मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कहरः भारतमा ११ लाख ९२  हजारभन्दा बढी संक्रमित

बुधबार, ०७ साउन २०७७, १३ : ४४
बुधबार, ०७ साउन २०७७

एजेन्सी । भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्  । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ९२ हजार ९१५ पुगेको अधिकारीहरुले जनाएका छन् । 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६४८ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ७३२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा अहिले पनि ४ लाख ११ हजार १३३ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ५३ हजार ५० जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख २७ हजार ३१ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार २७६ व्यक्तिको मृत्यु भएको छ  । 

त्यसपछि तमिलनाडुमा १ लाख ८० हजार ६४३ संक्रमित रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २५ हजार ९६ कोरोना भाइरस संक्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेशमा ५८ हजार ६६८ र कर्नाटकामा ७१ हजार ६९ र तेलङ्गानामा ४७ हजार ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।  –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप