शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादको लक्ष्यमा दृढतापूर्वक लाग्नुनै पुष्पलालप्रतिको सच्चा सम्मान : झलनाथ खनाल

बुधबार, ०७ साउन २०७७, ०८ : ४०
बुधबार, ०७ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरि सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुनै नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्टप्रतिको सच्चा सम्मान हुने बताएका छन् ।

४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेता खनालले कुनै पनि समाज वा राष्ट्रले आफ्नो अस्तित्व र विकासको प्रक्रियामा नयाँ व्यक्तित्व र विभूतिहरुलाई जन्माउने भन्दै उनीहरुको मार्गदर्शन र अगुवाईमा सिंगो समाज वा राष्ट्र प्रभावित हुने तथा विकासक्रममा नयाँ दिशा, चरण र श्रृंखलाहरु प्राप्त हुने  गरेको बताएका छन् । 

‘यही ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्यूनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक कमरेड पुष्पलाल हुनुहुन्छ । पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज हामीले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेका छौं, देशको संविधान निर्माण गरेका छौं, नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठुला पार्टीहरुलाई एकिकृत गरेका छौं र नेपाल कम्युनिष्ट पार्टीलाई सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित गरेका छौं’, नेता खनालको भनाइ छ । 

उनले यी सबै नेपाली कम्युनिष्ट आन्दोलनले ७१ वर्ष पार गर्ने क्रममा प्राप्त गरेका असाधारण उपलव्धीहरु भएको पनि बताएका छन् । 

‘यी उपलब्धीहरु सगँसगै हाम्रा सामु ठुलठुला चुनौतिहरु पनि खडा भएका छन् । यी चुनौतिहरु सँग जुध्न हाम्रो पार्टीलाई हामीले सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन । साथै पार्टीलाई थप एकताबद्ध गरि सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुनै पुष्पलाल प्रतिको सच्चा सम्मान पनि हो’, खनालले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप