साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्नुहोस्: पर्यटनमन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले साउन १५ देखि होटल, ट्रयाकिङ लागयतका क्षेत्र र भदौ १ देखि अन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय गरेकाले व्यवसाय सञ्चालन गर्ने तयारी गर्न आग्रह गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले हवाई उड्डयन, होटल, ट्रयाकिङ लगायतका क्षेत्र सञ्चालनका लागि पोर्टोकल बनाइएको समेत बताए । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले देखि नै तयारी गर्न पनि मन्त्री भट्टराईले आग्रह गरे । उनले पर्यटकको संख्या बढाउन भन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटन ल्याउनेतर्फ गृहकार्य गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरे ।
कोभिडका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र त्यसको सम्बोधन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट अधिकतम रुपमा भएको बताए । उनले केही विषय छुटेको भए राष्ट्र बैंकले विभिन्न समयमा ल्याउने कार्यविधिबाट सम्बोधन गराउन मन्त्रालयले पहल गर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीतिले कोभिड–१९ बाट प्रभावित सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेको बताए । उनले पर्यटन क्षेत्र अधिकतम प्रभावित भएकाले माद्रिक नीतिबाट गरिएका व्यवस्थाको अधिकतम फाइदा लिन व्यवसायीहरुलाई आग्रह गरे ।
देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले पनि राष्ट्र बैंकले महत्व दिएर मौद्रिक नीति ल्याएको शिवाकोटीले स्पस्ट पारे । उनले कोभिड–१९ को कारण लकडाउन गरिएको समयमा तिर्नुपर्ने कर्जाको ब्याजदरमा विशेष छुट दिएको बताए ।
चैत मसान्तमा तिर्नुपर्ने ब्याज रकम चैत भित्रै तिरेमा १० प्रतिशत छुट दिइएको बताए । त्यस्तै वैशाख, जेठ र असार महिनाको किस्ताको ब्याजदरमा २ प्रतिशत घटाइएको बताए । उक्त छुट व्यवसायीले जुनसुकै समयमा तिर्दा समेत पाउने स्पस्ट पारे । त्यस्तै राष्ट्र बैंकले पर्यटन क्षेत्रका श्रमिकहरुको व्यवस्थापन हुने गरी नै विभिन्न समयमा कर्जा उपलब्ध गराउने लगायतका नीतिहरु ल्याएको स्पस्ट पारे ।
कार्यक्रममा पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र यो अवस्था अझै लामो समयसम्म रहने भएकाले विशेष छुट पाउनुपर्ने बताएका छन् । उनीहरुले वैशाख, जेठ र असार महिनाको ब्यादरमा दिइएको २ प्रतिशत छुटले केही राहत मिलेको भएपनि साउन यता ब्याजदरमा छुट नदिइएकाले किस्ता भुक्तानीमा समस्या आउने बताए । व्यवसायीहरुले बजेटबाट सम्बोधन हुन नसकेका धेरै विषयलाई मौद्रिक नीतिले सम्बोधन गरेको भएपनि अझै अपुग भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक