सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

भूमिहीनलाई जग्गा उपलब्ध गराउन मुस्लिम आयोगको माग

मङ्गलबार, ०६ साउन २०७७, १६ : ३६
मङ्गलबार, ०६ साउन २०७७

मुस्लिम आयोगले भूमिहिन मुस्लिम परिवारहरुलाई जग्गा उपलब्ध गराउन माग गरेको छ । 

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मंगलबार भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीसँग छलफल गरी भूमिहिन मुस्लिम समुदायलाई जग्गा उपलब्ध गराउन माग गरेका हुन् । 

उनले २०४७ साल देखि २०७७ साल सम्म आइपुग्दा विभिन्न चरणमा १ लाख ५४ हजार जनाले दरखास्त दिएको र ४६ हजार ६ सय ९४ विघाहा जग्गा उपलब्ध हुँदा समेत भूमिहिन मुस्लिम समुदाय कसैलेपनि भूमि पाउन नसकेको बताए । उनले अहिले पनि १४ लाख भन्दा बढी भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने खाका तयार हुँदा समेत भूमिहिन मुस्लिम समुदायहरु नपरेको बताए । उनले कुल संख्याको कम्तिमा शुन्य दशमलव ५ प्र्रतिशत भूमि मुस्लिम समुदायलाई उपलब्ध गराउन माग गरे । 

भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले अहिले १४ लाख भूमिहिन परिवारलाई जग्गा उपलब्ध गराउन लागिएको र त्यसमा सबै समूदायका भूमिहिनहरु पर्ने बताए । उनले सुकुम्बासिको नाउँमा अव्यवस्थित बसाई गर्ने व्यक्तिहरुलाई सित्तैमा जग्गा नदिने पनि प्रस्ट पारे । ज्ञवालीले सरकारका सहसचिव तहमा काम गर्ने व्यक्तिका परिवार पनि भूमिहिनको रुपमा लामो समयदेखि जग्गा ओगटेर बसेको उल्लेख गर्दै सामान्य गरिब भूमिहिन व्यक्तिलाई सित्तैमा भूमि उपलब्ध गराउने र बाँकीलाई अवस्था हेरेर ५ प्रतिशत भन्दा माथि राजश्व लिई भूमि उपलब्ध गराउने बताए । 
मूस्लिम आयोगले देशभर ७० हजार भन्दा बढी मुस्लिम परिवारहरु भूमिहिन भएकोले प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप