साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय
मङ्गलबार, ०६ साउन २०७७, १८ : ५७
सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।
यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।
थप समाचार
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
