१ हजार मूल्यको २० लाख थान नबिल डिबेन्चर २०८२ स्टक एक्सचेन्जमा सूचीकरण
मङ्गलबार, ०६ साउन २०७७, १५ : ३४
![१ हजार मूल्यको २० लाख थान नबिल डिबेन्चर २०८२ स्टक एक्सचेन्जमा सूचीकरण](https://rpcdn.ratopati.com/media/albums/IMG-20200721-WA0001_qu6Z3Bo6HJ.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २०,००,००० थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
ऋणपत्र सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा नयाँ सरकार गठन
-
वर्षमानसँगको फोन संवादबारे शङ्कर पोखरेलको प्रस्टीकरण– अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखियो
-
प्रचार, प्रतिवेदन र पत्राचारमै अलमलिए स्वास्थ्य मन्त्रीका निर्णय
-
नौ हजार बढी बाख्रालाई पीपीआर विरुद्धको खोप
-
धनगढीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरी बलात्कृत
-
चीनमा पहिरो जाँदा २९ जना बेपत्ता