सुशान्त सिंहमाथि लागेको थियो ‘मीटू’ को आरोप, नायिकाले बताइन् वास्तविकता
बलिउड फिल्म इन्डष्ट्रिमा केही समय अघि चर्चित हस्ती मीटू अभियानमा धकेलिएका थिए । यस्ता थुप्रै नाम थिए जसमाथि विश्वास गर्न मुश्किल थियो । यस्तै दिवंगत नायक सुशान्त सिंह राजपूतको नाम पनि मीटू अभियानसँग जोडिएको थियो । उनीमाथि पनि विभिन्न आरोप लागेको थियो । सुशान्तले फिल्म ‘दिल बेचारा’ को सुटिङको क्रममा आफ्नी सहकर्मी संजना संघीमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । यसबारे भारतीय मिडियाले नै विभिन्न समाचार प्रकाशित गरेका थिए । अब यसबारे नायिका संजनाले वास्तविकताबारे जानकारी दिएकी छिन् ।
सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ की नायिका संजनाले हालै पिंकभिलालाई दिएको अन्तरवार्तामा यसबारे मुख खोलेकी छिन् । उनले भनिन्, ‘सुशान्तले मामथि कुनै दुर्व्यवहार गरेका थिएनन् । हामी सबैलाई आ–आफ्नो वास्तविकता थाहा छ । मानिसहरुलाई लाग्छ होला कि यो कुराले सुशान्तलाई मात्रै समस्या थियो तर वास्तवमा म पनि त्यति नै तनावमा थिएँ । म र सुशान्तबीच कस्तो बन्डिङ थियो भनेर अरुलाई कसरी थाहा हुन्छ । उनी मेरा लागि के थिए भन्ने कुरा मलाई मात्र थाहा छ ।’
उनले थपिन्, ‘हामी दैनिक निकै आरामले सुटिङ गर्ने गर्दथ्यौं । यस्ता आरोप लगाएका एक दुईवटा आर्टिकललाई तपाईंले खासै ध्यान दिनुहुन्नँ । यस्तो कहानीले मेरो र सुशान्तबीचको सम्बन्धमा कुनै फरक पारेन किनभने मिडियामा आएजस्तो केही भएकै थिएन । वास्तवमा भन्ने हो भने आखिर हामीबीच त्यस्तो केही भएकै छैन भनेर मानिसहरुलाई कसरी विश्वास दिलाउने होला भनेर हामीले सोच्ने गर्दथ्यौं । हामी एक–अर्काको निकै मिल्ने साथी थियौं तर जब यस्तो खबर आयो तब मलाई थोरै अचम्म लागेको थियो, आखिर हामीले आफ्नो वास्तविकता कसरी पेश गर्ने भनेर अचम्मको स्थिती थियो ।’
स्मरण रहोस्, सुशान्तले जून १४ तारिखमा आफू बसिरहेको फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । मुम्बई प्रहरीका अनुसार उनी नोभेम्बर २०१९ देखि आफ्नो डिप्रेशनको उपचार गराइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण