सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

विपद्‍मा आपूर्ति प्रणाली सहज राख्न सरकारको सक्रियता, समन्वय र सहजीकरणका लागि ‘र्‍यापिड रेस्पोन्स टीम’

बुधबार, ०७ साउन २०७७, १३ : ३४
बुधबार, ०७ साउन २०७७

काठमाडौं । अविरल वर्षाका कारण देशैभरी बाढी पहिरोका घटना बढिरहेको बेला सरकारले आपूर्ति प्रणालीको सहजका कायमै राख्नका लागि सक्रियता बढाएको छ ।
 मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा बसेको तीन वटै सुरक्षा निकायका प्रतिनिधिसहित निजी व्यवसायी तथा आपूर्तिकर्ताहरुको संयुक्त बैठकले विपद्मा राहत तथा उद्धारका साथसाथै आपूर्तिमा पनि सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको हो । 

विपद्मा परेकाहरुलाई पहिला उद्धार गर्ने, त्यसपछि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र आवश्यक खाद्यान्न, लत्ताकपडाको प्रवन्ध गर्ने र देशैभरी आपूर्ति प्रणाली सहज गर्न एकले अर्कालाई सहयोग गर्ने निर्णय भएको छ । 
यसका लागि विपद् व्यवस्थान तथा आपूर्ति व्यवस्था समन्वयका समिति ‘¥यापिड रेस्पोन्स टीम’ समेत बनाइने बैठकले निर्णय गरेको छ ।

मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका सहसचिवको संयोजकत्वमा आपूर्ति व्यवस्था समन्वय तथा सहजीकरण समित ¥यापिड रेस्पोन्स टीम बनाइने उद्योगमन्त्री लेखराज भट्टले जानकारी दिए ।

सोही निर्णय बमोजिम निकायगत कार्य विभाजनका आधारमा समन्वयात्मक रुपमा उद्धार,राहत र पुनस्र्थापनाको कार्यलाई तदारुकताकासाथ निरन्तरता दिने, आपूर्ति व्यवस्था सहज पार्न अन्तर्राष्ट्रिय व्यापार तथा अन्य व्यापारिक मार्गहरुको अवरोध यथाशीघ्र हटाउने, अत्यावश्यक दैनिक उपभोग्य खाद्यान्न दाल, चामल, नुनतेल लगायत तरकारी फलफूलको समेत आपूर्ति ढुवानी व्यवस्था सहज गराउने र कृतिम अभाव, कालोबजारी नियन्त्रण गर्न वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले प्रभावकारी रुपमा अनुगमन गर्नेसम्मको निर्णय भएको मन्त्री भट्टको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप