घोषित गर्नुपर्छ ।


पुष्पलाल स्मृति दिवसको सन्दर्भमा एउटा कुरा भन्नैपर्छ – इतिहासमा अराजनीतिक निर्णयका आधारमा उनलाई पदच्यूत गरेर तथा गद्दार घोषित गरेर उनको अनुहारमा कालो पोत्ने काम भएको छ । अन्यायपूर्ण रुपमा उनको अनुहारमा पोतिएको त्यो कालो दागलाई पूर्णतः नमेटेसम्म उनको सम्झनामा फोटो राखेर पूजा गर्नुको कुनै अर्थ छैन । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालमाथि गरिएका उक्त ऐतिहासिक गल्ती र अन्यायहरुलाई सच्चाइनै पर्छ  । त्यसका लागि नेकपाका आगामी महाधिवेशनले पुष्पलाललाई २००८ सालमा हटाइको घटना राजनीतिक रुपले गलत कदम थियो भनेर घोषित गर्नुपर्छ । त्यसो गरिएमा मात्रै पुष्पलालमाथि राजनीतिक न्याय हुन्छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका इतिहासमा त्यस्ता गल्तीहरु सच्चाइएका सयौं दृष्टान्तहरु छन् । आजको मूलधारको कम्युनिष्ट आन्दोलनले पुष्पलालमाथि इतिहासमा गरिएका ती अन्यायहरुलाई विधिवत रुपमा सच्याएको घोषणा गरेमा मात्रै उनीमाथि सच्चा सम्मान गरेको ठहरिनेछ । त्यति मात्रै हैन, विधि र प्रणालीलाई सुकेर्नी लगाउँदै विरोधी पक्षलाई पातल धसाउने खालका कम्युनिष्ट पार्टीभित्र मौलाएका विषालु प्रवृत्तिमा पनि त्यसले रोक लगाउने बाटो खोल्नेछ । अराजनीतिक आरोपहरुका आधारमा जबरजस्ती पार्टीभित्रका भिन्नमतलाई दबाउने प्रवृत्तिमा पनि  त्यसले अंकुश लाग्नेछ ।

एउटा चिठीमा मार्क्सले  ‘एंगेल्स  र मलाई वैयक्तिक लोकप्रियताको त्यान्द्रो जति पनि पर्वाह थिएन भनेर लेखेका छन् । त्यही आदर्शको जगमा खडा भएको नेपालको कम्युनिष्ट  आन्दोलनभित्र चाहिँ हरघडी वैयक्तिक लोकप्रियताका लागि अपहत्ते गर्ने, पद कुर्सी बेगर बाँच्न नसक्ने नेताहरु कसरी निर्माण भए ? यो गम्भीर चिन्तन र मन्थनको विषय हो । हाम्रो आन्दोलनमा देखापरेको यो वैचारिकताको गडबडीलाई त्यहीँभित्रबाट सच्याएर कम्युनिष्ट आन्दोलनलाई पुनर्जन्म दिनुपर्छ । हामीले ख्याल गर्नैपर्छ : नास्पतिको बोटमा स्याउ फल्न सक्दैन । यस सन्दर्भमा फेरि पनि पुष्पलालले बोकेका सिद्धान्त, नीति र आदर्शहरुको पुनमूल्र्यांकन र तिनलाई आत्मसात गर्ने कुराको व्यवहारिक थालनी एउटा प्रस्थान बिन्दू बन्न सक्छ ।

(चीनका लागि पूर्व नेपाली राजदूत एवं नेकपाका नेता टंक कार्कीसँग रातोपाटीका लागि चन्द्र खाकी र फणिन्द्र नेपालले गरेको कुराकानीमा आधारित । साथमा, सहयोग : शम्भु दंगाल)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.