ad
x

उच्च अदालत पोखराले एक वर्षमा ७७३ मुद्दा फछ्र्यौट गर्‍यो

person explore access_timeसाउन ६, २०७७ chat_bubble_outline0

पोखरा । उच्च अदालत पोखराले आर्थिक वर्ष ०७६/७७ मा ७७३ मुद्दा फछ्र्यौट गरेको छ । मंगलबार उच्चले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ ।  आव ०७६/७७ मा उच्चमा ११ सय ५५ नयाँ मुद्दा भएका छन् । नयाँ दर्ता भएका मुद्दामध्ये ३८७ मुद्दा फछ्र्यौट भएका छन् । ५ सय १५ मुद्दा जिम्मेवारी सरेका थिए । जिम्मेवारी सरेका ५ सय १५ मुद्दामध्ये ३८६ मुद्दा फछ्र्यौट भएका छन् । 


उच्च्का अनुसार दुनियाँवादी देवानीमा जिम्मेवारी सरेका १६५ मुद्दा छन् । नयाँ २०५ मुद्दा दर्ता भएका छन् । गत आवमा दुनियाँवादी देवानी मुद्दामा दर्ता भएका कुल ३ सय ७० मुद्दामध्ये जिम्मेवारी सरेका ११४ र नयाँ ६१ मुद्दा फछ्र्यौट भएका छन् । दुनियाँवादी देवानीमा दर्ता भएका कुल ३७० मुुद्दामध्ये जिम्मेवारी सरेको ५१ र नयाँ दर्ता भएका १ सय ४४ गरि १९५ मुद्दा फछ्र्यौट हुन बाँकी छ । 



यसैगरि, दुनियाँवादी फौजदारीमा जिम्मेवारी सरेका ५९ मुद्दा छन् । नयाँ १ सय १ मुद्दा दर्ता भएका छन् । जिम्मेवारी सरेका र नयाँ दर्ता भएका कुल १ सय ६० मुद्दामध्ये ५८ मुद्दा फछ्र्यौट भएका छन् । दुनियाँदारी फौजदारी शिर्षकमा दर्ता भएका कुल मुद्दामध्ये जिम्मेवारी सरेका ३६ र नयाँ २२ गरि जम्मा ५८ मुद्दा फछ्र्यौट भएका छन् । जिम्मेवारी सरेका २३ र नयाँ दर्ता भएका ७९ गरि जम्मा १ सय २ मुद्दा फछ्र्यौट हुन बाँकी छन् ।



सरकारी फौजदारी मुद्दामा जिम्मेवारी सरेका २६५ मुद्दामध्ये २१७ मुद्दा फछ्र्यौट भएका छन् । ४८ मुद्दा फछ्र्यौट हुनै बाँकी छन् । नयाँ ६ सय ७० मुद्दा दर्ता भएकोमध्ये २५१ मुद्दा फछ्र्यौट भएको छ । ४१९ मुद्दा फछ्र्यौट हुन बाँकी छन् । सरकारी फौजदारी मुद्दामा दर्ता भएका जिम्मेवारी सरेका र नयाँ गरि कुल ९ सय ३५ मुद्दामध्ये ४ सय ६७ मुद्दा फछ्र्यौट हुन बाँकी छन् । 



वाणिज्य इजलासमा जिम्मेवारी सरेका ८ मुद्दा र नयाँ दर्ता भएका ९५ गरि कुल १ सय ३ मुद्दा दर्ता भएकोमा ४ जिम्मेवारी सरेका र ३ नयाँ गरि ७ मुद्दा फछ्र्यौट भएको छ । जिम्मेवारी सरेको ४ र नयाँ ९२ गरि ९६ मुद्दा फछ्र्यौट हुन बाँकी छ । 
गत आवमा उच्चमा दर्ता भएका अन्यतर्फ जिम्मेवारी सरेको १, नयाँ दर्ता ४ गरि कुल ५ मुद्दामध्ये जिम्मेवारी सरेको मुद्दा फछ्र्यौट भएको छ नयाँ एउटा मुद्दा फछ्र्यौट भएर ३ मुद्दा बाँकी छ ।  बन्दी प्रत्यक्षीकरणमा गत आवबाट जिम्मेवारी सरेको छैन । नयाँ १६ मुद्दामध्ये १६ वटा नै फछ्यौंट भएका छन् । 



उच्चले गत आवबाट जिम्मेवारी सरेका ५१५ मुद्दा फछ्र्यौट हुने र नयाँ १६७८ मुद्दा दर्ता हुने अनुमान लगाएको थियो । तर, उच्चको लक्ष अनुसार नभई गत आवबाट जिम्मेवारी सरेका ५१५ मुद्दामध्ये १३ मुद्दा मात्रै फछ्र्यौट भएका छन् । यो आवमा नयाँ ६५२ मुद्दा फछ्र्यौट हुने लक्ष उच्चले लिएको छ । जम्मा ६६५ मुद्दा दर्ता हुने अनुमान उच्चको छ । त्यसमध्ये ४२० फछ्यौंट गर्ने उच्चको लक्ष छ । 



यसैगरी, अदालतले लकडाउनको समयमा दर्ता भएका दुई सय ९९ मध्ये एक सय ८८ मुद्दा फछ्र्यौट गरेको छ । अदालतले एक सय २७ मेलमिलाप सम्बन्धि मुद्धामा सात वटा मेलमिलाप भएको र एक सय १० वटा मुद्दा फिर्ता भएको का.मु. मुख्यन्यायाधिश किशोर सिलवालले जनाए । बाँकी १९ वटा मेलमिलाप केन्द्रमा बाँकी रहेको बताइएको छ । 
 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X