शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा बाढीः करिब १ हजार जना बिस्थापित

मङ्गलबार, ०६ साउन २०७७, १८ : ०४
मङ्गलबार, ०६ साउन २०७७

जनकपुर । प्रदेश नम्बर २ मा आइतबारदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण २ सय १९ घरधुरीका ८ सय ४५ जना विस्थापित भएका छन् ।  बाढीको उच्च जोखिममा रहेको प्रदेश–२ मा दुई दिनमै ८ सय ४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । दुई दिनको वर्षाका कारण बाढी आउँदा सप्तरीमा सबैभन्दा बढी १ सय ५० घरधुरीका ४ सय ५० जना विस्थापित भएका छन् भने २ वटा घरमा क्षति पुगेको जाएको छ ।

त्यस्तै सर्लाहीमा ४६ वटा घरका २ सय ५५ जना विस्थापित भएका छन् भने एउटा घरमा क्षति भएको छ । उता रौतहटमा २३ वटा घरधुरीका १ सय ४० जना विस्थापित भएका छन् भने त्यहाँ एउटा घरमा क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै महोत्तरीमा २, बारामा १ र पर्सामा २२ वटा घरमा क्षति भएको प्रहरी प्रवक्ता मिश्रले बताए । 

प्रदेश २ मा अहिले बाढीलाई मध्यनजर गर्दै उद्धारका लागि २ हजार ८ सय १० जना प्रहरीलाई परिचालन गरिएको छ भने ९ सय ६० जनालाई स्ट्याण्डवाई राखिएको छ । बाढीबाट उद्धारको लागि सप्तरीमा ३ सय ७०, सिरहामा ३ सय ४०, धनुषामा ३ सय ६०, महोत्तरीमा २ सय ९५, सर्लाहीमा ३ सय ८०, रौतहटमा ३ सय ९०, बारामा ३ सय ३० र पर्सामा ३ सय ४५ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप