केन्द्रीय संस्करण

बजेट कार्यान्वयनमा अर्थमन्त्रीको पहल

person explore access_timeसाउन ७, २०७७ chat_bubble_outline0

काठमाडौं । बजेट कार्यान्वयनमा जुनसुकै अर्थमन्त्री पनि चुक्दै आएका छन् । वर्तमान अर्थमन्त्री युवराज खतिवडा यस मामिलामा सफल हुने आश गरिएपनि उनले तेस्रो पटक बजेट ल्याउँदा समेत आफैले ल्याएको बजेट कार्यान्वयनमा चुकेका छन् । बजेट लेखेर कार्यान्वयनमा लैजाने अवसर पाएका उनको पनि विगतका अर्थमन्त्री जस्तै भएको आलोचना हुँदै आएको छ । तर, यस पटक अर्थमन्त्री बजेट कार्यान्वयन समयमै गराएर खर्चमा सुधार ल्याउने पक्षमा छन् ।

 हिजो (मंगलबार) मात्र उनले आफू मातहतका निकाय प्रमुखलाई मन्त्रालयमै बोलाएर बजेटका कार्यक्रम समयमै कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गर्भनर, अर्थमन्त्रालयका सचिवहरु, महाशाखाका प्रमुख, महालेखा नियन्त्रक, विभागीय प्रमुख र नियमनकारी निकायलाई मन्त्रालयमै बोलाएर अर्थमन्त्रीले आर्थिक वृद्धिलाई सामान्य अवस्थामा फर्काउने गरी काम गर्न भनेको मन्त्रालयका सहप्रवक्ता उत्तरकुमार खत्रीले बताएका छन् । 

अर्थमन्त्री डा. यूवराज खतिवडाले  अर्थमन्त्रालय अन्तर्गतका निकायहरुलाई समयमै बजेटमा उल्लेख भएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

कोभिड–१९ का कारण पुजीगत खर्चमा प्रगति हाँसिल गर्न नसकेपनि अर्थतन्त्र सन्तुलनमै रहेका बताउँदै शीघ्र आर्थिक पुनर्उत्थान हुनेगरी काम गर्न सम्झाए । उनले भने,  ‘व्यापारघाटा, सोधानान्तर स्थिति,  विदेशी मुद्राको सञ्चिती,  मुद्रा स्फिती नियन्त्रण मै  छ । अब शीघ्र आर्थिक पुर्नउत्थान र सामान्य आर्थिक बृद्धिमा फर्काउने गरी काम गर्नू ।’  अर्थ मन्त्रमालयमा गत आर्थिक बर्षको प्रगति समीक्षा भएको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.