शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई दिइने जोखिम भत्ता निकासा

मङ्गलबार, ०६ साउन २०७७, १७ : ४२
मङ्गलबार, ०६ साउन २०७७

सरकारले कोभिड–१९ (कोरोनाभाइरस) को उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि दिइने जोखिम भत्ताबापतकाे रकम निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ७२ करोड २० लाख ४३ हजार ५ सय रुपैयाँ निकासा भएको हो । 
सो रकम स्वास्थ्यकर्मीको जोखिम भत्तासँगै कर्मचारी व्यवस्थापन, औषधिजन्य सामाग्री लगायतको व्यवस्थापनमा समेत खर्चिने मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए । 
केन्द्रीय अस्पताल, सातै प्रदेश र निजी अस्पतालका लागि रकम निकासा गरिएको हो । 

कोभिड १९ उपचार गरिरहेका सरकारी अस्पताल १४ वटा, प्रदेश सरकार मातहतका ७ वटा  र १७ वटा निजी अस्पतालको रकम निकासा गरिएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले असार मसान्तसम्म आएको विवरणको आधारमा रकम निकासा गरेको  हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप