बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने
सरकारले बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै घाइते, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बैठकको निर्णय सार्वजनिक गर्दै आज बताए ।
सरकराले बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । मृतक परिवारप्रति समेत समवेदना प्रकट गरिएको छ । विपद्बाट जनधनको क्षति हुनाका साथै यातायात, सञ्चार, विद्युत् सेवा अबरुद्ध हुँदा जनजीवनसमेत प्रभावित भएको छ ।
सरकराले विपद्का घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उद्धार, हेरविचार, गर्ने, राहत उपलब्ध गराउने सबैलाई धन्यवादसमेत दिएको छ ।
प्रभावित क्षेत्रमा कुनै पनि रोगको सङ्क्रमण फैलिन नदिन औषधि उपकरणसहित स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि सरकराले गरेको छ । विपद् प्रभावित क्षेत्रको विद्युत्, यातायात, खानेपानी, सञ्चार सेवा तत्काल सञ्चालनका लागि आवश्यक कदम चाल्ने निर्णय पनि सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण