शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन सुरु

मङ्गलबार, ०६ साउन २०७७, १९ : ५८
मङ्गलबार, ०६ साउन २०७७

जनकपुर । प्रदेश नम्बर २ सरकारले बाढी प्रभावित क्षेत्रको अनुगमन सुरु गरेको छ । अविरल वर्षापछि आएको बाढीका कारण भएको क्षति तथा वस्तुगत अवस्थाबारे बुझ्नका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा अनुगमन सुरु भएको हो ।

प्रदेश सरकारद्वारा गठन गरिएको मन्त्री सोनलको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन तथा अनुगमन समितिद्वारा सिरहास्थित कमला नदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदी लगायतका नदीमा आएको बाढी र सोबाट भएको कटान तथा डुबानले गरेको क्षतिको अध्ययन तथा अनुगमन थालेको छ ।

अनुगमन सुरु गर्दै मन्त्री सोनलले बाढी प्रभावित क्षेत्रहरुमा प्रदेश सरकारले अनुगमन पश्चात उद्धार तथा राहतको कार्य सुरु गरिने बताए । उनले बाढीको प्रभावलाई न्यूनीकरण गर्न सरकारले आगामी दिनहरुमा विज्ञमार्फत दिर्घकालिन योजना ल्याउन गइरहेको समेत जानकारी दिए ।

मन्त्री सोनलले राहतका लागि प्रदेश सरकार पूर्ण रुपले तम्तयार रहेकाले छिट्टै प्रभावित क्षेत्रमा राहत टोली समेत पुग्ने स्पष्ट पारे । उनले प्रदेशका ८ वटै जिल्लामा आएको बाढीले पु¥याएको क्षतिको स्थलगत अनुगमन गरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउने र अन्य मर्मतसम्भार जस्ता कामको लागि समितिले सरकारलाई सिफारिस गर्ने जानकारी दिए ।

अनुगमनमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप