केन्द्रीय संस्करण
सन्दर्भ : पुष्पलाल स्मृतिदिवस

पुष्पलाललाई गद्दार घोषित गर्नु गल्ती थियो, त्यसलाई पछि हामीले सच्यायौं

नेपालको राजनीतिक आन्दोलनमा पुष्पलालको भूमिका र योगदानको मूल्यांकन : मोहनविक्रम सिंह

person explore access_timeसाउन ७, २०७७ chat_bubble_outline0

 

 

पुष्पलाललाई मैले सानैदेखि चिनेको हुँ । काठमाडौमा विद्यार्थी छँदा नै सात आठ सालदेखि मैले उहाँका गतिविधिहरु एवं उहाँलाई चिन्ने मौका पाएँ ।

पुष्पलालसँग मेरो पहिलो भेट २००८ सालमा डा. केआइसिंह काण्डका बेला भयो । केआई सिंहले सिंहदरवार कब्जा गरेका थिए त्यसबेला । सिंहदरवार कब्जापछि उनले पुष्पलालसहित केही मान्छेलाई बोलाएका थिए । संयोगवश,  मलाई पनि पुष्पलालसाथै केआइ सिंहकोमा जाने मौका मिल्यो । त्यो वेला नै भएको हो मेरो उहाँसँगको पहिलो भेट । सबैलाई थाहा छ, केआई सिंहको विद्रोह पछि उनी भागेर चीनतर्फ गए र कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । पुष्पलाल समेत पार्टीका धेरै नेता भुमिगत हुनुभयो ।


पुष्पलालसँग मेरो पहिलो भेट २००८ सालमा डा. केआइसिंह काण्डका बेला भयो । केआई सिंहले सिंहदरवार कब्जा गरेका थिए त्यसबेला । सिंहदरवार कब्जापछि उनले पुष्पलालसहित केही मान्छेलाई बोलाएका थिए । संयोगवश,  मलाई पनि पुष्पलालसाथै केआइ सिंहकोमा जाने मौका मिल्यो । त्यो वेला नै भएको हो मेरो उहाँसँगको पहिलो भेट ।


म पछि २०१० सालमा कम्युनिस्ट पार्टीमा लागेँ । पार्टीमा सामेल भएपछि कयौं कार्यक्रममा सामेल हुन काठमाडौ आइरहन्थेँ । कतिपय प्रशिक्षण कार्यक्रमहरुमा काठमाडौंमा आउनेजाने भइरह्यो । त्यसबेला उहाँसँग मैले प्रशिक्षण पनि लिएँ ।

त्यसक्रममा म उहाँको भुमिगत अफिसमा पनि जान्थे । उहाँले जनमत पत्रिका निकाल्ने गर्नुहुन्थ्यो, त्यसो भएकाले पनि मलाई उहाँसग आउनेजाने गर्न र भेटघाटका लागि सजिलो हुन्थ्यो ।

म २०१४ सालमा केन्द्रीय समितिमा निर्वाचित भएँ । यसपछि त झन् उहाँसँग बढी भेटघाट र सम्बन्ध हुने नै भयो ।

राजावादी धारविरुद्धको संघर्ष र संविधानसभाको प्रश्न

त्यसबेला डा. केशरजंग रायमाझीले नेतृत्व गरेका  राजवादी धारका विरुद्ध हामीले संघर्ष गर्यौं । तुलसीलालहरु केशरजंगको पक्षमा हुनुहुन्थ्यो । पुष्पलाल, शम्भुराम लगायत हामी गणतन्त्रका पक्षमा र अल्पमतमा थियौँ  । त्यस प्रश्नमा केन्द्रिय समितिमा लामो समयसम्म संघर्ष भयो । पछि विवाद अर्को चरणमा पुग्यो । त्यो संविधानसभाको प्रश्न थियो ।

दोस्रो महाधिवेशनमा राजतन्त्र कि गणतन्त्र’ भन्नेमा पार्टीमा विवाद थियो । पुष्पलाल र शम्भुरामहरु गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो भने रायमाझी र तुलसीलालहरु वैधानिक राजतन्त्रको पक्षमा । सुरुमा केन्द्रीय कमिटीमा तुल्सीलालजी गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो तर द्वितीय महाधिवेशनमा रायमाझीकै पक्षमा जानुभयो । मनमोहन अधिकारी र पुष्पलालहरु वैधानिक राजतन्त्रको पक्षमा हुनुहुन्थ्यो । पछि मनमोहन अधिकारी उपचारको लागि चीन जानुभयो । द्वितीय महाधिवेशनमा गणतन्त्रको पक्षमा ठुलो उभार देखेपछि पुष्पलाल गणतन्त्रको पक्षमा आउनुभयो । पुष्पलाल गणतन्त्रको पक्षमा आएपछि तुल्सीलाल रायमाझीको पक्षमा जानुभयो । संविधान सभाको पक्षमा रायमाझीसहित सबै जनाको एउटै मत थियो ।   


दोस्रो महाधिवेशनमा राजतन्त्र कि गणतन्त्र’ भन्नेमा पार्टीमा विवाद थियो । मनमोहन अधिकारी र पुष्पलालहरु वैधानिक राजतन्त्रको पक्षमा हुनुहुन्थ्यो ।  द्वितीय महाधिवेशनमा गणतन्त्रको पक्षमा ठुलो उभार देखेपछि पुष्पलाल गणतन्त्रको पक्षमा आउनुभयो । पुष्पलाल गणतन्त्रको पक्षमा आएपछि तुल्सीलाल रायमाझीको पक्षमा जानुभयो ।


पछि राजाले क्रमशः संविधानका विरुद्ध कदम चाल्ने, संविधानलाई खत्तम पार्ने  षड्यन्त्र गरे । डा. के आई सिंह, टंकप्रसाद आचार्य, वीपी कोइरालाहरुले संविधानसभालाई छाड्दै गए । रायमाझीहरुले पनि संविधानसभा छाड्नुपर्छ भन्ने कुरा गर्न थाले । त्यसका विरुद्ध पनि पुष्पलाल, शम्भुराम र हामीहरुले संघर्ष गर्यौं । त्यसबारेमा केन्द्रीय कमिटि र विभिन्न प्लेनमहरुमा लामै समय संघर्ष चलिरह्यो ।

१७ सालको काण्ड,संविधानसभा र पुष्पलालसँगको मतभेद

२०१७ साल पुसमा राजाले संसद विघटन गरे र निरंकुश पञ्चायती शासन लागू गरे । म त्यसबेला बनारसमै थिएँ । त्यसपछि म दरभंगा आए र त्यहीँ हाम्रो प्लेनम भयो । पुष्पलालजीहरु पनि भूमिगत रुपमा त्यहीँ आउनुभयो । रुसको एउटा सम्मेलनमा भाग लिन गएका केशरजंग रायमाझीहरु पनि त्यहाँ आउनुभयो ।

दरभंगा प्लेनममा ‘सिन’मा केही परिवर्तन भयो । रायमाझीको लाइनको पक्षमा रहनुभएका तुल्सीलाल त्यहाँ माझीको विरुद्धमा उभिनुभयो ।  त्यो प्लेनममा आगामी कार्यक्रम र लाइन के हुनुपर्छ भन्नेमा मतभेद पैदा भयो । रायमाझीहरुको लाइन संसदको पुर्नस्थापना थियो । ‘संविधानसभाको कुरा नगर्ने, विघटित संसदको पुर्नस्थापना कुरा पनि नगर्ने र संसदीय व्यवस्थाको पुर्नस्थापना भित्र सबै कुरा आइहाल्छन’ भन्ने उहाँहरुको भनाइ थियो । मूल रुपमा उहाँहरुमा पञ्चायतलाई सघाउने, पञ्चायतविरुद्ध नजाने खालको सोचाइ थियो । दरभंगा प्लेनमबाट पुष्पलाल र हाम्रोबीचमा मतभेद भयो । त्यो प्लेनमभन्दा पहिलेसम्म हामी सवै संविधानसभाको पक्षमा थियौं । त्यहीबेला नेपाली काँग्रेसले कलकत्ताबाट विघटित संसद पुनस्थापनाको नारा दियो । पुष्पलालजीले पनि त्यही नारा लिएर जानुपर्छ भनेर भन्नुभयो र संविधानसभाको नारालाई छाड्नुभयो । तर त्यसलाई मैले समर्थन गरिनँ । त्यसबेला संविधानसभाको चुनावको पक्षमा केन्द्रिय समिति म एकजना मात्र भए । माझीहरुको तर्फ बहुमत थियो । त्यसबेला माझीको संसदीय प्रणालीको पुनस्थापनाको पक्षमा केन्द्रिय समितिमा बहुमत थियो । पुष्पलालको विघटित संसदको पुर्नस्थापना भन्ने लाइनको पक्षमा तुल्सीलाल, शम्भुरामलगायतका साथीहरु हुनुहुन्थ्यो ।


दरभंगा प्लेनमबाट पुष्पलाल र हाम्रोबीचमा मतभेद भयो । त्यो प्लेनमभन्दा पहिलेसम्म हामी सवै संविधानसभाको पक्षमा थियौं । त्यहीबेला नेपाली काँग्रेसले कलकत्ताबाट विघटित संसद पुनस्थापनाको नारा दियो । पुष्पलालजीले पनि त्यही नारा लिएर जानुपर्छ भनेर भन्नुभयो र संविधानसभाको नारालाई छाड्नुभयो । तर त्यसलाई मैले समर्थन गरिनँ । त्यसबेला संविधानसभाको चुनावको पक्षमा केन्द्रिय समिति म एकजना मात्र भए ।


एक महिनासम्म चलेको दरभंगा प्लेनमले अत्याधिक बहुमतले संविधानसभाको नारा पास गरेको थियो । त्यतिबेला संविधानसभाको पक्षमा २८ या २९ भोट आएको थियो । पुष्पलालको पक्षमा सात–आठ भोट र रायमाझीहरुको पक्षमा १७–१८ भोट आएको थियो । तर प्लेनमको निर्णय मान्न केन्द्रिय समितिको बाध्य नहुने पार्टीको नियमअनुसार केन्द्रिय समितिले, जसमा त्यो नाराको पक्षमा म एक जनामात्र थिए, संविधानसभाको नारालाई अस्वीकार गर्‍यो ।

दरवारियासँग रायमाझीको गोप्य साँठगाँठ,तुल्सीलाल प्लेनममै घ्वाँघ्वा रोए

त्यसबेलै अर्को कुरा के भइरहेको थियो भने रायमाझीले गोप्य रुपमा दामोदर शम्शेरसँग सम्पर्क गरिरहेका थिए । उनले दरभंगामा दामोदरसँग रातिराति गएर सम्पर्क गर्ने गरेको कुरा बाहिर आयो । दामोदर शम्शेर राजाका दुतका रुपमा त्यहाँ गएका थिए । त्यसपछि मैले प्लेनममै ‘रायमाझी राजासँग मिलेको हुनाले उसलाई निस्काशित गर्नुपर्छ, कारवाही गर्नुपर्छ’  भनेर प्रस्ताव राखें । प्लेनमको अध्यक्षता गरिरहनुभएका तुलसीलाल हलमै घ्वाँघ्वाँ रुनुभयो । उहाँ नराम्रो दृष्टिले रुनुभएको थिएन, पार्टी फुट्ने भयो भनेर रुनुभएको थियो । त्यसबेला माझीलाई कारवाही गरेको भए पार्टी फुट्ने अवस्था नै आउने थिएन र पार्टीको त्यस पछिको इतिहास बेग्लै हुन्थ्यो । तुलसीलालले नै त्यसरी रोएपछि प्लेनमको वातावरण नै बदलियो र रायमाझीलाई कारर्वाही गर्ने पक्षमा छलफल नै हुन सकेन । तैपनि त्यो बेला केन्द्रीय समितिले रायमाझीलाई महामन्त्रीबाट हटाएर तीन सदस्यीय सचिवाल बनाउने निर्णय गर्‍यो, जस्मा रायमाझीका साथै डि.पी. अधिकारी र कमर शाह हुनुहुन्थ्यो ।


मैले प्लेनममै ‘रायमाझी राजासँग मिलेको हुनाले उसलाई निस्काशित गर्नुपर्छ, कारवाही गर्नुपर्छ’  भनेर प्रस्ताव राखें । प्लेनमको अध्यक्षता गरिरहनुभएका तुलसीलाल हलमै घ्वाँघ्वाँ रुनुभयो । उहाँ नराम्रो दृष्टिले रुनुभएको थिएन, पार्टी फुट्ने भयो भनेर रुनुभएको थियो । त्यसबेला माझीलाई कारवाही गरेको भए पार्टी फुट्ने अवस्था नै आउने थिएन र पार्टीको त्यस पछिको इतिहास बेग्लै हुन्थ्यो ।


जब पार्टीको नीतिविपरीत कागज गरेर नेताहरु छुट्न थाले

त्यसवेला केन्द्रिय समितिले मौलिक अधिकारको बहाली, पार्टीहरुको प्रतिबन्ध हटाउने, राजबन्दीको रिहाइ लगायतका माग राखेर संघर्ष गर्ने निर्णय गर्‍यौं । महाधिवेशनमा प्रस्तुत भएका तीन वटै नाराहरु त्यसमा सामेल थिएनन् ।  त्यसमै अर्को महत्वपूर्ण निर्णय यो पनि भएको थियो ‘केन्द्रीय कार्यसमितिका कुनै सदस्य गिरफ्तार भए भने माफी मागेर वा राजा र संविधानलाई स्वीकार गरेर नछुट्ने’ । त्यो बेला कसैलाई गिरफ्तार गरेपछि राजा, संविधान वा व्यवस्थालाई  मान्छु’ भन्ने कागज गराएर छोड्ने गरिन्थ्यो । तर हामीले चाहिँ कागज गरेर नछुट्ने निर्णय गरेका थियौँ ।

काठमाडौं गएपछि माझी गिरफ्तार भए । मनमोहन, कमलराज रेग्मीहरु पहिलो दिन नै, २०१७ साल पुस १ गते नै गिरफतार भइसक्नुभएको थियो । निर्मल लामा पनि सुरुमा नै गिरफ्तार हुनुभएको थियो । कागज नगरिकन कसैलाई नछाड्ने सरकारको नीति र कागज गरेर कोही पनि नछुट्ने हाम्रो निर्णयका बीच माझी गिरफ्तार भएको एकै महिनामा छुट्नुभयो । माझी छुटेपछि पार्टीमा यो प्रश्न उठ्यो : उहाँ कसरी छुट्नु भएको थियो ? हामीले मनमोहन जेलमै भएकाले उहाँ कसरी छुटे भनेर भरतमोहन अधिकारीलाई बुझ्न पठायौं । त्यस बारे बुझ्दा रायमाझी राजासँगै मिलेर छुटेका हुन् भन्ने कुरा थाहा भयो ।


कागज नगरिकन कसैलाई नछाड्ने सरकारको नीति र कागज गरेर कोही पनि नछुट्ने हाम्रो निर्णयका बीच माझी गिरफ्तार भएको एकै महिनामा छुट्नुभयो । माझी छुटेपछि पार्टीमा यो प्रश्न उठ्यो : उहाँ कसरी छुट्नु भएको थियो ? हामीले मनमोहन जेलमै भएकाले उहाँ कसरी छुटे भनेर भरतमोहन अधिकारीलाई बुझ्न पठायौं ।


त्यतिबेला तुलसीलाल, शम्भुरामलगायत हामी दरभंगामै थियौं । रायमाझीविरुद्ध विद्रोह गर्नुपर्छ भनेर हामीले दरभंगामै सल्लाह गर्यौं । पुष्पलालसँग सल्लाह गर्न म काठमाडौ आए । पुष्पलाल, हिक्मतसिंह भण्डारीहरुसँग केही सल्लाह भयो । डिपी अधिकारी माझीकै पक्षमा गएका थिए । शम्भुराम पनि पञ्चायत र राजाको विरुद्धमा पूरै जान सकिन्न भन्ने हिसाबले दरभंगाको अडानमा पुर्नविचार गर्नुपर्छ कि भन्ने पक्षमा पुग्नुभएको  थियो । त्यसकारण हामीले उहाँहरुसँग सम्पर्क नै गरेनौं । त्यो बेलाको केन्द्रिय समितिमा रायमझीको नै बहुमत थियो । त्यसैले केन्द्रिय समितिका विरुद्ध नै विद्रोह गर्नु पर्ने आवश्यकता थियो । त्यसका लागि हामीले केन्द्रिय समितिलाई उपेक्षा गरेर त्यो बेलाका जोनल समितिहरु, त्यो बेलाका प्रान्तीय वा प्रादेशिक जस्ता कमिटीहरु भेला गरेर एउटा अन्तर जोनल समिति बनाएर तेस्रो महाधिवेशन गर्ने सल्लाह गर्‍यौं । त्यही तयारीको सिलसिलामा साथिहरु पूर्व, पश्चिम, काठमाण्डौ, गण्डक लगायत देशका विभिन्न भागहरुमा जानुभयो । म राप्तीतिर गएँ । त्यही क्रममा प्युठानबाट फर्कने क्रममा म कपिलबस्तुबाट गिरफ्तार भएर सवा नौ वर्ष मैले जेलमा नै बस्नु पर्‍यो । म जेलमा भएकाले बनारसमा सम्पन्न भएको तेस्रो महाधिवेशनमा सहभागी हुन पाइनँ ।

पार्टीमा फुट

तेस्रो महाधिवेशनपछि पार्टी फुट्यो । पार्टीमा अनुशासनहिनता, गुटबन्दीहरु देखापरे । पुष्पलाल र तुलसीलालको बीचमा विवाद थियो । पार्टी फुटेपछि एउटा पक्षको पुष्पलालले नेतृत्व गर्नुभयो, अर्को तुल्सीलालले । पुष्पलालले २५ सालमा गोरखपुरमा सम्मेलन गरेर केन्द्रिय संगठन समिति बनाएर काम गर्न थाल्नुभयो । तुल्सीलालजी दिल्लीतिर जानुभयो । पुर्व, काठमाण्डौ, पश्चिम आदि बेग्लाबेग्लै ठाउँहरुमा समानान्तर पार्टी समितिहरु बनाएर बेग्लाबेग्लै काम हुन थाल्यो । कमलराज रेग्मी, मनमोहन अधिकारी शम्भुराम, म, निर्मल लामा त्यसबेला जेलमै थियौ । हामी जेलमा भएकाहरु पार्टी फुटाउनु नै गलत थियो भनेर कतैपनि लागेका थिएनौं ।

नेपाली कांग्रेसबारे हाम्रो विश्लेषण

२०२६ सालमा निर्मल लामा, भक्तबहादुर, कमल कोइराला, सिन्धुनाथ प्याकुरेल, गोविन्द ढुंगाना लगायत गरी १५,१६ जना साथीहरु काठमाण्डौको भद्रगोल जेलमा सँगै थियौं । हामीले पार्टी फुटबारे विस्तृत रुपले छलफल गरेर एकीकृत पार्टीको निर्माण कसरी गर्ने ? त्यस बारे एक महिनासम्म छलफल गर्‍यौं । त्यहाँ हामीले तीनवटा दस्तावेजहरु तयार पार्‍यौं– माओविचारधारा, जनक्रान्ति र संयुक्त मोर्चा र पार्टीको अडिनेसन बारे । त्यो बेलाको एउटा महत्वपूर्ण निर्णय ने.का.को विश्लेषणसित सम्बन्धित थियो । त्यो बेलासम्म हाम्रो पार्टीले काँग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टीको प्रतिनिधित्व गर्ने पार्टी भनेर विश्लेषण गरेको थियो । नयाँ जनवादी क्रान्तिको कालमा राष्ट्रिय पुँजीवादी वर्ग वा त्यसको प्रतिनिधित्व गर्ने पार्टी, जनतान्त्रिक शक्ति र मित्र शक्ति हुन्छ भन्ने हाम्रो विश्लेषण थियो । त्यो बेला राजालाई हामीले दुश्मन शक्ति, सामन्तवाद दलाल नोकरशाही पूँजीवादी वर्गहरुको प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिको रुपमा विश्लेषण गरेका थियौं ।


१ महिनासम्मको छलफलपश्चात हामीले नेपाली काँग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी, मित्र शक्ति मान्नु गलत हो भन्ने निर्णय गर्यौं । वर्गीय दृष्टिकोणले काँग्रेसको पनि वर्गीय आधार राजाको जस्तै हो र त्यो सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्गको पार्टी हो भन्ने निर्णय गरी सोहीअनुसार  दस्तावेज तयार पारेर बाहिर पार्टीमा पठायौं । त्यो बेला खाली निर्मल लामाको मात्र त्यो नयाँ विश्लेषणमा मतभेद थियो । तर पछि जेलबाट निस्केपछि उहाँले पनि त्यो विश्लेषणलाई समर्थन गर्नुभयो ।


१ महिनासम्मको छलफलपश्चात हामीले नेपाली काँग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी, मित्र शक्ति मान्नु गलत हो भन्ने निर्णय गर्यौं । वर्गीय दृष्टिकोणले काँग्रेसको पनि वर्गीय आधार राजाको जस्तै हो र त्यो सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्गको पार्टी हो भन्ने निर्णय गरी सोहीअनुसार  दस्तावेज तयार पारेर बाहिर पार्टीमा पठायौं । त्यो बेला खाली निर्मल लामाको मात्र त्यो नयाँ विश्लेषणमा मतभेद थियो । तर पछि जेलबाट निस्केपछि उहाँले पनि त्यो विश्लेषणलाई समर्थन गर्नुभयो । शम्भुरामले पनि त्यो विश्लेषणलाई समर्थन गर्नुभयो । मनमोहन अधिकारीको भने त्यसबारे पछिसम्म पनि मतभिन्नता रहिरह्यो । पछि हाम्रो पार्टीको चौथो महाधिवेशनले त्यो विश्लेषणलाई आनुमोदन गर्यो । पछि बनेका माले वा माओवादीहरुले पनि २०२६ सालमा गरिएको त्यो नयाँ विश्लेषणलाई स्वीकार गरेका छन् ।

त्यसपछि २०२७ साल चैतमा म जेलबाट छुटे । त्यो भन्दा पहिला मनमोहन र शम्भुराम छुट्नुभयो । उहाँहरु ‘राजा, पञ्चायत र संविधानको समर्थन गर्नु नपर्ने तर  एउटा साझा बुँदा ‘पञ्चायती व्यवस्था जीवित सत्य हो’ भन्ने वक्तव्य दिएर छुट्नुभयो । मलाई पनि त्यसमा मनमोहन, शम्भुरामजीहरुले सहमत गराउन कोशिश गर्नुभएको थियो तर म त्यसरी छुट्न सहमत भइनँ, कुनैपनि प्रकारको कागज गर्न तयार भइनँ । त्योबेला त्यसरी त्यो बेलाको पञ्चायती व्यवस्थालाई जीवित सत्य हो भन्ने विषयमा मेरो भिन्नमत भएर मनमोहन अधिकारीलाई लेखेका कैयौँ चिठ्ठीहरु मेरो पुस्तक ‘चार दशक’ को दशौं भागमा दिएको छु । मनमोहन र शम्भुराम त्यसरी जेलबाट छुट्नु भयो तर म त्यसपछि करिब एक वर्षपछि मात्र कुनै कागज नगरिकन जेलबाट छुटे । मेरो के सोचाइ थियो भने दरभंगामा केन्द्रीय समितिका कुनैपनि सदस्य कागज गरेर नछुट्ने निर्णय गरेको थियो । अब पार्टीको केन्द्रीय समिति वा पार्टी केन्द्र थिएन । तैपनि एउटा पार्टी सदस्यको हैसियतले दरभंगामा भएको निर्णयलाई उल्लंघन गर्न हुन्न भन्ने सोचाइ थियो र मैले अन्त्यसम्म त्यो निर्णयको पालना गरें ।

त्यसरी २०१७ सालको काण्डपछि सुरक्षा कानुनअन्तर्गत गिरफ्तार भएका राजबन्दीहरु मध्ये कागज  गर्न अस्वीकार गर्नेहरुमा हामी तीनजना मात्र थियौं– गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र म । धेरै बिरामी भएपछि पनि कोइरालाले माफी माग्न वा कागज गर्न मानेनन् । पछि उनलाई स्वास्थ्यका कारण देखाउँदै विराटनगर लगेर कागज नगराइकन छोडियो । भट्टराई पनि कागज नगरिकनै छुटेका हुन् । विपी, गणेशमान, शम्भुराम, मनमोहनहरु कागज गरेरै छुटिसकेका थिए । २०१७ सालपछि अरु मुद्दा लागेर जेल परेका थुप्रै थिए तर सुरक्षा कानुन लगाएर पक्राउपरेका मध्ये  अन्तिममा म मात्रै जेलमा रहें । मेरो विषयमा बाहिर पत्र पत्रिकाहरुमा धेरै आवाज उठ्न थाले । आखिरमा २०२७ को चैतमा म छुटें र पुनः पार्टी एकीकरण गर्ने काममा लागे ।


२०१७ सालको काण्डपछि सुरक्षा कानुनअन्तर्गत गिरफ्तार भएका राजबन्दीहरु मध्ये कागज  गर्न अस्वीकार गर्नेहरुमा हामी तीनजना मात्र थियौं– गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र म । धेरै बिरामी भएपछि पनि कोइरालाले माफी माग्न वा कागज गर्न मानेनन् । पछि उनलाई स्वास्थ्यका कारण देखाउँदै विराटनगर लगेर कागज नगराइकन छोडियो । भट्टराई पनि कागज नगरिकनै छुटेका हुन् । विपी, गणेशमान, शम्भुराम, मनमोहनहरु कागज गरेरै छुटिसकेका थिए ।


पार्टी पुनर्गठनको प्रयत्न र पुष्पलालको असहमति

त्यसबेला तुल्सीलाल दिल्लीमा हुनुहुन्थ्यो र उहाँले सोभियतसंघको ‘राष्ट्रिय प्रजातन्त्र’को लाइनलाई समर्थन गर्नुभएको थियो । हामीले नयाँ जनवाद र माओविचारधारा मान्नेहरुलाई मात्र एकीकृत गरेर पार्टी एकता गर्न खोजेका थियौँ त्यसकारण हामीले पार्टी एकताका लागि उहाँसित सम्पर्क गरेनौं ।  पुष्पलाल, मनमोहन, शम्भुराम, निर्मल लामा, भक्तबहादुर, चित्र के.सी लगायत एकजुट हुनुपर्छ भनेर हामीले पहल कदमी गर्यौं ।

त्यसक्रममा २०२८ सालको मंसिर २० गते काठमाडौमा भएको एउटा गोप्य भेलाले केन्द्रीय न्युक्लियसको गठन गर्‍यो । त्यसपछि पार्टी एकीकरण गर्ने काममा हामीहरु लाग्यौं । त्यसबेलासम्म पुष्पलाल, तुलसीलाल, पुर्व कोसी, काठमाडौ, ललितपुर र पश्चिमका साथीहरुका बेग्लाबेग्लै समानान्तर समितिहरु थिए ।  ती सवैलाई एक ठाउमा ल्याउनुपर्छ र केन्द्र बनाउनुपर्छ भनेर हामी लाग्यौं ।

त्यही बैठकमा ‘नेपाली काँग्रेस दुश्मन शक्ति वा दुश्मन वर्गको पार्टी हो’ भन्ने हाम्रो निश्कर्ष रह्यो । र काँग्रेस सामन्त वर्ग र नोकरशाहीहरुको पार्टी हो भन्ने कुरामा सबै सहमति भए तर मनमोहन सहमत हुनुभएन । उक्त मतभेदको विषयलाई विषय महाधिवेशनमा गएर टुंग्याउने भनेर महाधिवेशनको तयारी गर्ने निर्णय गरियो । त्यो बेला महाधिवेशनको लागि दस्तावेजहरु पनि तयार पारिए । ति सबै दस्तावेजहरु ‘रातो तरवार’मा प्रकाशित भएका छन् ।

हाम्रो समझदारी पुष्पलाललाई पनि यो एकीकरणमा सामेल गराउनुपर्छ भन्ने रह्यो । त्यसका लागि पुष्पलाललाई भेट्न पहिले पर्मेसगञ्जमा शम्भुराम जानुभयो । तर पुष्पलालसँग सहमति हुन सकेन । उहाँको जोड यो कुरामा रह्यो कि पार्टी एकीकरणका लागि बेग्लै प्रयत्न नगरेर सबै साथीहरु गोरखपुरमा सम्मेलन गरेर उहाँको नेतृत्वमा बनेको केन्द्रीय समितिमा अन्तर्गत नै सामेल हुनु पर्दछ  । उहाँको त्यो कुरामा हामीहरु सहमत हुन सकेनौं ।


हाम्रो समझदारी पुष्पलाललाई पनि यो एकीकरणमा सामेल गराउनुपर्छ भन्ने रह्यो । त्यसका लागि पुष्पलाललाई भेट्न पहिले पर्मेसगञ्जमा शम्भुराम जानुभयो । तर पुष्पलालसँग सहमति हुन सकेन । उहाँको जोड यो कुरामा रह्यो कि पार्टी एकीकरणका लागि बेग्लै प्रयत्न नगरेर सबै साथीहरु गोरखपुरमा सम्मेलन गरेर उहाँको नेतृत्वमा बनेको केन्द्रीय समितिमा अन्तर्गत नै सामेल हुनु पर्दछ  । उहाँको त्यो कुरामा हामीहरु सहमत हुन सकेनौं ।


न्युक्लियस बनेपछि फेरि हामीले पुष्पलाललाई भेट्न मनमोहनलाई बनारस पठायौं । नेपाली काँग्रेसलाई हेर्ने दृष्टिकोण लगायत अन्य थुप्रै विषयमा पुष्पलालसँग हाम्रो मतभेद छदैथियो । उल्टै पुष्पलालले मनमोहनलाई कन्भिन्स गर्नुभयो र उहाँ पनि हामीले गरेका निर्णयहरु गलत थिए भन्ने पक्षमा पुग्नुभयो ।

काँग्रेसलाई दुश्मन शक्ति मान्ने बाहेक माओविचारधारा मान्ने, नयाँ जनवादी क्रान्तिको पक्ष लिने विषयमा भने हामी सबैको एकमत नै थियो । राजा र पञ्चायतको विरोधलगायतमा थुप्रै विषयहरुमा हामी सवै सहमतनै थियौं । हामीबीचको असहमतिको सबैभन्दा मूल बुँदा नै नेपाली कांग्रेसप्रतिको विश्लेषण नै रह्यो । पुष्पलाल आफ्नो पुरानै अडानमा हुनुहुन्थ्यो । हामीले यो मतभेदलाई महाधिवेशन गरेर टुंगो लगाऔं भन्दा पनि उहाँको कमिटीभन्दा बाहिर पार्टी एकीकरणको प्रस्तावमा उहाँ सहमत हुनुभएन । त्यसले गर्दा हाम्रो उहाँसँग पार्टी एकता हुन सकेन ।

सैद्धान्तिक प्रश्नहरुमा उहाँसित खासगरी दुइवटा मतभेदहरु रहे : एउटा  नेपाली कांग्रेसको विश्लेषण र अर्को त्यो बेला अन्तर्राष्ट्रिय रुपमा चीन र रुसका बीचमा चलेको महान बहसको प्रश्नमा । अन्तर्राष्टिय कम्युनिस्ट आन्दोलनमा त्यसबेला चीन र रुसको पार्टीको बीचमा नयाँ जनवादी क्रान्ति वा राष्टिय प्रजातन्त्रको बारेमा ठूलो बहस चलिरहेको थियो । त्यो बहसले विश्वभरिकै कम्युनिष्टहरुलाई तरंगित गरिरहेको थियो । विश्वमा नै त्यस सवाललाई हेर्ने दृष्टिकोणमा मतभेद थियो ।  उक्त बहसमा भारतमा ज्योति बसुहरु सोभियत संघको पक्षमा थिएनन, उनीहरु माओविचारधाराको पक्षमा थिए । उनीहरुले माओ विचारधारा मान्थे । तर सोभियत संघ र चीन बीच चलेको महान विवाद (ग्रेट डिबेट) मा सीपीएमको मध्यमार्गी दृष्टिकोण थियो । भारतका सीपीएम, भियतनामका होचिमिन्ह, क्युबाका फिडेल क्यास्त्रो लगायतले पनि सोही प्रकारको मध्येमार्गी नीति अपनाएका थिए । नेपाल कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै पुष्पलालको सम्बन्ध सीपीएमसँग भएकोले पनि हुन सक्छ, त्यस सवालमा उहाँको भूमिका पनि मध्यमार्गी नै हुन गयो । त्यसमा पनि हाम्रो मतभेद रह्यो । हाम्रो भनाइ, त्यो प्रश्नमा तटस्थ नबसेर स्पष्ट रुपले रुसको लाइन संशोधनवादी भएकोले त्यसको विरोध तथा चीनको लाइनको समर्थन गरेर जानुपर्छ भन्ने रह्यो । त्यसबेला पुष्पलालले अपनाएका मध्यमार्गी नीतिलाई हामीले गलत भनेका थियौं । 

गद्दारपुष्पलाल भन्नु गल्ती थियो !

त्यसबीचमा, मेरो एउटा पुस्तक निस्कियो ‘गद्दार पुष्पलाल’ । काँग्रेसलाई दुश्मनशक्ति मान्ने हाम्रो दृष्टिकोणको ठीक विपरीत पुष्पलालको विश्लेषण कांग्रेस मित्रशक्ति हो भन्ने रह्यो । दुश्मनशक्तिलाई मित्र शक्ति भनेपछि त्यो उहाँलाई हामीले ‘गद्दार’ भएको विश्लेषण गर्यौँ । सोही विश्लेषणका आधारमा हामीले ‘गद्दार पुष्पलाल’ किताब निकालेका हौं ।

त्यसबीच पुष्पलालको निधन भयो । पछि हाम्रो पार्टीको सम्मेलनले उहाँको बारेमा पुनर्मूल्यांकन गर्‍यो । नेपाली कांग्रेसलाई हेर्ने पुष्पलालको दृष्टिकोणलाई हामीले कांग्रेसपरस्त ठान्ने हाम्रो सोचाइ यथावत रुपमा नै रहयो, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महाविवादलाई हेर्ने सवालमा उहाँको भूमिका मध्यमार्गी भएको कुराको पनि हामीले गलत नै ठहर्यौँ । यी सवालहरुमा उहाँसँगको सैद्धान्तिक मतभेदका बाबजूद, राजतन्त्र एवं पञ्चायतविरुद्धको संघर्षमा, जीवनको अन्त्यसम्म सम्झौताहीन संघर्ष गरेको, कम्युनिष्ट पार्टीको स्थापना र त्यसको सम्वर्धनमा उहाँले महत्वपूर्ण भूमिका खेलेको समेत कुराहरुमाथि विचार गर्दा उहाँलाई गद्दार भन्नु गलत भएको भन्ने निचोडमा हामी पुग्यौं । त्यस दौरानमा केशरजंग रायमाझी, डीपी अधिकारी लगायत अन्य कैयन नेताहरुले आत्मसमर्पण वा पलायनको बाटो समात्दै गए । तर उहाँले कहिल्यै सम्झौता वा समर्पण गर्नुभएन । अतः उहाँले लिएका नीति र सिद्धान्तमा रहेका मतभेदकै आधारमा उहाँलाई गद्दार भन्नु गलत भयो भन्ने निष्कर्षमा हामी पुग्यौं । अतः उहाँसँगको सैद्धान्तिक, नीतिगत मतभेदहरुलाई कायम राख्दै उहाँलाई भनेको गद्दार शब्दको प्रयोग गल्ती भएको छ भनेर हामीले फिर्ता लियौं ।


केशरजंग रायमाझी, डीपी अधिकारी लगायत अन्य कैयन नेताहरुले आत्मसमर्पण वा पलायनको बाटो समात्दै गए । तर उहाँले कहिल्यै सम्झौता वा समर्पण गर्नुभएन । अतः उहाँले लिएका नीति र सिद्धान्तमा रहेका मतभेदकै आधारमा उहाँलाई गद्दार भन्नु गलत भयो भन्ने निष्कर्षमा हामी पुग्यौं । अतः उहाँसँगको सैद्धान्तिक, नीतिगत मतभेदहरुलाई कायम राख्दै उहाँलाई भनेको गद्दार शब्दको प्रयोग गल्ती भएको छ भनेर हामीले फिर्ता लियौं ।


गद्दार पुष्पलाल भनेर निस्केको मेरो पुस्तकको शीर्षकलाई नै बदलेर दोस्रो संस्करणमा ‘क्रान्तिमा भ्रान्ति’ राखियो । त्यसो त पहिलो संस्करणमा नै पनि सो पुस्तकभित्र कहीँपनि गद्दार लेखिएको थिएन, शीर्षकमा मात्रै त्यो शब्द प्रयोग भएको थियो ।

पुष्पलाल जीवित छँदै पार्टी एकीकरणका लागि मनमोहन, शम्भुराम लगायत हामीले उहाँसँग प्रयत्न गरेका हौं । तर उहाँकै नेतृत्वमा सबै आउनुपर्छ भन्ने उहाँको अडान रहेको कारण सबै छरिएका साथीहरु त्यसरी आउन सम्भव पनि थिएन  । त्यसबेला हामीले एउटा न्यूक्लियस बनाएका थियौं, जसको महासचिव मनमोहन अधिकारी हुनुहुन्थ्यो, र मनमोहन, शम्भुराम र म समेत गरी तीनजनाको सचिवालय थियौं । त्यो समितिका अन्य सदस्यहरुमा जय गोविन्द शाह, निर्मल लामा, चित्र बहादुर के.सी, भरतमोहन अधिकारी, कमल कोइराला, शुद्धिलाल सिंह, काइला बा, राम बहादुर, महेश उपाध्याय, भक्त बहादुर आदि हुनुहुन्थ्यो । त्यो सबै मिलेर एकीकृत भएर जाऔं भन्ने हाम्रो प्रस्तावलाई पुष्पलालले अस्वीकार गर्नुभयो । त्यसकारण हामी उहाँसँग अलग्गै रहनुपर्यो । त्यसबेला उहाँले मान्नुभएको भए हाम्रो संगठन एउटै हुन्थयो र सम्भवतः अहिलको नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास नै बेग्लै हुन्थ्यो ।

हामीले उहाँलाई गद्दार भनेको कुरा फिर्ता लियौं । तर उहाँलाई गद्दार हामीले मात्रै भनेका थिएनौं । तत्कालीन मालेको मुखपत्र ‘वर्गसंघर्ष’ मा पानापानामा पुष्पलाल, मनमोहन र मलाई समेत गद्दार भनिएको छ । त्यसको कसैले चर्चा गर्दैन । मैले एक ठाउँमा, एउटा पस्तकको शीर्षक ‘गद्दार’ राखेको कुरामा व्यापक चर्चा हुने गर्छ । हामीले त त्यो प्रश्नमा धेरै पहिले नै आत्मालोचना गरिसकेका छौ तर माले वा एमालेका साथीहरुले त्यसबारे कहिले पनि आत्मालोचना गरेका छैनन् ।

प्रसंग काउत्स्कीको

कसैकसैले लेनिनले काउत्स्कीलाई गद्दार  भनेको सिको गरेर हामीले पनि पुष्पलाललाई गद्दार घोषित गरेको पनि भन्ने गर्छन् । यस सन्दर्भमा बुझ्नु पर्ने कुरा के हो भने कम्युनिष्ट आन्दोलनमा प्रयोग गरिने गद्दार, दक्षिणपन्थी, संशोधनवादी, उग्रवामपन्थी जस्ता शब्दहरु राजनीतिक पदावली हुन् । जस्तै, नेपालको कम्युनिष्ट आन्दोलनलाई पुरै राजाको पंक्तिमा लग्ने प्रयत्न गरेका माझीलाई हामीले गद्दार भन्यौं । उनको प्रयत्न सफल भएको भए पूरै पार्टी उनको पक्षमा जान्थ्यो । त्यसका विरुद्ध विद्रोह गरेर पार्टीलाई हामीले बचायौं र माझीलाई पनि गद्दार भनेका छौं । त्यसै गरी, संसारभरिनै कम्युनिष्ट आन्दोलनलाई धोका दिनेहरुलाई हामी गद्दार भन्छौं ।

प्रथम विश्वयुद्धको बेलामा संसारभरिका समाजवादीहरुले ‘आ–आफ्ना देशका सरकारविरुद्ध विद्रोह गर्ने’ र ‘समाजवादी क्रान्तिको लागि प्रयत्न गर्ने’ निर्णय गरेका थिए । सोहीअनुसार लेनिनले रुसमा विद्रोह गरे । त्यसबेला सबैभन्दा बलियो पार्टी रुसको हैन, काउत्सकीको नेतृत्वमा रहेको जर्मनीको थियो । उसले आफ्नो देशको सरकारलाई समर्थन गर्यो । त्यसले विश्वमा समाजवादी व्यवस्था कायम हुन सक्ने सम्भावनालाई छेकिदियो । फलतः उनलाई गद्दार भनियो ।

यसरी विश्व कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक प्रश्नमा गद्दार भनिनु कुनै नौलो कुरा होइन ।

पुष्पलाल:राजतन्त्र र पञ्चायतविरुद्ध सम्झौताहीन संघर्षका प्रतीक

पुष्पलालको सन्दर्भमा कुरा गर्दा हामीले उहाँप्रतिको ‘गद्दार’ भनिने त्यो विश्लेषण गलत भनेर फिर्ता लिइसकेका छौं । वास्तवमा, नेकपाको स्थापना गरेर उहाँले सोही आन्दोलनमा आफ्नो जीवन बिताउनुभयो । राजतन्त्रका विरुद्ध जीवनको अन्त्यकालसम्म सम्झौताहीन ढंगले लड्नुभयो । वीपी, केशरजंग लगायत अन्य थुप्रै नेताहरुले पञ्चायतसँग सम्झौता गरे । तर पुष्पलालले कहिल्यै त्यो गर्नुभएन ।


पुष्पलालसँग कैयन सैद्धान्तिक मतभेदहरु हुँदा हुँदै पनि हामी उहाँलाई सम्मान गर्छौं । नेपालमा कम्युनिष्ट पार्टीको स्थापनामा उहाँको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैगरी, राजतन्त्र एवं पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा उहाँले आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभयो । हामीले उहाँको त्यो योगदान, समर्पण र बलिदानको सम्मान गर्नुपर्छ, उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।


मूलभूत रुपमा भन्दा पुष्पलालसँग कैयन सैद्धान्तिक मतभेदहरु हुँदा हुँदै पनि हामी उहाँलाई सम्मान गर्छौं । नेपालमा कम्युनिष्ट पार्टीको स्थापनामा उहाँको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैगरी, राजतन्त्र एवं पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा उहाँले आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभयो । हामीले उहाँको त्यो योगदान, समर्पण र बलिदानको सम्मान गर्नुपर्छ, उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।

सहकार्यमा हैन,कांग्रेसको चरित्रको विश्लेषण गर्ने सवालमा थियो मतभेद

कसैकसैले पुष्पलालको ‘कांग्रेससँगको सहकार्य’ गर्ने नीतिको सफल कार्यान्वयनले ४६ सालको आन्दोलन सफल भएको तथा पछि पनि कांग्रेससँगको सहकार्यमा मात्रै नेपालमा राजतन्त्र ढलेको कुरा उठाउने गर्छन् । ती कुराहरुको दृष्टान्त दिएर अन्ततः पुष्पलालले लिएका नीतिहरु व्यवहारमा सही थिए भन्ने साबित भएको कुरा पनि गर्ने गर्छन् ।

यस सन्दर्भमा बझ्नैपर्ने कुरा के हो भने, पुष्पलालसँग हाम्रो मतभेद सहकार्य गर्ने सवाललाई लिएर होइन, मुख्य मतभेद कांग्रेसको चरित्रलाई विश्लेषण गर्ने सवालमा हो ।

न्यूक्लियसको बेलामा हामीले राजतन्त्र र कांग्रेसको सवालमा विश्लेषण गर्दा ‘राजा र कांग्रेसको वर्गीय चरित्र एउटै भएको हुनाले दुवै समान प्रकारका दुश्मन हुन् ’ भन्ने हाम्रो सोचाइ थियो । पुष्पलालको सोचाइसँग हाम्रो मेल खाँदैनथियो । त्यसबेला पुष्पलालले कांग्रेसलाई मित्रशक्ति भन्नुहुन्थ्यो । तर पछि हामीले हाम्रो विश्लेषणलाई परिवर्तन गर्यौं । राजनीतिक आवश्यकताअनुसार पहिलेका कैयन विश्लेषणहरु हामीले परिवर्तन गर्दै जान्छौं । पछि हामीले राजा कांग्रेस एउटै वर्ग शक्ति हुन्, उनीहरुको वर्गआधार एउटै हो । तैपनि देशको विशिष्ट परिस्थितिमा राजाले आफ्नो तानाशाही लादेर पञ्चायती व्यवस्था कायम गरेको छ र प्रजातन्त्रलाई समाप्त पारेको छ । यो अवस्थामा दुवै दुश्मन शक्तिहरु भएपनि उनिहरुलाई बराबरीमा राख्नु सही होइन भन्ने निष्कर्ष निकालेर हामीले राजालाई जस्तै गरी  कांग्रेसलाई प्रहार गर्नु हुँदैन, र, आवश्यकताअनुसार राजा तथा उनको निरंकुशताविरुद्धको संघर्षमा काँग्रेससित एकता पनि गर्दै जानुपर्छ भनेर हामीले विश्लेषण गर्यौं । हाम्रो पार्टीको परम्परा के रहेको छ भने विगतमा हाम्रा विश्लेषणहरु गलत साबित हुँदा कैयन पटक सच्याएका पनि छौं । त्यसरी नै पुष्पलालको मूल्यांकन गर्ने सवालमा पनि हामीले हाम्रा पूर्व विश्लेषणलाई सच्याएका छौं ।

सिद्धान्ततः दुश्मन भनिएका शक्तिहरुसँग पनि कैंयन पटक सहकार्य हुन सक्छ । विश्व कम्युनिष्ट आन्दोलनमा हेर्ने हो भने पनि माओले च्याङकाइसेकसँग गर्नुभएको सहकार्यलाई उदाहरणको रुपमा लिन सकिन्छ । त्यसैगरी, स्टालिनले नाजी जर्मनीका विरुद्ध अमेरिकी र व्रिटिश साम्राज्यवादसँग सहकार्य गरेको उदाहरण पनि हाम्रा अगाडि छ ।  कांग्रेससँग हामीले पनि २०४६ सालमा तथा २०६२–६३ मा पनि सहकार्य गरेका हौं ।

समग्र रुपमा नेपाली राजनीतिमा पुष्पलाल

समग्र रुपमा हामीले पुष्पलालको राजनीतिलाई सकारात्मक रुपमा लिनुपर्छ । नेपाल कम्युनिष्ट आन्दोलनको निर्माणमा तथा राजतन्त्र एवं निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

उहाँसँग हाम्रा कैयन मतभेदहरु रहे । कम्युनिष्ट पार्टीहरुका बीचमा त्यस्ता मतभेदहरु हुन्छन् । अहिले पनि हाम्रा कैयन मतभेदहरु छन् । पछि पनि हाम्रो पार्टीमा कैयन मतभेदहरु रहे । अहिले पनि नेकपालाई हेर्ने सवालमा हामीबीचमा कैयन मतभेदहरु छन् । त्यसबेला पुष्पलालले अलिकति सकारात्मक दृष्टिकोण अपनाएको भए हामी बेग्लाबेग्लै पार्टीमा हुनुपर्ने थिएन । तथापि, नेपालको कम्युनिष्ट आन्दोलन एवं प्रजातान्त्रिक आन्दोलनमा उहाँको महत्वपूर्ण ऐतिहासिक योगदान रहेको छ भन्ने हाम्रो विश्लेषण रहेको छ ।

(नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग रातोपाटीका लागि चन्द्र खाकी र फणिन्द्र नेपालले गरेको कुराकानीका आधारमा तयार पारिएको आलेख)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.