नेपाल क्लियरिङ्ग हाउसको कुल करोबार संख्या २ करोड नाघ्यो
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व.२०७६/७७ असार मसान्त भित्र कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको छ । जुन गत वर्षको तुलनामा २२.२% ले बृद्धी भएको हो ।
विभिन्न भुक्तानी प्रणालीहरु मार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ने.रु.९६.८ खर्ब , यूएसडी ३२ करोड, यूरो २३.८ करोड र जीबीपी १७.१ करोड बराबर रहेका छन् ।
यससँगै राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसीएचएलको स्थापना वर्ष देखि हालसम्मको वृद्धी दर ५८.८% पुगेको छ । हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत दैनिक औसत रु.३६.२ अर्ब बराबरको ७७,११५ भुक्तानी कारोबार हुने गरेका छन् ।
एनसीएचएलका एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस र कनेक्ट आईपीएसलगायतका विभिन्न भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु संचालनमा रहेका छन् । यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरु थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्ट आरटीजीएस पनि संचालन गर्दै आएको छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमार्फत हाल बैंक वित्तिय संस्था, पीएसपी,पीएसओलगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको छ । यसको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, थर्ड पार्टी भुक्तानी लगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत आ.व.मा रु.२१९ अर्ब बराबरको अन्तर बैंक सरकारी भुक्तानी तथा रु ३.१२ अर्ब बराबरको राजस्व संकलन एनसिएचएलका प्रणालीहरु मार्फत भएका छन् ।
कोभिड–१९ को कारणले चैत्र ११, २०७६ बाट भएको लकडाउनको अवस्थामा पनि एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरुले सर्वसाधारण तथा बैंकिङ्ग क्षेत्रलाई नन क्यकस कारोबार गर्न आवश्यक सहयोग पुर्याउदै आएको थियो ।
लकडाउन अवधिमा पनि यसका विभिन्न भुक्तानी प्रणाली मार्फत ५२.५ लाख भुक्तानी कारोबारहरु भएका थिए । एनसीएचएल ईसीसी र एनसीएचएल आईपीएसका निम्ती सेवाग्राही बैंककै शाखा पुग्नु पर्ने भएता पनि कनेक्ट आईपीएसमार्फत भने बैंक शाखा नपुगि अनलाईनबाटै फण्ड ट्रानस्फर तथा अन्य भुक्तानी गर्न सकिन्छ ।
यसै कारणले गर्दा लकडाउन अघि एक अर्ब दैनिक औसत कारोबार हुने गरेको कनेक्ट आईपीएसमा असारमा भने २.५ अर्ब बराबरको दैनिक औसत कारोबार भएको छ । हाल डिजिटल भुक्तानी प्रणालीले लिएको गतिलाई निरन्तरता दिन श्रावण १, २०७७ बाट एनसीएचएलका भुक्तानी प्रणालीहरुमा शुल्क पनि घटाइएको छ ।
नेपाल राष्ट्र बैंक सँगै बैंक वित्तिय संस्थाहरुबाट प्रवद्र्धित एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको लाईसेन्स प्राप्त संस्था हो । एनसीएचएलले डिजिटल भुक्तानी क्षेत्रको विकासको लागि आफ्ना पूर्वाधारहरु विभिन्न संस्थाहरुलाई प्रदान गर्दै आएको छ । यसमा बैंक वित्तिय संस्था, पीएसपी, पीएसओ, रेमिट्यान्स कम्पनी, इन्सुरेन्स, सरकारी अर्ध–सरकारी संस्था, कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एनईपीएसई तथा अन्य विभिन्न संस्थाहरु लगायत १०२ सदस्यहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
-
राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
-
राज्यले अनुसन्धानमा नियत राख्न मिल्छ कि मिल्दैन ?
-
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित
-
संविधानपछि बन्नुपर्ने कानुनहरू बनाउन ढिलो भयो, समितिहरूमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना