बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री असिस्माको नृत्यमा ५१ हजार पुरस्कार

मङ्गलबार, ०६ असार २०७४, १४ : ५२
मङ्गलबार, ०६ असार २०७४

काठमाडौं – अभिनेत्री असिस्मा नकर्मी पछिल्लो समय निकै डान्सिङ भिडियोहरुमा देखिन थालेकी छन् । उनको डान्स रहेको भिडियो एकपछि अर्काे सार्वजनिक हुने क्रम बढ्दो छ । 


यस्तैमा उनको अर्काे डान्सिङ भिडियो ‘लक्की पुरस्कार’ सार्वजनिक भएको छ । सुरेन्द्र घताङ र मेलिना राइको स्वर रहेको लक्की पुरस्कारमा गीतमा डिपी खनालको शब्द र पुष्कर सुनुवारको म्युजिक एरेन्ज छ । 


भिडियोमा असिस्मालाई मोडलिङमा सुरेन्द्र घताङ र भिमफेदी गाइजले साथ दिएका छन् । भिडियो निर्मल लामाले निर्देशन गरेका हुन् ।


संध्या म्युजिकले बाहिर ल्याएको भिडियोमा ५१ हजार नगद पुरस्कार पनि राखिएको छ । यो गीतमा दुई वा दुई भन्दा बढि ब्यक्तिले नृत्य गरेर बनाएको भिडियो जसको आकर्षक हुनेछ । त्यसले यो पुरस्कार जित्न सक्नेछ । 


पुरस्कारमा सहभागीका लागि यही गीतमा नृत्य गरेर भिडियो बनाई संध्या म्युजिकको फेसबुक पेज वा संध्या म्युजिकको मेलमा पठाउनु पर्नेछ ।


प्राप्त भएको भिडियोलाई बिभिन्न चरणको जजमेन्ट सहित उत्कृष्ट घोषणा गरि पुरस्कृत गर्ने म्युजिकले जनाएको छ । उत्कृष्ट ठहरिएको एक भिडियोलाई ५१ हजार नगद प्रदान गरिने संध्या म्युजिकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप