बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने

सरकारले बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै घाइते, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बैठकको निर्णय सार्वजनिक गर्दै आज बताए ।
सरकराले बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । मृतक परिवारप्रति समेत समवेदना प्रकट गरिएको छ । विपद्बाट जनधनको क्षति हुनाका साथै यातायात, सञ्चार, विद्युत् सेवा अबरुद्ध हुँदा जनजीवनसमेत प्रभावित भएको छ ।
सरकराले विपद्का घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उद्धार, हेरविचार, गर्ने, राहत उपलब्ध गराउने सबैलाई धन्यवादसमेत दिएको छ ।
प्रभावित क्षेत्रमा कुनै पनि रोगको सङ्क्रमण फैलिन नदिन औषधि उपकरणसहित स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि सरकराले गरेको छ । विपद् प्रभावित क्षेत्रको विद्युत्, यातायात, खानेपानी, सञ्चार सेवा तत्काल सञ्चालनका लागि आवश्यक कदम चाल्ने निर्णय पनि सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ