हिमालयन बैंकद्वारा सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको “सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ ।
बैंकले प्रतिष्ठानलाई ५ लाख मूल्य बराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र पन्ध्र किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको हो । साथै बैंकले १ लाख ५७ हजार ६३५ मूल्य बराबरको १०००० थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ ।
वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । प्रतिष्ठानमार्फत अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका प्रतिष्ठानलाई एक समारोहका बीच सामग्री हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तुलित न्याय प्रदान गर्नु उपभोक्ता अदालतको जिम्मेवारी : प्रधानन्यायाधीश राउत
-
जनकपुरधाममा उल्लासका साथ मनाइयो होली
-
शक्तिशाली सरकार बजेट खर्चमा चुक्यो, कुल बजेटको आधा पनि खर्च भएन
-
सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्याली
-
पूर्वराजा र राजावादीको सक्रियताबारे मधेसी दलको बुझाइ के छ ?
-
सुनसरीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु