टोखामा पहिरोले पुरिएर जुम्ल्याहको मृत्यु
मङ्गलबार, ०६ साउन २०७७, १५ : ४१

काठमाडौँ । टोखा नगरपालिका–१ तासीडाँडामा ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु भएको छ । उनीहरुको पहिराले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए ।
आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको डीएसपी खड्काले बताए ।
धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका उनीहरुको आमाबुबा मजदुर हुन् । ज्यालादुरी गरेरै रामकुमारले छोराछोरी हुर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
-
हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
-
देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली
-
नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना