शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यागमनको डरले अस्पताल नजाँदा स्कटल्यान्डमा एक नेपालीको मृत्यु

बुधबार, ०७ साउन २०७७, ०७ : १०
बुधबार, ०७ साउन २०७७

लन्डन । संयुक्त राज्यको  स्कटल्यान्डमा बस्दै आएका अन्दाजी ३० वर्षीय एक नेपाली युवाको निधन भएको छ । काठमाडौँको बौद्ध घर भएका दोर्जे नामका ती युवकको आइतबार निधन भएको हो । आफ्नै घरको ढोकामा ढलेको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र एम्बुलेन्स आइपुग्दा उनको मृत्यु भैसकेको बताइएको छ । 

स्कटल्याण्डको पर्थमा एक बङ्गाली रेष्टुरेन्टमा कार्यरत मृतक करिब दुई महिनादेखि अस्वस्थ रहेको स्थानीय समाजसेवी भोला खनालले जानकारी दिएका छन् ।  गैरकानूनी रुपमा बसेका कारण अस्पताल जाँदा कागजपत्रसम्बन्धि थप समस्या आइपर्ने त्रासका कारण बिरामी हुँदा पनि घरैमा बसेको बताइएको छ । पछिल्लो समय आफन्त तथा साथीभाइहरुले उनलाई खानपानको प्रबन्ध गर्दै आएका थिए ।

मृतक दोर्जेको शव अहिले स्कटल्याण्डस्थित डन्डी अस्पतालमा राखिएको छ । मृतकका परिवार नेपालमै रहेको बताइएको छ । उनको निधन के कारणले भएको भन्ने बारेमा कुनै पुष्टि भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप