नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु, मृत्यु हुनेमा चिनियाँ महिला
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो । त्यही उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ ।
नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन । यसबाहेक हालसम्म नेपालमा कोरोनाबाट ४० जनाको मृत्यु भइसकेको छ । यस्तै संक्रमितको १७ हजार ९९४ पुगेको छ ।
ती महिलाको शव व्यवस्थापनको तयारी थालिएको सुरक्षा स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण