केन्द्रीय संस्करण

प्रदेश नम्बर २  मा आएको  बाढीमा २ को मृत्यु

person explore access_timeसाउन ६, २०७७ chat_bubble_outline0

जनकपुर । प्रदेश नम्बर २ को  महोत्तरी र रौतहटमा नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको हो ।
मंगलबार बिहान रातो नदीमा आएको  बाढीले बगाउँदा महोत्तरीको भंगहा नगरपालिका वडा  नम्बर ६ बस्ने वर्ष ४० का वीरेन्द्र कापडको मृत्यु भएको छ  भने रौतहटको खहरे खोलाले बगाउँदा चन्द्रपुर नगरपालिका वडा नम्बर ३  बस्ने ५८ वर्षीय सुकुमान थिङको मृत्यु भएको छ ।

जनकपुर हुँदै संग्रामपुर स्थित  घर जाने क्रममा साइकल लिएर खोला तर्न खोज्दा बिहान १० बजे उनलाई रातो खोलामा आएको बाढीले बगाएको थियो।

बाढीमा बेपत्ता भएका कापडको शव अपराहन्न ५ बजे महोत्तरीको बल्बा नगरपालिका वडा नम्बर  ४ स्थित भगवतीपुर नजिक खोला किनारमा मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए  । उनले खोजतलासको क्रममा बगाएको ठाउँबाट झण्डै १५ किलोमिटर दक्षिणमा कापडको शव भेटिएको हो।

त्यस्तै रौतहटको खहरे खोलाले बगाउँदा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय सुकुमान थिङलाई स्थानीय गैडाटारमा अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको खहरे खोलामा आएको बाढीले बगाउँदा  मृत्युु भएको थियो । उनको खोजतलासको क्रममा ३ घण्टापछि शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

स्थानीयले चाँदी नदीको पानीलाई सिंचाईको लागि खहरे प्रयोग गर्ने क्रममा खोलामा पानीको बहाव खोल्न जाँदा बाढीको बेगले उनलाई बगाएको थियो।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.